अर्थतन्त्र

१६औँ योजनामा एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिइएको छ : प्रधानमन्त्री

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनुभएको छ । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो १६ औँ योजना कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग,रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा केन्द्रित हुने बताउनुभएको हो । ‘पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ’, प्रधानमन्त्री प्रचण्डले  ‘भन्नुभयो। यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धि सहित युवा केन्द्रित सुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।’ ‘योजना अवधिमा विभिन्न स्रोत र निजी क्षेत्रको ठूलो लगानीको अनुमान गरिएको छ’, १६ औँ योजना, ‘यस क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन ल...

सवारी कर देशैभरिबाट तिर्ने व्यवस्था गर्न आयोगको सुझाव

अर्थतन्त्र, ताजा अपडेट
काठमाडौं ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले एक प्रदेशमा दर्ता भएको सवारी साधन अर्को प्रदेशमा चलिरहेको भए कर तिर्न सोही प्रदेशमा आउनु पर्ने झन्झटिलो प्रावधान हटाउन सुझाव दिएको छ । आयोगले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि एकल कर प्रशासनअन्तर्गत प्रदेश सरकारहरूले संकलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय सरकारबीच बाँडफाँट गर्ने सम्बन्धमा ७ वटै प्रदेशलाई सिफारिस पत्र पठाएको जनाएको छ । अहिलेसम्म एक प्रदेशमा दर्ता एवम् नवीकरण भएका सवारी साधन अन्य प्रदेशमा पनि निर्वाध आवागमन गर्न पाउने कानुनी व्यवस्था भए तापनि दर्ता भएकै प्रदेशमा गएर कर तिर्ने पर्ने बाध्यता भएको भन्दै आयोगले नेपालभित्र आफू बसेकै स्थानका कार्यालयबाट बुझाउने मिल्ने व्यवस्था मिलाउन सुझाएको हो । यसरी संकलन भएको कर प्रदेश–प्रदेश बीचको समन्वयमा सम्बन्धित प्रदेशलाई हस्तान्तरण गर्न सकिने आयोग...

गुल्मीमा एक दिने उखु महोत्सव ,किसान उत्साहित

अर्थतन्त्र, कृषि, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) गुल्मी।गुल्मीको छत्रकोट गाउँपालिका,४ मा एकदिने उखु महोत्सव गरिएको छ । उखुको उत्पादन बढाउने र उखु व्यवसायको विकास र प्रवद्र्धन गरि उखु किसानलाई प्रोत्साहित गर्न पालिकाको वडा नम्बर ४ को दिगामा शुक्रबार एकदिने उखु महोत्सवको आयोजन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । उखु खेतीका माध्यमबाट आर्थिक उपार्जन गरी समृद्धि हासिल गर्दै किसानलाई आत्मनिर्भर बनाउनका लागि महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलेले बताउनु भएको छ । महोत्सवमा गोरुको प्रयोग गरी पराम्परागत शैलीमा उखु पेल्ने, खुदो, गुँड बनाउने र उखुको रसबाट उत्पादित सामग्रीलाई प्रदर्शनीमा राखिएको थियो ।भने,उखु महत्व र त्यसको उपयोगिताका बारेमा विभिन्न गीत तथा सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो । स्थानीय जातको सेतो, रातो कोसेर, कालो र जीतपुर कोसेर तथा पुरा...