निर्वाचनमा फैलिने मिथ्या सूचनाविरुद्ध अनलाइनखबर र नेपाल फ्याक्टचेकबीच सहकार्य
२० माघ,काठमाडौं ।आगामी फागुनमा २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे सोसल मिडियामार्फत फैलिने मिथ्या सूचनाविरुद्ध अनलाइनखबर र नेपाल फ्याक्टचेकबीच सहकार्यको सहमति भएको छ।
निर्वाचन अवधिमा फैलिने गलत तथा भ्रामक सूचनाको तथ्यजाँच गरी सही सूचना आमनागरिकसम्म पुर्याउने उद्देश्यसहित यो सहकार्य भएको हो। नेपाल फ्याक्टचेकका परियोजना प्रमुख उज्ज्वल आचार्य र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले सोमबार सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
‘मिथ्या सूचनाले नेपाली समाज,राजनीति तथा विशेषगरी निर्वाचन प्रक्रियामा पार्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने सहकार्य भएको हो,’ दुवै संस्थाले भनेका छन् ।
निर्वाचनजस्तो संवेदनशील समयमा गलत सूचनाले लोकतान्त्रिक अभ्यासमा गम्भीर असर पार्न सक्ने भएकाले त्यसविरुद्ध सचेत पहल आवश्यक रहेको सम्झौता पत्रमा उल्लेख छ ।
सहमतिअनुसार नेपाल फ्याक्टचेकले अनलाइनखबर...









