राजनीति

विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँ : सभामुख घिमिरे

विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँ : सभामुख घिमिरे

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७, पुस काभ्रेपलाञ्चोक । सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखाद्वारा यहाँ आयोजित दुईदिने ‘प्रतिनिधिसभाको बैठक सञ्चालन र व्यवस्थापनमा सचिवालय’ विषयक संसदीय पदाधिकारीहरुबीचको समीक्षात्मक कार्यक्रमको आज समापनका अवसरमा उनले लामो समयसम्म विधेयक समितिको बैठक नबस्दा आउने समस्यालाई सबै सरोकारवाला पक्षले हल गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याएका हुन् । “समितिका पदाधिकारी एवं सदस्यलाई कडाइकासाथ बोलाउनुस्, त्यसपछि पनि आउनुभएन भने स्पष्टीकरण सोध्नुस् भनेको छु”, सभामुख घिमिरेले भने, “यो स्पष्टीकरण सोध्ने विषय पनि कार्यान्वयन भइरहेको छैन, सबै मिलेर के कसरी हुन्छ स्पष्टीकरण सोध्ने वातावरण मिलानुपर्छ ।” उनले विधेयक समितिका लागि सं...
रवि लामिछानेको सांसद पद स्वत : निलम्बन हुने

रवि लामिछानेको सांसद पद स्वत : निलम्बन हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
७, पुस काठमाडों । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद स्वत : निलम्बन हुने भएको हो ।
संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा

संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
७, पुस काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन् । सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताए हो । उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताएका छ । उनले सबै राजनीतिक दलहरुसँग छलफल गरेर संविधान संशोधन गर्नैपर्ने न्यूनतम कुराहरुको संशोधन हुने बताए । उनले संयन्त्रले सुरुमा कांग्रेस र एमालेबीच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरुसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने उल्लेख गरे । यस्तै, महामन्त्री थापाले एमाले र काँग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने बताए । संसदलाई अझै समावेशी बना...
रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिने

रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७, पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो ।...
एमालेको सचिवालय बैठक आउँदो बुधबार

एमालेको सचिवालय बैठक आउँदो बुधबार

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७, पुस काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।  ...
आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, पुस काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल र सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल हुनेछ । त्यस्तै बिहान साढे १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिंगी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।...
देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री

देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, पुस सुनसरी। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताएका छन् । नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताए । “हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्यांकन हुन्छ । ती तिनै भए पनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा शालीनता र विनम्रता चाहिन्छ । आफूभित्र घमण्ड हुनु हुँदैन ।”, मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठिक मतिले प्रयोग गर्न सकेमा मानवीय सुख प्राप्त गर्न सकिने बताउँदै उनले भने, “जेसिजले अनुशासन सिकाउँछ, अरूलाई सम्मान दिएर मनोबल सकारात...
हाम्रा स्रोत साधन र जनशक्ति स्वदेशमै प्रयोग गरौँ : अध्यक्ष दाहाल

हाम्रा स्रोत साधन र जनशक्ति स्वदेशमै प्रयोग गरौँ : अध्यक्ष दाहाल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, पुस काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई आह्वान गरेका छन् । रैथाने एग्री प्रोडक्स नेपालद्वारा आज दरबारमार्गमा सञ्चालित रैथाने उत्पादन हाटबजार मेलाको अवलोकनपछि उनले नेपालमा स्रोतसाधन र जनशक्ति पर्याप्त भएकाले यसको अधिकतम प्रयोग हुन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले भने, “मानव चोलाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको श्रम हो, नेपालमा पर्याप्त स्रोतसाधन र जनशक्ति छ, यो मूल्यवान् जनशक्ति श्रमका लागि विदेश गइरहेको अवस्था छ, उनीहरूलाई कसरी स्वदेशमै रोक्ने भन्ने अहिलेको चुनौती हो । यसमा सोच्नुपर्छ ।” ठूलो सङ्ख्यामा युवा विदेश जाने क्रमसँगै आफ्नो थातथँलो बाँझिँदै गएपछि अत्यावश्यक खाद्यन्नमा अन्य मुलुकसँग आश्रित हुन परेको यथार्थ सुनाउँदै उहाँले प्राङ्गारिक उत्पादनलाई बेवास्ता गरिँदा आयातित वस्तु उपभोग गर्...
जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, पुस काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएका छन् । नेपाली काँग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको बताए । पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको सत्ता गठबन्धन बनेको पनि उनले प्रष्ट पारे । राजनीतिक स्थिरता र स्थायित्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उनले बताए...
विश्वशान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रूपमा अपनाउनुपर्छ : प्रधानमन्त्री

विश्वशान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रूपमा अपनाउनुपर्छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
६, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रूपमा अपनाउनुपर्ने बताएका छन् । विश्व ध्यान दिवस, २०८१ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सैनिक मञ्च–टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति कायम नहुने भएकाले सकारात्मक चिन्तनका साथ ध्यान र योगलाई अपनाउन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले सभ्य संस्कृति र सकारात्मक चिन्तनका साथ शारीरिक र मानसिक ध्यानलाई नियमितरुपमा गर्नुपर्ने र यस प्रकारको ज्ञानलाई विद्यालय र नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताए। ध्यान प्राकृतिक ढंगले सचेत मानव जातिले प्रयोग गरेको र सभ्यताको मुहान भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई निरोगी नेपाल बनाउने सरकारको सङ्कल्प पूर...