अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार
१४, पुस काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ । उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।...
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
१४ पुस, पोखरा ।पोखराको फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ । नेपाल र छिमेकी मूलुक चीनबीचको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आज आइतबारदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको हो । फेवातालमा भएको उक्त फेष्टिभलमा नेपाल,चीन र सिङ्गापुरका खेलाडी सहभागी भएका छन् ।प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ खेलाडी यही पुस ११ गते पोखरा आएर दैनिक अध्यास गरेका थिए। प्रतियोगितामा चीनको आठ,सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन्।प्रतियोगितामा गण्डकी,बागमती,कर्णाली,त्रिभुवन आर्मी क्लब,ड्रागन बोर्ट गण्डकी,बेगनास टोली,रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन(नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा पाँच सय र दुई ...
नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, पुस काठमाडौ । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबिच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ । ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास जङ्गल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतङ्कवादविरुद्धको अभियान, संयुक्त राष्ट्रसङ्घीय बडापत्रअनुरुप शान्ति स्थापना, मानवीय सहायता विपद् व्यवस्थापन एवं राहत परिचालन, आन्तरिक क्षमता विस्तार, वातावरण संरक्षणलगायत चुनौतीपूर्ण परिस्थितिमा सैन्य क्षमता अभिवृद्धिमा केन्द्रित हुनेछ ।...
दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुग्यो

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुग्यो

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
१४, पुस काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ । थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । चालक दलका ६ सदस्यसहित १८१ जना सवार विमान दुर्घटना हुँदा ६४ जनाको मृत्यु भएको समाचार एजेन्सी योनहापले जनाएको छ ।विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।सो विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो ।...
चीनको छेन्दुबाट चार्टर विमानमा १२९ चिनियाँ खेलाडी पोखरा आइपुगे

चीनको छेन्दुबाट चार्टर विमानमा १२९ चिनियाँ खेलाडी पोखरा आइपुगे

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
११, पुस काठमाडौं । चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना खेलाडी पोखरा आइपुगेका छन् । खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए । पोखरामा शुक्रबारदेखि सुरु हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् । दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ । यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए । सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रो पटक आएको हो । यही कात्तिकमा पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा पनि जहाज चार्टर गरी पोखरा आएका थिए ।...
जर्मनीका लागि नेपाली राजदूत डा.रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस

जर्मनीका लागि नेपाली राजदूत डा.रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
६, पुस काठमाडौं । संघीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा.शैल रुपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा गत बुधबार आयोजित समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रमाणपत्र पेस गरेपश्चात् राष्ट्रपतिसँग भएको छोटो भेटघाट र कुराकानीकाक्रममा राजदूत डा रुपाखेतीले नेपालको वर्तमान राजनीतिक घटनाक्रम, भूराजनीति र नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराएका थिए । त्यस अवसरमा जर्मनीका राष्ट्रपति स्टेनमायरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जर्मनीमा यसैवर्ष भएको भेटको सन्दर्भ र दुई देशबीचको वर्तमान सम्बन्धबारे चर्चा गरेका थिए ।...
प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
३, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरे । सो अवसरमा दुई देशबिचको आपसी मित्रवत सम्बन्धलाई अझ प्रगाढ र मजबुद बनाउने विषय छलफल भएको थियो ।...
सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्छ : उपराष्ट्रपति यादव

सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्छ : उपराष्ट्रपति यादव

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४,मंसिर काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् भेटमा क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको जानकारी उपराष्ट्रपतिको सचिवालयले दिएको छ । उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘तत्कालीन होनहार संस्थापक नेताहरुले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सक्रियताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ ।’’ उपराष्ट्रपति यादवले सार्कका महत्वपूर्ण संयन्त्रहरूका बैठक नियमित आयोजना र १९ औं शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयको ठूलो महत्व रहेको उल्लेख गर्दै सार्कका संस्थागत निर्णयहरू कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूको स...
नेपाल आइपुगे भुटानी राजा जिग्मे

नेपाल आइपुगे भुटानी राजा जिग्मे

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१, मंसिर काठमाडौं । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक काठमाडौँ आइपुगेका छन् । उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गरेका राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गर्दै छन् । प्रहरी स्रोतका अनुसार उनले आज स्वयम्भूको दर्शनका लागि जाने छन् । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ । दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएका छ । भुटानी राजाको सुरक्षा तथा अन्य सेवा सुविधाको व्यवस्था नेपाल सरकारले गरेको बताइएको छ । भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था बुधबारदेखि कडा बनाइएको छ ।...
भुटानी राजा जिग्मे आज काठमाडौँ आउँदै

भुटानी राजा जिग्मे आज काठमाडौँ आउँदै

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
२१, मंसिर काठमाडौं । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँ आउने भएका छन् । उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने भएका हुन्। चार–पाँच घण्टाको सो ट्रान्जिटका अवसरमा राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गर्ने बताइएको छ । प्रहरी स्रोतका अनुसार बिहान ९स्५० बजेतिर नेपाल आइपुग्ने राजा सिग्मे एयरपोर्टबाट सिधै स्वयम्भूको दर्शनका लागि जाने बताइएको छ । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ ।...