समाचार

काठमाडौंको जमलमा दुर्घटना,तीन वटा सवारी आपसमा ठोक्किए

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
१३ माघ,काठमाडौं ।काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । आज मंगलबार दिउँसो मोटरसाइकल,स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनका अनुसार,दुर्घटनामा परेर एक जना घाइते भएका छन्।घाइतेको अवस्था सामान्य  छ ।    ...
मोसम पूर्वानुमान : सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम हिउ र वर्षाको सम्भावना

मोसम पूर्वानुमान : सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम हिउ र वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१३ माघ,काठमाडौँ ।पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ । आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौँ उपत्यकासमेत छुने र हल्का वर्षा गराउने भएको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार यो प्रणालीले बुधबार भने देशैभरि असर पार्ने छ । तराइका भूभागमा भने केही कम असर पार्ने जनाइएको छ । मौसमविद् पौडेलले भने, “पर्सी बुधबार काठमाडौँमा पनि हल्का वर्षा हुन्छ की भन्ने अनुमान छ र तर प्रणाली कमजोर नै छ, ठुलो झरी भने छैन ।” यसले हिमाली र उच्च पहाडी क्षेत्रमा बै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका गराउन सक्ने महाशाखाले जनाएको छ । यो प्रणाली आज राति पश्चिम नेपालबाट प्रवेश गर्ने र मङ्गलबार दिउँसोसम्ममा गण्डकी तथा लुम्बिनी प्रदेशसम्म ...
निर्वाचन सुरक्षामा कुनै कमजोरी नहोस्: महानिरीक्षक अर्याल

निर्वाचन सुरक्षामा कुनै कमजोरी नहोस्: महानिरीक्षक अर्याल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३ माघ,काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै उनले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए । महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देश पनि गरे । कमजोर कमान्ड र गल्ती गर्ने कमान्डर माथि तत्काल कारबाही गर्ने बताउँदै उहाँले उच्च मनोबलका साथ काम गर्न सबैलाई आग्रह गरेका छन् । कमाण्डको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी ...
बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा पौडेल

बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा पौडेल

ताजा अपडेट, समाचार
१२ माघ,काठमाडौं ।सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ। पौडेल यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिए। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो जिम्मेवारी दिएको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्। उनका अनुसार पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने निर्णय गरेको हो।...
खानेतेल लिटरमै ५० रुपैयाँसम्म महँगियो

खानेतेल लिटरमै ५० रुपैयाँसम्म महँगियो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
१२ माघ,काठमाडौं ।नेपाली बजारमा पछिल्लो एक सातादेखि खानेतेलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ । तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले बढेको छ । बजारमा अहिले भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको खुद्रा मूल्य प्रतिलिटर २ सय ९० देखि ३ सय रुपैयाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल प्रतिलिटर ३ सय ८० देखि ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । व्यवसायीहरूका अनुसार पछिल्लो एक सातामा मात्रै तेलमा लिटरको ४० देखि ५० रुपैयाँसम्मको वृद्धि देखिएको छ । एक्कासि तेलको भाउ अत्यधिक बढ्दा घरायसी बजटेमै समस्या परेको उपभोक्ताको गुनासो सुनिन थालेको छ ।...
समानुपातिकतर्फको २ करोड ८ लाख बढी मतपत्र छापियो : निर्देशक यदुनाथ पौडेल

समानुपातिकतर्फको २ करोड ८ लाख बढी मतपत्र छापियो : निर्देशक यदुनाथ पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२ माघ काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज सोमबार समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए । केन्द्रले अब प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गर्ने पनि उनले बताए । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको उनले जानकारी दिए ।...
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा छुट

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
१२ माघ,काठमाडौं ।सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लाजिम्पाटस्थित होटल ली हिमालय तथा साके एन्ड फेङ रेस्टुरेन्ट, हर्कपुर तथा बागलुङस्थित इला कम्फर्ट,मौलाकालीस्थित इला रिसोर्ट्स, मौलाकाली केबुलकार,लुम्बिनी केबुलकार र पोखरास्थित द लेक रिट्रिटमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यसबारे थप जानकारीका लागि बैंकको चौबिसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।...
काठमाडौंमा रोटरी हाट बजार सफलतापूर्वक सम्पन्न

काठमाडौंमा रोटरी हाट बजार सफलतापूर्वक सम्पन्न

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, कृषि, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
१२ माघ,काठमाडौं ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान )अन्तर्गतका १४ वटा रोटरी क्लबद्वरा काठमाडौंमा आयोजित ‘रोटरी हाट बजार’ सफलतापूर्वक सम्पन्न भएको छ। यहि माघ १० र ११ गते काठमाडौंको थापाथली स्थित रोटरी क्लब अफ काठमाडौंको कार्यालय परिसरमा दुई दिनसम्म सञ्चालन भई आइतबार सम्पन्न उक्त हाट बजारमा स्थानीय तथा घरेलु उद्यमीहरूले उत्पादन गरेका हस्तकला,खाद्य परिकार,फेसन सामग्री र लत्ता कपडाहरु तथा सिर्जनात्मक सामाग्रीहरुको प्रदर्शनी तथा बिक्री वितरण  गरिएको थियो। साथै उक्त हाट बजारमा काठमाडौंको सामाखुशी स्थित कान्तीपुर डेन्टल अस्पतालसँगको प्राविधिक सहयोगमा निःशुल्क दन्त परीक्षण शिविर पनि संचालन गरिएको थियो । यसका साथै मनोरञ्जनका लागि सांगितिक कार्यक्रम र विभिन्न किसिमका इन्डोर गेमहरु पनि हाट बजारमा राखीएको रोटरी क्लब अफ काठमाडौंका यस वर्षका प्रेसिडेन्ट राजेन्द्र गौतमले जान...
सुनको भाउ अहिलेसम्मकै उच्च,तोलाको ३ लाख भन्दा बढी

सुनको भाउ अहिलेसम्मकै उच्च,तोलाको ३ लाख भन्दा बढी

अर्थतन्त्र, बिशेष, ब्यानर-२, समाचार
१२ माघ, काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै सर्वाधिक उच्च भाउ हो । हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो । त्यसैगरी चाँदीको भाउ पनि बढेको छ ।आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कायम थियो ।  ...
मिथ्या सूचनाविरुद्ध काठमाडौं सम्मेलनको निष्कर्ष :  धेरै मानिसहरुमा मिडिया साक्षरता छैन

मिथ्या सूचनाविरुद्ध काठमाडौं सम्मेलनको निष्कर्ष : धेरै मानिसहरुमा मिडिया साक्षरता छैन

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
१२ माघ,काठमाडौंं। मिथ्या सूचनाविरुद्ध आयोजित  काठमाडौं सम्मेलन सम्पन्न भएको छ । मानिसहरुमा मिडिया साक्षरताको कमिका कारण मिथ्या सूचना बढिरहेको सम्मेलनको निष्कर्ष छ । साथै सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन हल्लाको पछि नलागेर सत्य तथ्यलाई आधार मानेर सूचना तथा सूचना जन्य समाचार सामाग्रीहरु मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्ने निष्कर्ष निकालेको छ । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर(नेपाल) ले काठमाडौंमा आयोजना गरेको सो सम्मेलनमा विज्ञ तथा अध्येयताहरुले प्रविधिमा भएको सहज पहुँचले मिथ्या सूचनाको बाढी नै आएको र यसलाई रोक्नु पर्ने आवश्यकता औंल्याएका छन्। मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको भन्दै उनीहरुले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नु सूचना साक्षरता बढाउनु पर्ने आवश्यकता पनि औल्य...