इलाम –२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम । नेपाली कांग्रेस उम्मेदवार डक्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् ।
आज बिहान सकिएको मतगणनाम नेम्वाङले २७ हजार ७ सय ७२ मत ल्याउँदा कांग्रेसका खड्काको २१ हजार ९ सय ४२ मत आएको थियो ।यस्तै, स्वतन्त्र उम्मेद्वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन्।
निर्वाचन आयोगका अनुसार इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेको थियो ।जसमा ९ सय २ मत बदर भएको छ।२०७९ सालको निर्वाचनमा निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त रहेका थिए।विजयी सुहाङ संविधानसभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङका छोरा हुन्।
बझाङ प्रदेशसभा–१ बाट पनि एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन्। नेपाली...
