राजनीति

बूढानीलकण्ठका मेयरसहित २ वडाध्यक्ष र सदस्य गरि ४ जना जनप्रतिनिधिलाई १ महिना कैद गर्न आदेश

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारी बूढानीलकण्ठका मेयरसहित २ वडाध्यक्ष र सदस्य गरि ४ जना जनप्रतिनिधिलाई १ महिना कैद सजाय सुनाएको छ। अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा।राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना भनेको छ । यसमा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई,वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो। उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ।‘माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरुले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेश गरेमा उक्त कैद असुल गर्न पर्दैन’ आदेशमा भनिएको छ। तर ६० दिनभित्र पनि संरचन...

यस वर्षको बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

अर्थतन्त्र, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नयाँ आर्थिक वर्षको बजेट भाषण जेठ १५ गते गर्ने सरकारको परम्परा रहँदै आएको छ । सोही अनुरुप प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजेका लागि संघीय संसदको संयुक्त बैठक बोलाएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले बजेट वक्तव्यका लागि संयुक्त बैठक बोलाएका हुन् । उनले बैठकका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् । बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।...

जेठ १६ र १७ गते एमालेले महिला भेला गर्ने

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीं (एमाले) जनसंगठन समन्वय संयन्त्रले यही जेठ १६ र १७ गते राष्ट्रिय महिला भेलाको आयोजना गर्ने भएको छ। २०६३ साल जेठ १६ गते नेकपा एमालेका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा तत्कालीन पुनस्र्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता,राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता,विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको संकल्प प्रस्तावको रुपमा पेश गरेको र नेपालको संविधान २०७२ मा महिला अधिकारका विषयहरुलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो । सोही अनुरुप नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसका रुपमा घोषणा गरी मनाउँदै आएकाले एमालेले ऐतिहासिक दिनका रुपमा भेलाको आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपल...
२.८ प्रतिशतले बढ्यो देशको लगानी

२.८ प्रतिशतले बढ्यो देशको लगानी

अर्थतन्त्र, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०८०,०८१ को सरकारको लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुगेको छ । आज अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण, २०८१ जारी गर्दै सो तथ्यांक पेश गरेका हुन् । सर्वेक्षण अनुसार कृषि र सेवा क्षेत्रको विस्तार हुँदै फागुन मसान्तसम्मको राजस्व वृद्धि ३.९ प्रतिशत रहेको छ । प्रतिव्यक्ति आय पनि बढेको सर्वेक्षणले देखिएको छ । देशको प्रतिव्यक्ति आय बढेर एक हजार ४५६ डलर पुगेको छ । यसैगरी, मुलुकको मुद्रास्फीति ६.०८ प्रतिशत कायम भएको छ ।...
काँग्रेसले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने

काँग्रेसले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने

राजनीति, समाचार
काठमाडौं । केही बेरमा सुरु हुन लागेको प्रतिनिधि सभाको बैठकलाई आज पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गर्ने भएको छ । दलहरुबीच सहमति जुट्न नसकेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिलो सुरु हुुने हुन लागेको हो । आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दलले गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गर्ने भएको छ । संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्रीको नाम प्रस्ट लेख्नुपर्ने अडान जारी राखेको छ ।...

काँग्रेसद्वारा कोशी प्रदेश सभा बैठक स्थगित गर्न सभामुखलाई पत्र

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोशी प्रदेशसभा स्थगित गर्न सभामुख अम्बरबहादुर विष्टलाई प्रदेश सभाको बैठक स्थगित गर्न माग गर्दै पत्र लेखेको छ । सर्वाेच्च अदालतमा प्रदेश प्रमुख हिक्मत कार्कीविरुद्ध परेको रिटको सुनुवाई भइनसकेको भन्दै प्रदेश सभा बैठक स्थगित गर्न काँग्रेले माग गरेको हो । मुद्दा टुंगो नलागेसम्म बैठक सञ्चालन गर्न नदिने काँग्रेसको अडान छ । सभामुखका अनुसार बैठक नरोकिए कांग्रेस अनुपस्थित हुने जानकारी सहितको पत्र काँग्रेसले पेश गरेको छ । कोशी प्रदेश सभाको बर्खे अधिवेशन वैशाख ३१ मा सुरू भएको थियो । अधिवेशनको पहिलो दिन नै मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिएका थिए। अदालतमा सरकारबारे विवाद कायमै रहेको बेला मुख्यमन्त्रीले हतारमा विश्वासको मत लिएको भन्दै कां‌ग्रेस पहिलो बैठकमा अनुपस्थित भएको थियो ।...
प्रधानमन्त्रीसँगको छलफलपछि काँग्रेस आन्तरिक छलफलमा

