समाचार

सर्पदंशबाट युवतीको मृत्यु

सर्पदंशबाट युवतीको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
१६ भदौ, जनकपुरधाम । सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा छन् । गएराति सुतेको बेला १२ बजे उनलाई गोमन सर्पले टोकेको थियो । सर्पले डसेपछि उपचारामा नलगी झाँक्रीमा लगिएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।...
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१६, भदौ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । गत २३ साउनदेखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा प्रभावित हुँदै आएको थियो । प्रतिवेदनमाथि शीर्ष तहमा सहमति जुटेकोले आजको बैठकले परिमार्जनसहित पारित हुने नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठकअघि आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ । केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बस्नेछ ।...
पूर्वप्रधानमन्त्री प्रचण्डले गरे नेपालगञ्ज रंगशालाको अवलोकन

पूर्वप्रधानमन्त्री प्रचण्डले गरे नेपालगञ्ज रंगशालाको अवलोकन

बिशेष, ब्यानर-२, राजनीति, समाचार
१६ भदौ, नेपालगञ्ज । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् । अवलोकनपछि उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताए । शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अवलोकन गरेका प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताए । ‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुदमन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो,’ उनले भने, ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ ।’...
मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए

मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१६, भदौ काठमाडौं । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान नारायणगढतर्फ गइरहेको एआर ०१–३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिङबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरू घाइते भएको मुग्लिङ प्रहरी प्रमुख इन्स्पेक्टर निरला भण्डारीले जानकारी दिएका छन् । उनले घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको पनि जानकारी दिए ।...
तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१६, भदौ सङ्खुवासभा । सङ्खुवासभा । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनः स्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । “यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ”, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भने । प्रभावित स्थानीयलाई करिब रु। एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पा...
जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की

जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की

ताजा अपडेट, राजनीति, समाचार
सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। धरान उपमहानगरपालिका(१८ स्थित इलाका प्रहरी कार्यालयको हिरासत भवनको आज उद्घाटन गर्दै उनले जनताको पहिलो चासोको विषय शान्ति सुरक्षा भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान जाने स्पष्ट पारे। जनतालाई सुरक्षित महसुस गराउनका लागि भवनहरू बनाउँदा मापदण्डलाई कठाइका साथ अपनाउनुपर्ने बताउँदै उनले भने, “विकासका निर्माणहरूमा अघि बढ्नुस्, प्रदेश सरकार सधैँ सहयोग गर्न तयार छ ।” धरानलाई खेलकुद र लाहुरेको सहर भनेर चिनीने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हिसाबले पनि धरान त्यतिकै महत्त्वपूर्ण छ भने।  ...
‘सामाजिक सञ्जालमा भन्दा पुस्तकालयमा समय बिताऔँ’

‘सामाजिक सञ्जालमा भन्दा पुस्तकालयमा समय बिताऔँ’

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुदायले गर्ने सामाजिक काममा सरकारको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् । गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रद्वारा १७ औँ पुस्तकालय दिवस एवम् १५९औँ मोती जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले सामाजिक काममा युवापुस्तालाई एकैसाथ लिएर हिँड्नुपर्ने बताएका हुन् । “पुस्तकालय बनाउन गर्ने जस्तो सामाजिक काम सहज हैन, यहाँको अग्रजहरूले वातावरण बनाएर पुस्तकालय स्थापना गरेको धन्यवाद भन्न चाहन्छु, अहिलेको समयमा सामुदायिक अध्ययन केन्द्रको आवश्यकता अझ धेरै छ, पुस्तकालयले सामुदायिक चेतना जनाउनुपर्ने र यसलाई नयाँ पुस्तालाई जोड्नुपर्ने आवश्यकता छ । सूचनामाथि पहुँच जमाउने भन्दा प्राप्त गरेको सूचनाको विवेचना गर्ने क्षमता हुनुपर्छ,” उनले भने । उनले विकासको पछिल्लो चरणमा रहेका देशहरूले विकासमा समुदायलाई जोड्न नसकेसम्म विकास नहुने जनाउँदै य...
नुवाकोटमा निर्मित केन्द्रीय कारागार सञ्चालनमा

नुवाकोटमा निर्मित केन्द्रीय कारागार सञ्चालनमा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं।नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा आएको छ।कारागारको पहिलो युनिट भवनको नवनिर्मित संरचनाको शनिबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका थिए। विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण गरिएको केन्द्रीय कारागारको भवनलाई औद्योगिक कारागारका रुपमा स्थापित गराउन आवश्यक थप संरचनालाई क्रमशः निर्माण गर्दै अघि बढाइने गृहमन्त्री लेखकले जानकारी दिए।“देशभरमा करिब १३ हजार क्षमताको कारागारमा अहिले २८ हजारलाई राख्दै आएका छौँ,” उनले भने, “गृह मन्त्रालयले एक सय दिनमा गर्ने कार्ययोजनाअनुरुप केन्द्रीय कारागार सञ्चालनमा ल्याइएको छ।आवश्यक थप संरचनाको क्रमशः निर्माण अघि बढाउँदै लगिनेछ।” नुवाकोटको केन्द्रीय कारागारलाई नमूनासहित औद्योगिक कारागार बनाई आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने गृहमन्त्री लेखकको भनाइ छ।...
संसद् भवन खाली गर्न माग गर्दै युवाहरुले निकाले नांगो जुलुस

संसद् भवन खाली गर्न माग गर्दै युवाहरुले निकाले नांगो जुलुस

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।युवाहरूले भ्रष्टाचारविरुद्धमा प्रदर्शन गरेका छन्।विभिन्न संस्थामा आबद्ध युवाहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरेका थिए। डा.कमल भुसाल (निकोलस)को समूहले माइतीघर मण्डलामा २२ अर्ब विद्युत बक्यौता रकम असुल गर भन्दै युवा विद्रोह बृहत् आन्दोलन गरेको हो। आन्दोलनका क्रममा डा। भुसाल नेतृत्वको समूहले भ्रष्टाचारीहरूको संरक्षण गर्न बन्द गर,गिरिबन्धु जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायत सम्पूर्ण फाइलको छानबिनको माग गर्दै प्लाकार्ड लिएर आन्दोलन गरेका हुन्। उनीहरुले भ्रष्टाचार गरे देश बंगलादेश जस्तै हुने बताए। भुसालले आइतबारदेखि आफ्नो आन्दोलन झनै चर्किने बताएका छन्।उनले पूर्वपश्चिम नेपाल यात्रामा निस्किएर भ्रष्टाचारको विरोध गर्ने र युवाहरू देशमै बस्ने वातावरण सिर्जना गर्नका लगि आफ्नो समूह पछि नहट्ने बताएका छन्। उनीसहितका प्रदर्शनकारीहरूले संसद् भवन खाल...
इन्धनको मूल्य घट्यो,कति भयो त !(सूचीसहित)

इन्धनको मूल्य घट्यो,कति भयो त !(सूचीसहित)

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१६ भदौं,काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले सार्वजनिक गरेको विवरण अनुसार शनिबार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २,मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो । यस्तै हवाई उडान आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ३७ डलरले घटाइएको छ। ग्यासको मुल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार अब पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः एक सय ६०।५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः एक सय ५१।५०, एक सय ५३ र एक सय ५४ कायम भएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर एक सय ३२ कायम गरिएको छ । त्यस्तै अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ५ तोकिएको छ। निगमले पहिलो वर्गअन्तर्गत चारआली,विराटनगर,जनकपुर, अमलेखगञ्ज...