राजनीति

आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली

आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
७, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आज फागुन ७ गते नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका छन् । उनले ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना दिँदै सामाजिक संञ्जलमार्फत यस्तो बताएका हुन् ।उनले भनेका छन् ‘फागुन ७ गते(आजको दिन(हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो । गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्र प्रेमी नेपालीहरूमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना १ जहानियाँ शासन विरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ लगायत अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान उनले अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका छन् ।...
पानीजहाजसम्बन्धी विधेयक समितिमा पठाइयो

पानीजहाजसम्बन्धी विधेयक समितिमा पठाइयो

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, फागुन काठमाडौं । ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । मंगलबारको राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राखेको विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्दै समितिमा पठाइएको हो । बैठकमा सरकारको तर्फबाट मन्त्री दाहालले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०र८१ को ६५ औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गरे । राष्ट्रिय सभाको अर्को बैठक फागुन ११ गते आइतबार सवा १ बजे बस्ने गरी स्थगित भएको छ ।...
प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छ : महासचिव पोखरेल

प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छ : महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
६, फागुन दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा निर्माण सुरु गरिएको सभाहलको आज शिलान्यास गर्दै उनले प्राविधिक शिक्षालयमा लगानी वृद्धि गर्नुपर्ने बताए । उनले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । महासचिव पोखरेलले विकसित मुलुकहरूमा प्राविधिक शिक्षामा पहुँच र आकर्षण दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै नेपालमा पनि सोही अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले साधारण शिक्षाभन्दा प्राविधिक शिक्षाले सीप सहितको जनशक्ति उत्पादन हुने बताए । उनले प्राविधिक शिक्षामा विद्यार्थी सहभागिता २२ प्रतिशतसम्म पुर्‍याउन आवश्यक रहेको बताए । महासचिव पोखरेलले नेपाललाई आत्मनिर्भर बनाउन सीपमूलक तथा प्...
तारिखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा

तारिखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा

ताजा अपडेट, राजनीति, समाचार
६, फागुन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको पहिलो तारिखका लागि उनी मंगलबार अदालत उपस्थित भएका हुन् । सो प्रकरणका काठमाडौं जिल्ला अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गरेको थियो । सोही विचाराधीन मुद्दाको तारिखका लागि लामिछाने मंगलबार जिल्ला अदालत पुगेका हुन् ।...
प्रकृति लम्सालको न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन

प्रकृति लम्सालको न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
६, फागुन काठमाडों । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । मङ्गलबार नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन (नेविसङ्घ) पब्लिक युथ कलेजले लम्सालको न्यायका लागि विरोध प्रदर्शन गरेको हो । उनीहरूले नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, जस्टिस फर प्रकृति लम्साललगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी लम्सालको रहस्यमय निधन भएपछि सोमबारदेखि विश्वविद्यालय तनावग्रस्त छ । नेपाली विद्यार्थीहरूलाई छात्रावासबाट निकालेपछि अवस्था झनै तनावग्रस्त बनेको थियो । तर नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक पहल गरेर नेपाली विद्यार्थीलाई छात्रावासमै राखे...
राष्ट्रसेवक कर्मचारीमाथि बढ्दो दुर्व्यवहारप्रति सांसदहरूको आपत्ति

राष्ट्रसेवक कर्मचारीमाथि बढ्दो दुर्व्यवहारप्रति सांसदहरूको आपत्ति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, फागुन काठमाडौं । राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढ्दै गएकोमा राष्ट्रिय सभाका सांसदहरूले गम्भीर आपत्ति जनाएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले जनप्रतिनिधिबाटै कर्मचारी असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन् । सांसद पदमबहादुर परियारले तनहुँको बन्दीपुर गाउँपालिका–६ का जनप्रतिनिधिले कर्मचारीमाथि आक्रमण गरेको घटनाको विरोध गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। त्यसैगरी, सांसद मनरुपा शर्माले पनि सोही घटनाको निन्दा गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग गरिन् । सांसद रेणु चन्दले सबै प्रकारका विभेद अन्त्य गर्न तथा विभेद गर्नेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्। उता, सांसद विष्णुदेवी पुडासैनीले काठमाडौंमा ढल निकास, खानेपानी, विद्युत् लगायतका संरचना निर्माणमा अन्तरनिकाय समन्वयको आ...
एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल

एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल

ताजा अपडेट, राजनीति, समाचार
६, फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दाहाल निर्वाचित भएका छन् । फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दाहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा गंगालाल तुलाधरले जानकारी दिए । इन्चार्ज तुलाधरकाअनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानीराम चौलागाई, निरू खरेल, दीपक धनुके निर्वाचित भएका छन् । दाहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।...

प्रतिनिधि सभाको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, फागुन काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, ०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विद्युतीय व्यापार (इ कमर्श) विधेयक, ०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।...
प्रेस सेन्टरको बागमती प्रदेश अध्यक्षमा अधिकारी चयन

प्रेस सेन्टरको बागमती प्रदेश अध्यक्षमा अधिकारी चयन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६,फागुन सिन्धुपाल्चोक । प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्षमा ध्रुव अधिकारी चयन भएका छन् । सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोसी बीच रिसोर्टमा सम्पन्न प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौँ अधिवेशनबाट अध्यक्षमा मकवानपुरका अधिकारी चयन भएका हुन् । समितिको उपाध्यक्षमा धादिङका राजन अधिकारी, समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अञ्जलि तामाङ, महासचिवमा नवीन श्रेष्ठ, खुला सहसचिवमा सुमन गैरे, खुला सचिवमा मणिसुन्दर कोइराला, जनजाति सचिव रोजन तामाङ, महिला सचिवमा भावना रिजाल, दलित सचिवमा गम्भीर विक र कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् । अधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्नि सापकोटाले गरेका थिए ।...
देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छ : महासचिव पोखरेल

देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छ : महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
५, फागुन दाङ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका(११ मालेडाँडामा आज श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उनले श्रीमणि आचार्यले देश र जनताका लागि योगदान दिएको बताए । उनले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताए । भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन पोखरेलले आग्रह गरे । यस्ता काममा तीनवटै तहका सरकारको सहकार्य आवश्यक रहेको पनि उनले स्पष्ट पारे । विकासका हरेक काममा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने भएकाले बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलको भनाइ थियो ।...