अर्थतन्त्र

प्रभु बैंकको नाफा ८४ प्रतिशत बढ्यो

प्रभु बैंकको नाफा ८४ प्रतिशत बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, माघ काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा ८४.४९ प्रतिशत बढेको छ । सोमबार प्रकाशित बैंकको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रभुले यस अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष त्यस अवधिमा बैंकको नाफा ७२ करोड मात्रै थियो । बैंकले खुद नाफा वृद्धि गरे पनि वितरणयोग्य नाफामा भने ठूलो गिरावट आएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३३ करोडले ऋणात्मक छ । गत वर्ष यस्तो नाफा १ अर्ब ८६ करोडले ऋणात्मक थियो । बैंकले ब्याज आम्दानी तथा कमिसन एवम् शुल्कबापतको आम्दानी दुवै सामान्य बढाएको तथा इम्पेयरमेन्ट शुल्क घटाएकाले नाफामा वृद्धि भएको देखिन्छ । गत वर्ष १ अर्ब २६ करोड रहेको बैंकको इम्पेयरमेन्ट शुल्क अहिले ८१ करोडमा झरेको छ...
६ महिनाको आर्थिक सूचक सार्वजनिक, निर्यात ३१ प्रतिशत वृद्धि

६ महिनाको आर्थिक सूचक सार्वजनिक, निर्यात ३१ प्रतिशत वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, समाचार
६, माघ काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचक सार्वजनकि गरेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आव पहिलो ६ महिना (साउन–पुस) मा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७.२ प्रशितले घटेको थियो । मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो । त्यसैगरी पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ । यो ७.१ प्रतिशतले बढेको हो । गत आव पहिलो ६ महिनामा भने ७ खर्ब ६८ अर्ब १७ लाखको आयात भएको थियो ।चालु आव पहिलो ६ महिनामा आयात–निर्यात अनुपात ८.३ः१ रहेको छ । गत आव सोही अवधिमा १०.२ः१ थियो ।अर्थ मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ । गत...
१२.५८ अंक बढेर २६०० माथि पुग्यो सेयर बजार

१२.५८ अंक बढेर २६०० माथि पुग्यो सेयर बजार

अर्थतन्त्र, ताजा अपडेट, समाचार
६, माघ काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक पहिलो कारोबार दिन आज आइतबार १२.५८ अंकले बढेर २६०१.२१ अंकमा बन्द भएको छ । गएको साताको अन्तिम कारोबार दिन बिहीबार ७.३३ अंकले घटेर २५८८.६२ अंक पुगेको थियो । अघिल्लो दिन बुधबार २५८५.८६ अंकमा बन्द भएको थियो । गएको साता फाइनान्स सेक्टरमा ठूलो गिरावट आए पनि आइतबार भने बढेको छ । यसका साथै हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त, निर्जीवन बीमा, बैंक, विकास बैंक र अन्य सेक्टर बढेका छन् भने होटेल तथा पर्यटन र म्युचुअल फन्ड भने घटेका छन् ।...
करको बक्यौता उठाउन घरघरमा पत्र

करको बक्यौता उठाउन घरघरमा पत्र

अर्थतन्त्र, ताजा अपडेट, समाचार
५, माघ चितवन । आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो । कार्यालयमा ७० हजार करदाता छन् । तीमध्ये १० हजार भ्याटका हुन् । कूल करदातामध्ये ४० प्रतिशतले आय विवरण बुझाएका छैनन् । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार चार महिनाभन्दा बढी समयदेखि कर नबुझाएकालाई पहिलो चरणमा पत्राचार गर्न थालिएको छ ।...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
टोखा नगर विकासको थप रणनीति : सपनतिर्थदेखि बरुडेश्वरसम्म ग्रेट वाल,बिष्णुमति करिडोर कालोपत्रे र डिजिटल घर नं प्लेट

टोखा नगर विकासको थप रणनीति : सपनतिर्थदेखि बरुडेश्वरसम्म ग्रेट वाल,बिष्णुमति करिडोर कालोपत्रे र डिजिटल घर नं प्लेट

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
सीता पौडेल १ माघ, काठमाडौं । टोखा नगरपालिकाले नगर विकासका थप रणनीतिक योजनाहरु सार्वजनिक गरेको छ । पुस २९ गते सोमबार नगरपालिकाको सभाहलमा आयोजित १६ औँ हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले नगर विकासको थप रणनीतिक योजनाहरु बनाइएको र यसलाई तत्काल कार्यान्वयनमा ल्याइने बताए । प्रमुख अधिकारीले सो अधिवेशनमा कार्यपालिकाका सदस्यहरुले पेश गरेका विविध विषयका प्रस्तावहरुको सम्बोधन गर्दै ६ महिने आयव्यव विवरण एवं आर्थिक ऐनको संशोधन प्रस्ताव सहितको १६ बुँदे प्रस्ताव सर्वसम्मतिले पारित भएको पनि जानकारी दिए । कार्यक्रममा उनले नगरपालिकाले पन्ध्रौं नगर अधिवेशनबाट आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम कार्यान्वयनको लागि नगर गौरवका विभिन्न आयोजनाहरु स्वीकृत गरी आवश्यक बजेट समेत विनियोजन गरेको र कार्यान्वयनको चरणमा रहेको पनि सुनाए । प्रमुख अधिकारीका अनुसार चालु आर्थिक व...
सुनको मूल्य फेरी बढ्यो ,आज कतिमा हुँदैछ कारोबार  ?

सुनको मूल्य फेरी बढ्यो ,आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२९, पुस काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुन तोलामा १ लाख ५६ हजार रुपैयाँ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य वृद्धि भइरहेको छ । पुस २२ गते तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ३ हजार ८०० रुपैयाँ बढिसकेको छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।...
तोलाको १६ सयले बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

तोलाको १६ सयले बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२८, पुस काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको थियो ।...
विद्युत् चुहावट १२ दशमलव ७३  प्रतिशतमा सीमित

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२६, पुस काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन प्रयास गरिएको जनाएको छ । आठ वर्ष अघिसम्म प्रणालीमा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आव २०७९/८० मा विद्युत् चुहावट १३/४६ प्रतिशत थियो । आव २०८०/८१ मा चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको विवरणमा उल्लेख छ । प्राधिकरणले गत आवमा रू १४ अर्ब ४६ करोड नाफा कमाएको थियो । आव २०७२/७३ मा एकै वर्ष रू आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण ०७३/७४ मा रू एक अर्ब ५० करोड खुद नाफा कमाउँदै प्राधिकरणले नाफाक...
नेपाल आयल निगम १० अर्ब नाफामा छ

नेपाल आयल निगम १० अर्ब नाफामा छ

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२६, पुस काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । नेपाल आयल निगमको ५५ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देशको पहिलो ठुलो कारोबार गर्न सफल संस्थाको रूपमा निगम सफल भएको छ, उनले भने, ५४ वर्षको अवधिमा थुप्रै चुनौती सामना गर्नु पर्‍यो तर प्रतिफल राम्रो भएको छ ।२०७६ बाट सञ्चालनमा आएको मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइमार्फर डिजेल आयात हुँदा ३ रुपैयाँ प्रतिलिटर सस्तो परेको उनको भनाई छ ।...