राजनीति

सहकारी ठगी प्रकरणबारे छानबीन गर्न गठित कार्यदलको बैठक आज पनि

सहकारी ठगी प्रकरणबारे छानबीन गर्न गठित कार्यदलको बैठक आज पनि

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सहकारी रकम अपचलित मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको शुक्रबारको बैठक टुँगोमा पुग्न नसकेपछि आज पनि बस्न लागेको छ । दिउँसो तीन बजेका लागि कानून मन्त्रालयमा बैठक बस्न लागेको हो । काँग्रेसले गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा उनी संलग्न रहेको दाबी गर्दै आएको छ । गोर्खा मिडियामा रकम स्थानान्तरण भएका सबै सहकारीको छानबिन हुनुपर्ने कांग्रेसको माग छ । सूर्यदर्शन, सुप्रीम, स्वर्णलक्ष्मी, लगायतबाट गोर्खा मिडियामा रकम गएको थियो । त्यस समय लामिछाने उक्त मिडियामा प्रबन्ध निर्देशक थिए । कानुन मन्त्रालयमा शुक्रबार बिहान बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले नयाँ प्रस्ताव अघि सारेको थियो ।...
माओवादी केन्द्रकोे मधेस प्रदेश सम्मेलनको तयारी तिब्र

माओवादी केन्द्रकोे मधेस प्रदेश सम्मेलनको तयारी तिब्र

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं  माओवादी केन्द्रले भदौमा मधेस प्रदेश सम्मेलन गर्नका लागि तयारीलाई तिब्र रुपमा अगाडी बढाएको छ ।माओवादीले कार्यविभाजनसँगै सोही अनुसार प्रदेशमा राजनीतिक गतिविधिलाई अगाडि बढाएको जनाएको हो। उसले तयारी रुवरुप निर्वाचन तथा जिल्ला तहमा कार्यक्रम अगाडि बढाएको हो । मधेस प्रदेशका ६ वटा जिल्लाको कार्यक्रम सम्पन्न गरिसकेको जनाएको माओवादी केन्द्रले बाँकी २ जिल्ला महोत्तरी र सिरहामा कार्यक्रम गर्न बाँकी रहेको बताएको छ। महोत्तरी,धनुषा तथा सिरहामा बढी विवाद रहेकाले समय लागेको तर बाँकी जिल्लामा समन्वय गरेर चाँडै कार्यक्रम गरिने बताएको छ । माओवादी केन्द्र मधेस प्रदेश समितिको सम्मेलन अगामी भदौमा गर्ने निर्णय पार्टीले गरेका कारण तल्लो तहदेखि धमाधम कार्यक्रम गरिरहेको उल्लेख गरेको छ। ’जनतासँग माओवादी’नाम दिएर सो पार्टीले तीन महिने अभियान सञ्चालन गरेको थियो ।    ...
गण्डकी प्रदेश सभा १५ गतेसम्मका लागि स्थगित

गण्डकी प्रदेश सभा १५ गतेसम्मका लागि स्थगित

ब्यानर-१, राजनीति, समाचार
पोखरा । बैठकमा नेपाली काँग्रेस र राप्रपाका नेता उपस्थित नभएपछि गण्डकी प्रदेश सभाको आजको बैठक स्थगित भएको छ । प्रदेश सभाको अर्काे बैठक जेठ १५ गते १ बजेसम्म बस्ने सभामुख कृष्णप्रसाद धितालले बताए । गण्डकी प्रदेश सरकारको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै रहेका बेला संसद् बैठक बोलाइएको भन्दै नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । आजको बैठकमा राप्रपाका २ सांसद पनि अनुपस्थित भएका थिए । मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरिएकोबारे प्रदेश प्रमुख डिल्लीराज भट्टबाट आएको पत्र पढेर सुनाएपछि प्रतिपक्षी दल नै अनुपस्थित रहेकाले बैठक स्थगित गरिएको सभामुख धितालले बताए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जना सदस्यलाई नै बहुमत मानेर मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेको घोषणा भएपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका छन् । सर्वोच्चले जेठ १४ गतेका...
प्रमुख दलका नेताको बैठक बालुवाटारमा जारी

प्रमुख दलका नेताको बैठक बालुवाटारमा जारी

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । टीओआरमा सहमति खोज्न प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी रहेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका हुन् । सहकारी प्रकरणको छानबिनका लागि बनाइने भनिएको संसदीय छानबिन समितिको टिओआर कार्यदलमा सहमति नजुटेपछि शीर्ष तहमा सहमति खोज्ने प्रयास भएको बताइएको छ । बैठकमा कांग्रेसको प्रस्तावसहित सत्तापक्षले राख्ने प्रस्तावमा छलफल हुने एक नेताले बताए । दुवै पक्षका प्रस्तावबाट मध्यविन्दु पहिल्याएर सदनको अवरोध हटाउने उनीहरूको भनाइ छ । समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम तोक्ने या नतोक्ने भन्नेबारे ...