प्रधानमन्त्रीसँगको छलफलपछि काँग्रेस आन्तरिक छलफलमा

राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि नेपाली काँग्रेसले आन्तरिक छलफल थालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा काँग्रेसका नेताहरुबीच छलफल सुरु भएको हो । काँग्रेस र शीर्ष नेताहरुबीच पटकपटक छलफल भएपनि हालसम्म सहमति जुट्न नसकेपछि आज प्रधानमन्त्रीले प्रतिपक्ष नेताहरुसँग छलफल गरेका थिए । सभापति देउवा र प्रचण्डसँगको छलफलपछि काँग्रेस नेताहरुबीच छलफल सुरु भएको हो । छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतका नेताहरू सहभागी छन् ।...
कांग्रेसले आज काठमाडौंमा बृहत प्रदर्शन गर्दै

कांग्रेसले आज काठमाडौंमा बृहत प्रदर्शन गर्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबार काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ। सहकारी ठगी प्रकरण र सहकारी पीडितहरुको मागलाई राज्यले नसुनेको भन्दै कांग्रेसले पीडितको समस्या समाधान गर्न माग राखेर आज काठमाठौंका विभिन्न ठाउँबाट बिहान १२ बजे एकैचोटी विरोध ¥याली निकाल्न लागेको नेपाली कांग्रेस काठमाडौं जिल्लाका अध्यक्ष सबुज बानियाँले बताए । सरकारले अलोकतान्त्रिक र असंवैधानिक रवैया देखाएको र सहकारी ठगी प्रकरणलाई यसै दबाउन खोजेको भन्दै उनले भने, ‘अहिले सरकारले अराजकता प्रर्दशन गरिरेको छ,यसका विरुद्धमा हामीले सदनमा पटक पटक आवाज उठाउँदा पनि  बेवास्ता गरेर यसलाई दबाउन खोजिएको छ ।’  ‘अब संसदीय सदनबाट भन्दा पनि जनताको समर्थनमा सडकबाटै खबरदारी गर्नु पर्ने आवश्यक्ता महसुर गरेर हामीले त्यस  विरुद्धको बृहत प्रदर्शन गर्न लागेका हौं।’ उनले भने। अध्यक्ष  बानियाँका अनु...
प्रधानमन्त्री र देउवाबीच भेटर्वार्ता

प्रधानमन्त्री र देउवाबीच भेटर्वार्ता

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवाबीच भेटर्वार्ता भएको छ । सभापति देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनकै निवास बुढानिलकण्ठ पुगेका हुन् । प्रचण्डको सचिवालयका अनुसार संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको हुन् । छलफलका लागि कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छन् । प्रमुख प्रतिपक्षी दलसँगको छलफलपछि प्रधानमन्त्रलीले दलका शीर्ष नेताहरुको बैठक आह्वान गरेका छन् ।...

बालेनद्वारा मन्त्री महासेठलाई दैनिक एक ट्रक धुलो पठाउने घोषणा

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई दैनिक रुपमा एक ट्रक धुलो पठाउने घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा सडक विभाग डिभिजन कार्यालयको गेटअगाडि एक ट्रक धुलो फालेको भिडियो सार्वजनिक गर्दै मन्त्री महासेठ लक्षित सो घोषणा गरेका हुन् । फेसबुकमा उनले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नामममा धेरै धुलो र कष्ट ब्यहोर्नुपरेको र त्यसको दोष महानगरले पाएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ जसले गर्दा महानगरवासीद्ये धुलोधुवाँ खानुपरेको छ। त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ। पुग्न अबेला भोग्नु परेको छ। र काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तप...