अर्थतन्त्र

सुनको मूल्य बढ्यो आज कतिमा हुदैँछ कारोबार  ?

सुनको मूल्य बढ्यो आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२५, पुस काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार १ लाख ५२ हजार ५०० रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
नेप्से परिसूचक ६ दशमलव ५३ अंकले बढ्यो

नेप्से परिसूचक ६ दशमलव ५३ अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२४, पुस काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अंकले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा कायम भएको हो । तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख दुई हजार सात सय ७१ कित्ता शेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४० करोड ७९ लाख ९२ हजार सात सय ८४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक दुई दशमलव ५३, वित्त चार दशमलव ७७, जलविद्युत् शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० र लघुवित्त उपसमूह एक दशमलव ५९ प्रतिशतले बढेका छन् । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव २६, होटल तथा पर्यटन शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव १३, व्यापार एक दशमलव ५६ र अन्य समूह शून्य दशमलव ...
सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२४, पुस काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेर एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार पनि मंगलबारकै मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।...
सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२२, पुस काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो । अघिल्लो दिन भने सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेर कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो ।  ...
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२१, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
१८, पुस काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार रुपैयाँ कायम भएको थियो । यस आधारमा अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेको हो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँ कायम भएकोमा बिहीबार बढेर कारोबार भएको महासंघले आफ्ना वेबसाइटमा उल्लेख गरेको छ ।...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १८ प्रतिशत छुट  हुने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १८ प्रतिशत छुट हुने

अर्थतन्त्र, बिशेष, समाचार
१७ पुस,काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूले दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने भएका छन् । पौष १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औँ वर्ष पुरा गर्दैछ । यो छुट योजना पौष १८ गते विहिबारदेखि पौष २४ गते बुधबारसम्म रहने बैंकले जनाएको छ । यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मूल्यमा १८ प्रतिशत छुट पाउनेछन्।साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरूलाई एयरबड प्रदान गर्नेछ। ग्राहकहरूले दराजबाट न्यूनतम् रु। १,८०० को खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्न योग्य हुनेछन् ।साथै, बैंकको कार्ड प्रयोगकर्ताले यस योजना अवधिमा आफूले खरिद गरेको मूल्यमा १८ प्रतिशत, रु। १८०० सम्ममात्र छुट पाउनेछन् । ग्लोबल आइएमई बैंकले दराज अन...
प्रभु बैंकले सञ्चालनमा ल्यायो डिजिटल काउन्टर

प्रभु बैंकले सञ्चालनमा ल्यायो डिजिटल काउन्टर

अर्थतन्त्र, ब्यानर-२, समाचार
मनिषा गुरुङ १७ पुस ,काठमाडौं ।अंग्रेजी नयाँ वर्ष २०२५ को सुरुवातसँगै प्रभु बैंक लिमिटेडले स्वचालित काउण्टर (प्रभु डिजिटल क्युव) सञ्चालनमा ल्याएको छ । विद्युतीय कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यले बैंकले क्यास डिपोजिट,क्यास रिसाइक्लीङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रन्टीङ,एटिएम तथा विभिन्न केआईओएसके मेशिनको माध्यमवाट नगद जम्मा गर्न,नगद निकाल्न,क्लीयरिङ चेक जम्मा गर्न,खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरू ग्राहक आफैँले उक्त काउण्टर मार्फत प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । योसँगै अब कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकको भनाई छ ।  हाल यो सेवा बैंकको मुख्य कार्यालय,बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिने बैंकले जनाएको छ । यस नबिनतम् सेवाबाट सेवाग्र...
नेप्सेमा पछिल्लो ३ महिनायताकै न्यून कारोबार

नेप्सेमा पछिल्लो ३ महिनायताकै न्यून कारोबार

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१७, पुस काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो । आज तीन सय नौ कम्पनीको ९४ लाख ३४ हजार नौ कित्ता शेयर ४३ हजार सात सय २९ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार तीन सय ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो । मंगलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि देखिएको छ । वित्त समूह तीन दशमलव ८७, विकास बैंक एक दशमलव ६८ र जलविद्युत् समूह एक दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन शून्य दशमलव ९५, लगानी शून्य दशमलव शून्य नौ, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, निर्जीवन बिमा शून्य...
सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१७, पुस काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १४ सय रुपैयाँले बढेर एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । । मंगलबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलाको १ हजार ७६५ मा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही तय भएको छ ।...