राजनीति

गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्दै कांग्रेस

गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्दै कांग्रेस

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।नेपाली कांग्रेस​ले गण्डकीमा आज शुक्रबारको प्रदेश सभा बैठक बहिस्कार गर्ने भएको छ। बजेटका सन्दर्भमा छलफल गर्नका लागि दिउँसो ३ बजेका लागि बोलाइएको उक्त बैठकको कांग्रेसले बहिस्कार गर्ने निर्णय गरेको हो । संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । त्यसको टुंगो नलागेसम्म कांग्रेस आजको संसद बैठकमा सहभागी नहुने भएको छ । प्रमुख सचेतक न्यौपानेद्धारा जारी विज्ञप्तिमा अदालतको आदेश विपरीतको काम गरे कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने उल्लेख छ। गण्डकीमा विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ।जसमा मुख्यमन्त्री अधिकारीले ३० सांसदको समर्थन पाउँदा सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको ...
संसदीय समितिको कार्यदलको बैठक सिंहदरबारमा जारी

संसदीय समितिको कार्यदलको बैठक सिंहदरबारमा जारी

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सहकारी ठगी छानबिन गर्न बनेको संसदीय समितिको क्षेत्राधिकार तयका लागि गर्न कार्यदलको बैठक सिंहदरबारमा चलिरहेको छ। केही समयअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठकसुरू भएको हो। बैठकमा कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहित नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल काँग्रेसका सांसद जीवन परियार, कांग्रेसकै सांसद ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल बैठकमा सहभागी भएका छन्। यसअघि बसेको तीनवटै बैठक निष्कर्षमा पुग्न नसकेपछि कांग्रेसले सत्तापक्षलाई मूर्त प्रस्तावसहित आउन आह्वान गरेको छ। प्रमुख प्रतिपक्षी दलले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने अडान लिँदै आएको छ।...
सिरोहिया प्रकरणमा ओलीको अभिव्यक्ति–कानून सबैलाई बराबर हुन्छ

सिरोहिया प्रकरणमा ओलीको अभिव्यक्ति–कानून सबैलाई बराबर हुन्छ

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । कान्तिपुर मिडिया ग्रुुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा व्यक्त गरेका छन् । आज झापामा आयोजित एक कार्यक्रममा ओलीले सञ्चारकर्मीहरुको प्रश्नमा धारणा राख्दै सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ नगरिएको बुझिएको बताएका छन् । उनले भने, ‘कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।’ यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने कोही समाउँदा, मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरि हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने पनि उनको तर्क छ । ‘उनलाई पक्राउ गर्दैमा डमोक्रेसी नै खतरामा परिहाल्यो त रु के सञ्चारका हकहरू खोसिएकै हुन् त ?’,उनले प्रश्न गरे । कानुन सबैका लागि बराबर हुने बत...
बेलायतमा आगामी निर्वाचनको मिति घोषणा

बेलायतमा आगामी निर्वाचनको मिति घोषणा

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
एजेन्सी । बेलायतमा हुने आगामी निर्वाचनको मिति घोषणा गरिएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ का लागि आम निर्वाचनको घोषणा गरेका हुन् । नियमित तालिकाअनुसार बेलायतमा सन् २०२५ मा निर्वाचन हुनुपर्ने थियो । त्यसको ७ महिना अगाडि नै प्रधानमन्त्री सुनकले चुनावको मिति घोषणा गरिदिएका हुन् । उनले बुधबार राति लण्डनस्थित डाउनिङ्ग स्ट्रिटबाट चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ । अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गर्दै उनले बेलायतका लागि आफ्नो भविष्य चुन्ने समय आएको बताए । राजा चार्ल्स तेस्रोलाई चुनावको मितिबारे जानकारी गराउनासाथ वर्तमान संसद भंग गरिने छ । त्यसपछि चुनावी प्रक्रिया सुरु हुने छ । सम्भवतः शुक्रबारदेखि चुनावी प्रक्रिया सुरु हुने बीबीसीले जनाएको छ । उनले २०२२ अक्टुबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । बेलायतमा जनवरी २०२५ मा आम चुनाव हुने सम्भावना ...
नेपाली कांग्रेसको कार्यसम्पादन सदस्यमा रमेश लेखक मनोनीत