ब्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना गर्न उच्च अदालतको आदेश

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
पोखरा । ब्यास नगरपालिकामा २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत मेयर पदको मतगणना पुनः हुँदैछ।उच्च अदालत पोखराले दिएको आदेशअनुरुप असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना हुने भएको हो। अदालतले जेठ २ गते स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको पक्षमा अदालतले आदेश दिएको थियो।नेकपा एमालेको समर्थनमा उम्मेदवार भएका जोशी २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए। उनी कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुुन् । उनलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए। निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्दा हालेका थिए।...

उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा छ : मन्त्री भण्डारी

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षमा स्थापना गरिने उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन्। आज नेकपा (एमाले)को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागमार्फत मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझ्दै उनले उपभोक्ता अदालत स्थापनापछि सहज र भरपर्दो हुने बताए।मन्त्रालय मातहत कुनै पनि दण्ड जरिवाना गर्दा ३ लाखभन्दा बढी लिन नपाइने प्रावधान रहेको स्पष्टा पार्दै उनले उपभोक्ता अदालत स्थापना भएपछि गल्तीअनुसारको दण्ड तथा जरिवाना गर्न सकिने उल्लेख गरेका छन्। मन्त्री भण्डारीले अदालतका लागि सरकारले आवश्यक सबै किसिमका स्रोतसाधन उपलब्ध गराउने बताएका छन्।उनले उपभोक्ताले एलपी ग्याँसमा बेहोरिरहेको समस्याका विषयमासमेत नेपाल आयल निगमलाई पत्राचार गरिएको बताएका छन्। विभागका प्रमुख जितु गौतमको नेतृत्वको टोलीले मन्त्री भण्डारीलाई १५ बुँदे ध्यानाकर्षण पत्...
प्रतिनिधि सभाको अर्काे बैठक जेठ १३ गते

प्रतिनिधि सभाको अर्काे बैठक जेठ १३ गते

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक प्रतिपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको छ । बैठकमा अवरोध सिर्जना भएपछि सभामुख देवराज घिमिरेले स्थगित गर्दै अर्काे बैठक यही जेठ १३ गतेका लागि तोकेका छन् । प्रतिपक्षीले बोल्ने समय पाउनुपर्ने अडान राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने जानकारी सभालाई गराए । शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि दफावार छलफल कार्यक्रम रहेको थियो । यसका लागि दलगत प्रतिनिधित्व गर्दै बोल्नका लागि नाम टिपाउन सभामुख घिमिरेले यसअघि नै अनुरोध गरेका थिए ।...

राप्रपा केन्दीय कार्यसमितिको बैठक १२ : १५ देखि सुरू

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक १२ : १५ देखि सुरू भएको छ। बैठक धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा मध्याह्न १२ः१५ बजेदेखि बैठक भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा महामन्त्री धवलशमशेर राणाले सांगठानिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरूङले सचिवालयसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यसूचि रहेको बताइएको छ । केन्द्रीय समिति बैठक जेठ १३ गतेसम्म चल्नेछ। उल्लिखित प्रतिवेदनहरूमाथि केन्द्रीय समितिमा छलफल हुनेछ ।...

विपक्षी दलको बैठक सुरु

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । बानेश्वरस्थित संसद् भवनमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरूबीच बैठक सुरु भएको हो । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै विपक्षीहरूले संसद् अवरोध गर्दै आएका छन् । आज बस्ने प्रतिनिधिसभा बैठकको रणनीति बनाउन विपक्ष दलको बैठक बसिहरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।...
आज नीति तथा कार्यक्रम पारित हुँदै,यस्तो छ सम्भावित कार्यसूची

आज नीति तथा कार्यक्रम पारित हुँदै,यस्तो छ सम्भावित कार्यसूची

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको नीति तथा कार्यक्रम पारित गरिदैं छ ।सभाले आज शुक्रबार पारित गर्ने सम्भावित कार्यसूची हिजै सभामुख देवराज घिमिरेसँगको समन्वयमा सो कार्यसुचि तय गरेको हो । संसद् सचिवालयले आज बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी सम्भावित कार्यसूची तय गरेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसुचि छ। त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ ।प्रतिनिधि सभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ । संसद् सचिवालयका अनुसार  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनको प्रस्ताव र...