राजनीति

गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दै रहेको मुद्दाको बहस बिहीबार सकिएको हो । उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोच्चको तयारी छ। यसअघि मङ्गलवार नै इजलासले फैसला सुनाउन चाहेको थियो । तर दिनभर लामिछानेका कानून व्यवसायीले बहस गरेपछि जवाफका लागि हेर्दाहेर्दैमा राखिएको थियो । रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानून व्यवसायीले जवाफी बहस बाँकी रहेपछि इजलासले हेर्दाहेर्दै राखिएको थियो । यसैगरी बुधबारलाई पेशी तोकिए पनि संवैधानिक इजलासको मुद्दा हेर्दाहेर्दै भएकाले हिजो स्थगित गरिएको थियो । अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृ...
कांग्रेसले संसदीय दलको बैठक बोलायो

कांग्रेसले संसदीय दलको बैठक बोलायो

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ । आइतबार बोलाइएको संसद बैठकमा प्रभावकारी उपस्थिति जनाउन र बदलिँदो राजनीतिक परिस्थितिबारे सांसदहरुलाई जानकारी दलको बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।
दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स

दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स

ताजा अपडेट, बिशेष, राजनीति, वातावरण, समाचार
काठमाडौं । दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) एकैपटक खारेज भएको छ । निर्माण व्यवसाय ऐन २०५५ को प्रावधान अनसार चैत २०८० सम्म नवीकरण नगरेका २३ निर्माण कम्पनीको इजाजत स्वतः खारेज गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार यसरी लाइसेन्स स्वतः रद्द हुने निर्माण कम्पनीमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर कम्पनी, भूमि इन्फ्रास्ट्रक्चर प्रालि र मदन कन्स्ट्रक्सन छन् । यसैगरी असन बालकुमारी कन्स्ट्रक्सन, ढोरफिर्दी निर्माण सेवा, द राइजिङ कन्स्ट्रक्सन, सिरोहिया कन्स्ट्रक्सन र त्रिशूल निर्माण सेवाको लाइसेन्स समेत रद्द भएको छ ।...
कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा

कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, वातावरण, समाचार
काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । बिहीबार पनि अधिकृत स्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रूपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले साङ्केतिक विरोध स्वरूप धर्नामा बसेको कर्मचारीहरूको भनाइ छ । कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि अधिकृत माधव पौडेलले बताए । ...
छिटो विश्वासको मत लिन रास्वपाको प्रधानमन्त्रीलाई आग्रह

छिटो विश्वासको मत लिन रास्वपाको प्रधानमन्त्रीलाई आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राजीनामा बुझाउन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी .(रास्वपा) ले छिटो विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई आग्रह गरेको छ । बिहानको छलफलमा प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले तत्कालै विश्वासको मत लिन आग्रह गरेको रास्वपाका एक नेताले  जानकारी दिए ।...
राजीनामा नदिई फर्किए रास्वपाका मन्त्री

राजीनामा नदिई फर्किए रास्वपाका मन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।...

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा मध्याह्न सवा १२ बजे बस्नेछ। बैठकमा आज विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ।संसद सचिवालयका अनुसार बिहीबार ११ वटा मन्त्रीले जवाफ दिने कार्यसूची छ। वन मन्त्रालय, महिला तथा बालबालिका, खेलकुद, सहरी विकास, उद्योग, कृषि, भौतिक पूर्वाधार, संघीय मामिला, पर्यटन, स्वास्थ्य र परराष्ट्र मन्त्रीले मन्त्रालय छलफलका क्रममा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिनेछन्।...
ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । मेयर महर्जनलाई बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ । मेयर महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ । उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ ।  ...
एकीकृत समाजवादीको नेतृत्व चयन आज

एकीकृत समाजवादीको नेतृत्व चयन आज

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । एकीकृत समाजवादीको अध्यक्ष पदमा वर्तमान अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल दाबेदार छन् । माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो ।...
अपांगता र सिमान्तकृतलाई संसदमा उपेक्षा :राजनीतिक मुद्दा सांसदको प्राथमिकतामा

अपांगता र सिमान्तकृतलाई संसदमा उपेक्षा :राजनीतिक मुद्दा सांसदको प्राथमिकतामा

राजनीति, विचार, समाचार
बासु खड्का काठमाडौं। संसदमा प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने सिमान्तकृत वर्ग,अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय न्युन छ।राजनितिक दलहरुले पछाडि परेका र पारिएका वर्गको सहभागितालाई जोड दिने भनेर पार्टीका घोषणापत्रमा उल्लेख गर्छन । तर, व्यवहारमा भने खासै लागु हुन सकेको छैन।यहि विषयमा संसद दिवसको पुुर्व–सन्ध्यामा नेपाल एफएम नेटवर्कले काठमाडौंमा आयोजना गरेको संसद र प्रतिनिधित्वको सवाल विषयक छलफलमा सरोकारवालाले संसदमा आफुहरुको विषय उठान नभएको गुनासो गरे। संसदमा अपांगता भएका व्यक्ति, सिमान्तकृत समुदाय, यौनिक तथा लैंगिक अल्पसख्यकको मुद्दा ओझेलमा पर्ने गरेको सहभागिहरुको गुनासो छ । सांसदहरुले आफ्ना मुद्धालाई बेवास्ता गर्ने गरेको उनीहरु दुखेसो सुनाउँछन । अपांगता भएका महिलाहरुको महासंघ नेपालका रमा ढकालले अपांगता भएका व्यक्तिहरु दैनिकी चलाउन नसकेर सरकारसँग हारगुहार ...