अर्थतन्त्र

उच्च अंकले घट्यो नेप्से

उच्च अंकले घट्यो नेप्से

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । लगातार घटिरहेको शेयर बजार (नेप्से) आज पनि उच्च अंकका साथ घटेको छ । मंगलबार शेयर १८.७६ अंकले घटेको हो । आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात सय ३४ कित्ता शेयर ५८ हजार एक सय १९ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार आठ सय ८४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । बैंकिङ एक दशमलव १६, विकास बैंक शून्य दशमलव ८७, वित्त एक दशमलव शुन्य चार, होटल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत् शून्य दशमलव ८७ र लगानी समूहको उपसूचक शून्य दशमलव ८२ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमा समूह शून्य दशमलव ९८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६४ र म्युचुअल फन्ड शून्य दशमलव ७२...

सुरु भयो मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सार्ने प्रक्रिया

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सार्ने प्रक्रिया सुरु भएको छ । आयोजनाले हेडबक्स सार्ने प्रक्रियाको पहिलो चरणका रुपमा परामर्श दाता छनोट प्रक्रिया अघि बढाएको हो । गत जेठ २४ गतेको मन्त्री परिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । सो निर्णयसँगै आयोजनाले असार मसान्तभित्र विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटका लागि इओआई निकाल्ने गरी तयारी अघि बढाएको आयोजनाले जनाएको छ । २०७८ साल असार १ गते आएको बाढी पहिरोले हेडबक्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो । त्यसलगत्तै हेडबक्स वरपरको गेग्र्यान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्र्यान थुपारेको थियो । अहिलेको हेडबक्सको क्षेत्र नजिकै सधैँ पहिरो बगिरहने ठूलो पहाड रहेको छ ।...

सूर्यविनायक–धुलिखेल सडकको विस्तार २५ प्रतिशत मात्र

अर्थतन्त्र, बिशेष, समाचार
काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तारको काम २५ प्रतिशत मात्र पुरा भएको छ । डेढ वर्ष अघिदेखि सुरु भएको सडक विस्तारको समयावधि ३६ महिना मात्र भएपनि निर्माण कम्पनीले निकै सुस्त गतिमा बनाइरहेका कारण निर्माण कार्य सुस्त बनेको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा निर्माणको काम भइरहेको छ । तीन वर्षभित्र पुरा गर्ने लक्ष्यसहित विसं २०७९ पुस २४ गते निर्माण कम्पनीले काम सुरु गरेको थियो । सूर्यविनायकबाट धुलिखेलसम्मको सडक १६ किलोमिटर छ । सडक विस्तारका लागि सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सूर्यविनायक–धुलिखेल, सि...

हवाइ उडान ठप्प भएपछि पर्यटक मर्कामा

अर्थतन्त्र, समाचार, स्थानीय
सोलुखुम्बु । प्रतिकूल मौसमका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटकहरु मर्कामा परेका छन् । गत जेठ २६ गतेदेखि खुम्बु क्षेत्रमा कुनै पनि जहाजले उडान भर्न सकेका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकोप्टरले उडान भर्न सकेका छैनन् । प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले भने, ‘अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन ।’ लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकोप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको ए...
ट्याङ्कर चालकसँगको सहमतिपछि तेल आपूर्ति सुचारु

ट्याङ्कर चालकसँगको सहमतिपछि तेल आपूर्ति सुचारु

अर्थतन्त्र, ब्यानर-१, समाचार
काठमाडौं । सरकार र आन्दोलनरत ट्याङ्कर चालक बीचको सहमतिपछि तेल आपूर्ति सुचारु भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो । समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ । आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरूले आन्दोलन गर्दा देशभर पेट्रोलियम वितरण अस्तव्यस्त बनेको थियो । आफ्ना ट्याङ्कर मालिकसँग राख्नुपर्ने माग उनीहरूले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष राख्दै आन्दोलनमा उत्रिएका थिए ।...

