समाचार

हिंसा गर्दिनँ,असत्य बोल्दिनँ र भ्रष्टाचार गर्दिनँ भन्नेजस्ता पवित्र भाव राख्नु पर्छ : प्रधानमन्त्री ओली

हिंसा गर्दिनँ,असत्य बोल्दिनँ र भ्रष्टाचार गर्दिनँ भन्नेजस्ता पवित्र भाव राख्नु पर्छ : प्रधानमन्त्री ओली

जीवनशैली, ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, विचार, समाचार
१५ भदौ,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसहरुमा हिंसा गर्दिनँ,असत्य बोल्दिनँ र भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भाव हुनु पर्ने जिकिर गरेका छन् । उनले आफूले पनि कहिल्यै असत्य नबोल्ने र हिंसा नगर्ने संकल्पको उद्घोष गरेका छन् ।जीवनविज्ञान संस्थाद्वारा संङ्घीय संसदहरुका लागि शुक्रबार काठमाडौंमा आयोजना गरिएको ‘स्वजागरण’ कार्यक्रममा उनले सो कुराको उद्घोष गरेका हुन्। उनले भने, ‘म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ।अराजकता र अशिष्टता नभइ हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका थिए। यसर्थ पनि यसलाई विस्तार गर्न पर्छ ।योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्न मद्दत पुग्छ ।’ प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति,सुख र समृद्धि हासिलमा सहयोग पुुग्ने भन्दै अन...
आज १७ औँ पुस्तकालय दिवस मनाइँदै

आज १७ औँ पुस्तकालय दिवस मनाइँदै

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
१५ भदौ,काठमाडौं ।आज १७ औँ पुस्तकालय दिवस ।‘निरन्तर शिक्षाका लागि पुस्तकालय’भन्ने नाराका साथ देशभर यो दिवस मनाइँदै छ । सरकारले २०६५ देखि भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ। राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि.सं १८६९ भदौ १५ गते पुस्तकालय बनाउने सम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। शिक्षा मन्त्रालयको २०७८÷७९ को सर्वेक्षणले देशभर ९२८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको छ। तीमध्ये हाल २२७ वटा पुस्तकालय मात्र राम्रोसँग चलेको पाइएको छ ।...
आजको मौसम : यी दुई प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आजको मौसम : यी दुई प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१५ भदौ, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।जसको प्रभावले मौसम बदली भइरहेको छ ।कतै साधारणतया,कतै आंशिक बलदली हुने र कहीं काहीं धेरै भारी र धारी वर्षा भइरहेको छ ।साथै कतिपय स्थानहरुमा मौसम मूख्यतयाः सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशा...
सेफ्टी ट्याङ्कीमा बेहोस भएर तीन जनाको मृत्यु

सेफ्टी ट्याङ्कीमा बेहोस भएर तीन जनाको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१४, भदौ नवलपुर । नवलपुरमा सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा बेहोस भएर तीन जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको शौचालयको सेफ्टी ट्याङ्कीभित्र काम गर्दै गर्दा बेहोस भएर तीन जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार घरधनी भोला सिंहका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, सोही ठाउँका १८ वर्षीय गणेश बोगटी र मोहम्मद राजाको मृत्यु भएको हो । उहाँहरु तीनै जनाको उपचारका क्रममा रुपन्देहीका विभिन्न अस्पतालमा मृत्यु भएको पौडेलले बताए। बेहोस भएका उनीहरुलाई छिमेकी प्रकाश क्षेत्रीमार्फत जानकारी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उपचारका लागि रुपन्देहीको सहिद स्मृति सामुदायिक अस्पतार चौपत्ता लगेकोमा उपचारका क्रममा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पौ...
राष्ट्रपतिद्वारा भक्तपुरको दरबार क्षेत्र अवलोकन

राष्ट्रपतिद्वारा भक्तपुरको दरबार क्षेत्र अवलोकन

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१४, भदौ भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको दरबारलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन्। आज बिहान ११ बजे प्रथम महिला सविता पौडेलसहित भक्तपुर दरबार क्षेत्र पुगेका उनले त्यस क्षेत्रमा झण्डै दुई घण्टा बिताएका छन् । प्रत्येक महिना सार्वजनिक स्थलमा पुग्ने अभियानअन्तर्गत ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमको आज भक्तपुरबाट सुरुआत गर्दै उनले विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रसहित तौमढीस्थित पाँचतले मन्दिर, आकाश भैरव क्षेत्रलगायतको अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेले जानकारी दिए । राष्ट्रपति पौडेलले दरबार स्क्वायर, गोल्डेन गेट, सुनधारा, तलेजुको मूल चोक, कुमारी चोक, राष्ट्रियकला सङ्ग्रहालय, पचपन्न झ्याले दरबार, पशुपतिनाथ, यक्षश्वर महादेव मन्दिर, शिलु महादेव, केदारनाथ मन्दिर, पाँचतले मन्दिर, आकाश भैरव मन्दिरलगायत ऐतिहासिक सम्पदाको अवलोकन गरे । साथै उ...
एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री

एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१४, भदौं काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारले अनलाइन माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराए । ‘५० प्रतिशतको हाराहारीमा मात्रै एसईईमा उत्तीर्ण हुनु विद्यार्थीमाथिको चरम अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छु । बढी नम्बर दिएर नभई विद्यार्थीले आफैँ राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ’, ओलीले भने, अहिलेको सरकारले परिणाममा देखाउने गरी काम गर्ने...
अपराधीहरूलाई जनताको बीचमा नांगेझार पार्नुपर्छ : माधव नेपाल

अपराधीहरूलाई जनताको बीचमा नांगेझार पार्नुपर्छ : माधव नेपाल

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१४, भदौ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अपराधीहरूको कसैले पनि संरक्षण गर्न नहुने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताए। उनले भने, ‘यो सानो देश हो, तीन करोड जनसङ्ख्या छ । यदि प्रत्येक व्यक्तिहरू आफ्नो ठाउँमा इमान्दार भए भने बदमासलाई तह लगाउन सकिन्छ । तिनीहरूलाई थुनामा राख्न सकिन्छ । जेल कोच्न सकिन्छ । जनताको बीचमा नांगेझार पार्न सकिन्छ । त्यस्ता अपराधीहरूलाई कसैले पनि संरक्षण गर्ने होइन, तिनीहरू नयाँ पुस्तालाई प्रभाव पार्न, नेपाली समाजलाई खत्तम पार्न, पैसा कमाउने नाममा अत्यन्त अपराधपूर्ण काममा संलग्न हुने अपराधीहरू हुन्। त्यस्ता अपराधीलाई कसैले पनि छुट दिने, सहानुभूति दिने काम गर्नु हुँदैन।’ उनले कुनै चुनौतीलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिने बताए।...
१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

ताजा अपडेट, वातावरण, समाचार
१४, भदौ सर्लाही । सर्लाहीको चुरे क्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन् । निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका(२, अत्रौलीका झण्डै पौने तीन सय घरधुरीले खानेपानी सुविधा पाएका हुन् । चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभाव झेल्न बाध्य थिए । खानेपानीको सुविधा नहुँदा खोलाको पानी पिउनु परेको स्थानीय नवराज मैनालीले बताए। “पानीको कुनै विकल्प थिएन, १५ वर्षदेखि पानी खान पाइन्छ कि भन्ने आशामा थियौँ, घरघरमै धाराबाट पानी आउन थालेपछि भने सुविधा भएको छ”, उनले भने। यसभन्दा पहिले वर्षामा खहरे खेलाको धमिलो पानी पिउने गरेको अर्का स्थानीय पशुपति शर्माले सुनाए । हिउँदमा खोला समेत सुक्दा पानीको चरम अभाव भएको उनले बताए । तर अहिले भने घरघरमै खानेपानीको धाराबाट पानी झरेपछि स्थानीय हर्षित भएका छन् । संघीय सरक...
नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या

नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या

ताजा अपडेट, वातावरण, समाचार
१४ भदौ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् । उनी ज्यालादारी कर्मचारी हुन् । आज बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।...
प्रहरी ऐनको मस्यौदा गृहबाट पारित भएर अर्थमा गएको छ : गृहमन्त्री

प्रहरी ऐनको मस्यौदा गृहबाट पारित भएर अर्थमा गएको छ : गृहमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१४, भदौ. ।काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयबाट पारित भएर अर्थ मन्त्रालयमा पठाएको बताएका छन् । शुक्रवार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘मस्यौदा गृहबाट पारित भएर अर्थमा गएको छ, चाँडो संसदमा प्रस्तुत गर्ने योजना छ । ’ केपी ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएको १ सय दिनमा प्रहरी ऐन संसदमा दर्ता गर्ने उनले बताएका छन् । उनले भने, ‘हामीले यो काम १ सय दिनमा पुरा गर्छौँ ।’निर्वाचन सम्बन्धी ९ वटा कानुन एकीकृत गरेर एउटै कानुन बनाउने प्रक्रिया अघि बढेको लेखकले बताए ।...