१५, माघ काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै मन्त्रालयगत एजेण्डाबारे छलफल हुने बताइएको छ । यही माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउँदे अधिवेशनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।...
माघ १४, २०८१, १५:५१ मा प्रकाशितमाघ १४, २०८१, १५:५१ मा प्रकाशितमाघ १४, २०८१, १५:५१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१४, माघ भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताए ।
उनले भने,‘अब नेपालमा विकासको क्रममा अगाडि बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढ...
माघ १४, २०८१, १४:३० मा प्रकाशितमाघ १४, २०८१, १४:३० मा प्रकाशितमाघ १४, २०८१, १४:३० मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१४, माघ काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहिता पालना गर्नु अपरिहार्य रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको उनले बताए ।
‘हाम्रो मुलुक बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको छ । पछिल्लो समय हामी लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएका छौँ,’ उनले भने, ‘भूकम्पका कारण हुने जनधनको क्षति कम गर्ने राष्ट्रिय भवन संहिता पालना गर्नु अपरिहार्य छ ।
बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरूबाट सुरक्षित हुन त्यसैअनुसार पूर...
माघ १४, २०८१, १४:२६ मा प्रकाशितमाघ १४, २०८१, १४:२६ मा प्रकाशितमाघ १४, २०८१, १४:२६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१४, माघ काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतको बैठकले भोलि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आजको बैठकमा भोलि बोलाइएको समितिको बैठकको एजेन्डाबारे छलफल भएको हो ।
बर्तौलाका अनुसार आजको बैठकमा यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको छ । आगामी माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।...
माघ १४, २०८१, १२:४१ मा प्रकाशितमाघ १४, २०८१, १२:४१ मा प्रकाशितमाघ १४, २०८१, १२:४१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१४, माघ तेह्रथुम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गरेका छन् ।
रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गरेका हुन् । पार्कको अवलोकनपछि उनले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गरे ।...
माघ १४, २०८१, १२:३८ मा प्रकाशितमाघ १४, २०८१, १२:३८ मा प्रकाशितमाघ १४, २०८१, १२:३८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१४, माघ काठमाडौं । गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको संरक्षक भएको बताएका छन् ।
सिंहदरवारस्थित गृह मन्त्रालयमा आज नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा भएको बताए ।
“हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ गरेको छ”, उनले भने, “स्वतन्त्र, व्यावसायिक तथा निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ ।”गृहमन्त्री लेखकले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकताको सुनिश्चितता हुने विश्वास दिलाए । पत्रकारिता मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा उनले जोड दिए ।...
माघ १४, २०८१, १२:२८ मा प्रकाशितमाघ १४, २०८१, १२:२८ मा प्रकाशितमाघ १४, २०८१, १२:२८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१४, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आबद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिएका हुन् ।
सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने, ‘अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिको प्रवेश वित्तीय प्रणालीमा हुन नदिई वित्तीय स्वच्छता कायम गर्न सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्छ ।’
यस प्रणालीमा आवद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको...
माघ १४, २०८१, १०:४६ मा प्रकाशितमाघ १४, २०८१, १०:४६ मा प्रकाशितमाघ १४, २०८१, १०:४६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१४, माघ काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाएका हुन् ।
बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ । सत्तापक्षमा नेकपा एमाले, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।...
माघ १४, २०८१, १०:२९ मा प्रकाशितमाघ १४, २०८१, १०:२९ मा प्रकाशितमाघ १४, २०८१, १०:२९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१४, माघ भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु। एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन् ।
आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।”उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।...
माघ १४, २०८१, १०:२६ मा प्रकाशितमाघ १४, २०८१, १०:२६ मा प्रकाशितमाघ १४, २०८१, १०:२६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१४, माघ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बस्दैछ ।
बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बोलाइएको कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू र नयाँ नियमावलीहरु प्रस्तावका बारेमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो ।...