राजनीति

सहिद पार्कको विकासमा सहयोग गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह

सहिद पार्कको विकासमा सहयोग गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१६, माघ तनहुँ । तनहुँको व्यास नगरपालिका-८ पुलिमराङस्थित सहिद स्मारक कोष समितिले सहिद पार्कको विकासका लागि सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका छन् । सहिद दिवसको अवसरमा आज पुलिमराङ आइपुगेका राष्ट्रपति पौडेललाई ज्ञापन पत्र बुझाउँदै समितिले यस क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेको हो ।...
देशलाई विभाजित गर्ने कार्य स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

देशलाई विभाजित गर्ने कार्य स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासन सत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने प्रकारको शृंखला अन्त्य भएको बताएका छन् । राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा सरकारद्वारा सिंहदरवार परिसरमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको बताए।...
प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्य योजना प्रस्तुत

प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्य योजना प्रस्तुत

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्य योजना प्रस्तुत गरेका छन् । मन्त्रालयका अतिरिक्त सचिव डा। दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्य योजनासहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले आज प्रधानमन्त्रीसमक्ष बुझाएका हुन् । कार्य योजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै रु. पाँच लाख पुर्‍याउने गरी तयारी गरिरहेको बताउँदै आएका छन् । प्रधानमन्त्रीसमक्ष पेस भएको प्रतिवेदनमा पनि स्वास्थ्य बीमा रकम रु। पाँच लाखसम्म पुर्‍याउन सकिने आधार समावेश छन् ।...
सहिद दिवसको अवसरमा काठमाडौँमा विशेष समारोह गर्ने सरकारको निर्णय

सहिद दिवसको अवसरमा काठमाडौँमा विशेष समारोह गर्ने सरकारको निर्णय

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, माघ काठमाडौं । सरकारले माघ १६ गते सहिद दिवसको अवसरमा बुधबार काठमाडौँमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम शहीद दिवस नेपाल सरकारको तर्फबाट विशेष समारोह आयोजना गरेर मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सहिद दिवसका दिन पहिला सहिदगेट पुगेर माल्यार्पण गर्ने र त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने उनले बताए । श्रद्धाञ्जली अर्पणपछि काठमाडौँको भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा विशेष समारोहको आयोजना गरिने प्रवक्ता गुरुङले बताए ।...
देशलाई पछ्यौटेपनबाट उन्नत स्तरमा लान सरकार अग्रसर छ : प्रधानमन्त्री ओली

देशलाई पछ्यौटेपनबाट उन्नत स्तरमा लान सरकार अग्रसर छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, माघ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताएका छन् । यही माघ १८ गतेदेखि प्रारम्भ हुने संघीय संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा आज बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही गरौँ भन्ने युवाहरूलाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग(व्यवसाय सुसञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट गरे । उनले विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने बताए । नेपाल सरकारको गत पुस २६ गतेको मन्त्रिपरिषद्को बैठकले ती अध्यादेश जारी गर्न रा...
ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए ४ जिल्लाका सांसद

ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए ४ जिल्लाका सांसद

ताजा अपडेट, राजनीति, समाचार
१५, माघ काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सांसदहरूलाई छलफलका लागि बोलाएका छन्। मन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधि सभा सदस्यहरूलाई छलफल गर्नका लागि आज साँझ ५ बजे गृह मन्त्रालयमा बोलाएका हुन् । पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने माग स्थानीयले राख्दै आएका छन् । सोही क्रममा गत शनिबार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना र भाग दौडमा लडेर एक जना गरी जम्मा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरूको काठमाडौँमा उपचार भइरहेको छ ।...
राज्य व्यवस्था समितिको बैठक स्थगित

राज्य व्यवस्था समितिको बैठक स्थगित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, माघ काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक लगातार तेस्रो पटक स्थगित भएको छ । यही माघ ९ गतेका लागि तय भएको बैठक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता उपस्थित हुन नसक्ने कारण देखाएर स्थगित भएको थियो ।त्यसपछि सोमबार र मंगलबारका लागि तय भएका दुवै बैठक बस्न सकेनन् ।...
राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ

राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबिच दीप प्रज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गरेका छन् । सो क्रममा लामा गुरुहरूले विशेष पूजा र मन्त्रोच्चारण गरेका थिए । साथै, तामाङको सांस्कृतिक प्रस्तुति ताम्बा र बाम्बोको प्रस्तुति गरिएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे।...
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१५, माघ काठमाडौं । सभामुख देवराज घिमिरेले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । सभामुख घिमिरेले बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।  
एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, माघ काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ। बैठक १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ। बैठकमा संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा रणनीति तय गर्नुका साथै आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।