धितोपत्र बोर्डको अध्यक्ष पदका तीनजना उम्मेदवार अन्तर्वार्तामा अनुपस्थित

अर्थतन्त्र, समाचार
काठमाडौं । नेपाल धितो पत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका तीनै जना उम्मेवार अन्तर्वार्तामा अनुपस्थित भएका छन् । उनीहरु अनुपस्थित भएपछि अध्यक्ष नियुक्ति प्रक्रिया अन्योल सिर्जना भएको छ । आइतबार अन्तरवार्ता तथा व्यावसायिक कार्यपत्र प्रस्तुतिका लागि बोलाइएका पाँच जना उम्मेदवारमध्ये तीन जना अनुपस्थित भएका थिए । बोर्ड गत पुसदेखि नेतृत्वविहीन अवस्थामा छ । अध्यक्ष रमेशकुमार हमाल आफ्नो कार्यकाल पुरा गर्दै गत पुस २१ गते बोर्डबाट बाहिरिएका थिए । त्यसयता पाँच महिनाभन्दा बढी समय नेतृत्वविहीन बन्न पुगेको धितो पत्र बोर्डको कामकारबाही प्रवाहित बन्दै आएको छ ।...

काठमाडौंमा इन्धनको हाहाकार

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । काठमाडौंमा इन्धनको हाहाकार हुन थालेको छ । पेट्रोल ट्याङ्कर व्यवसायीले आइतवार विभिन्न माग राख्दै आन्दोलन सुरु गरेपछि पम्पमा पेट्रोल नपुगेकाले पेट्रोलको अभाव भएको हो। निजी पेट्रोल पम्पले पनि पेट्रोल वितरण बन्द गरेपछि समस्या उत्पन्न भएको हो । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पलगायत अन्य स्थानमा रहेका पेट्रोल पम्पहरूमा बिहानैदेखि सवारीसाधनको लाइन छ ।...
६ सयले घट्यो सुनको मूल्य

६ सयले घट्यो सुनको मूल्य

अर्थतन्त्र, बिशेष, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैंयामा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सयमा कारोबार भएको महासंघले बताएको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैंयामा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।...
जेफ बेजोस बने संसारकै धनी व्यक्ति

जेफ बेजोस बने संसारकै धनी व्यक्ति

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, समाचार
एजेन्सी । अमेजन अनलाइन सपिङ्ग सेन्टरका सिईओ जेफ बेजोस संसारकै धनी व्यक्ति बनेका छन् । ब्लुमवर्ग बिलिनियर इन्डेक्सका अनुसार जेफ बेजोस एलन मस्कलाई पछार्दै विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा उक्लेका हुन् । सिईओ जेफ बेजोसको कुल सम्पत्ति २०६ अर्ब डलर रहेको छ। ब्लुमवर्ग बिलिनियर इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्तिमा ३.१९ अर्ब डलरको कमी आएको छ। उनी दोस्रो स्थानमा झरेका छन्। उनको कुल सम्पत्ति २०३ अर्ब डलर रहेको छ। यस्तै एसियाका सबैभन्दा धनी व्यक्तिको सूचीमा भारतका मुकेश अम्बानी पहिलो स्थानमा रहेका छन्। उनको कुल सम्पत्ति ११३ अर्ब डरल रहेको छ। उनी विश्वको १३ औँ सबैभन्दा धेरै धनी व्यक्ति रहेका छन्।...
प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो –२०२४ सम्पन्न

प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो –२०२४ सम्पन्न

अर्थतन्त्र, कला, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
सीता पौडेल(अर्चना)  काठमाडौं ।आगामी वर्ष (मे ३०–३१ तारिख २०२५) मा दोस्रो संस्करण आयोजना गर्ने घोषणासहित काठमाडौंमा जारी प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट–२०२४) सम्पन्न भएको छ । समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना,नेपाल पर्यटन बोर्डको प्रवद्र्धन,काठमाण्डौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा सो दुई दिने एक्सपो सञ्चालन भएको थियो।  संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुक्रवार उद्घाटन गरेको नाइट–२०२४को  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शनिवार समापन गरेकी थिइन् । कार्यक्रममा  उपमेयर डङ्गोल र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले  नेपालको पर्यटन प्रवद्र्धनका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्य...