नेपाली कांग्रेसको कार्यसम्पादन सदस्यमा रमेश लेखक मनोनीत

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा रमेश लेखक मनोनीत भएका छन्। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रमुख सचेतक लेखक पार्टीको विधान २०१७ को धारा २३ को उपधारा २ अनुसार कार्यसम्पादन समिति सदस्य पदमा मनोनीत भएको गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति देउवाले लेखकलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरेकोमा बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदनसमेत गरेको छ। विधानअनुसार सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखेर कार्यसम्पादन समितिमा ३१ जना मनोनीत गर्न पाउने व्यवस्था छ। कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता पदेन सदस्य रहन्छन्। कार्यसम्पादन समिति बैठक कम्तीमा महिनामा एक पटक बस्नेछ। केन्द्रीय समिति बैठक तत्काल बस्न सक्ने सम्भावना नभएका बेला कार...
भारतीय लोकसभा चुनावः पर्सा नाका बन्द

भारतीय लोकसभा चुनावः पर्सा नाका बन्द

राजनीति, समाचार, स्थानीय
वीरगन्ज । भारतमा लोकसभा निर्वाचनका लागि पर्सा तर्फको भारतीय सीमा बन्द गरिएको छ । भारत विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते लोकसभा निर्वाचनका कारण वीरगञ्ज भन्साल कार्यालय सहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि जेठ १२ गते अपराह्न ६ बजेसम्म नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने उनले जानकारी दिए । दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नाका बन्द गरिएको कार्यालयले जनाएको छ । पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ ।...
सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

राजनीति, समाचार
जनकपुर । धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराईले बताए । सिरोहियालाई मंगलबार प्रहरीले काठमाडौँबाट पक्राउ गरी धनुषा लगेको हो । उनले दोहोरो नागरिकता लिएको आरोपमा परेको उजुरीमाथि प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।...
काँग्रेसले सहकारी छानवीन प्रकरणको मुद्दा नछाड्ने

काँग्रेसले सहकारी छानवीन प्रकरणको मुद्दा नछाड्ने

राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवी लामिछाने बारेको मुद्दा नछोड्ने भएको छ । सानेपामा आज बसेको केन्द्रीय कमिटीको बैठकले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्ने विषयमा छलफल गरेको हो । बैठकले गृहमन्त्रीको राजीनामा माग गर्ने र छानबिन समिति गठन मागमा अडिग रहनेबारे छलफल भएको एक नेताले जानकारी दिए ।संसदमा अशिष्ट, हिंस्रक र अपमानजनक, व्यक्तिगत रुपमा आपत्तिजनक शब्द प्रयोग गरेकाले लामिछाने उक्त पदमा रहन नहुने कांग्रेस केन्द्रीय बैठकमा छलफल भएको उनले बताए । बैठकले सहकारी पीडितको बचत फिर्ता गर्न माग गर्ने निर्णयसमेत गरेको छ ।...

सिरोहियाको पक्राउमा रास्वपाको समर्थन

राजनीति, समाचार
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको पक्षमा उभिएको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरे । उनले भने, ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवि पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन, यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।’ सिरोहियालाई जिल्ला अदालत धनुषाको अनुमति लिएर नागरिकता कीर्तेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेको आफूहरुको जानकारीमा आएको रास्वपाले जनाएको छ ।...
कैलाश सिरोहिया प्रकरणः ५ दिनको म्याद थप्न सरकारी वकिलको सिफारिस

कैलाश सिरोहिया प्रकरणः ५ दिनको म्याद थप्न सरकारी वकिलको सिफारिस

राजनीति, समाचार
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ५ दिनको म्याद म्याद थप्न जिल्ला सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ । अध्यक्ष सिरोहिया नागरिकता किर्ते सम्बन्धी कसुरमा मंगलबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियालाई आज अदालतमा उपस्थित गराएको थियो । अदालतबाट उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो । म्याद थपको सिफारिसपछि उनलाई पुनः अदालत पुर्‍याइएको छ ‌।...