राजनीति

जेठ ३० गतेका लागि तोकियो जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन

जेठ ३० गतेका लागि तोकियो जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन

राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार भएको छ । यही जेठ ३० गतेका लागि केन्द्रिय समितिको निर्वाचन हुन लागेको हो । केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। उनका अनुसार केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ । जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयन पत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने छ । त्यसै दिन ४ बजेसम्म सोउपर निर्णय गरिने छ ।...
सिरोहिया पक्राउबारे अमेरिकी राजदुतावास असन्तुष्ट

सिरोहिया पक्राउबारे अमेरिकी राजदुतावास असन्तुष्ट

राजनीति, समाचार
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत् धारणा व्यक्त गरेको छ । दूतावासले सांकेतिकरूपमा सिरोहियाको पक्राउप्रति असन्तुष्टि व्यक्त गरेको हो । दुतावासले भनेको छ, ‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शीता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन संघर्षपश्चात प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।...
सिरोहियाबारे प्रधानमन्त्रीको प्रतिक्रियाः उहाँ निर्दाेश हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ

सिरोहियाबारे प्रधानमन्त्रीको प्रतिक्रियाः उहाँ निर्दाेश हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रिया दिएका छन् । काठमाडौंको चन्द्रँगिरीमा आज पत्रकारहरुसँगै बोल्दै प्रधानमन्त्री प्रचण्डले सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी नरहेको प्रतिक्रिया दिएका छन्। पत्रकारहरूको प्रश्नमा जबाफमा उनले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको पनि बताए।प्रधानमन्त्री दाहालले राज्यले कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको समेत प्रष्टीकरण दिएका छन्।...

सिरोहिया पक्राउको विरोधमा धनुषा अदालत नजिक नेविसंघको नाराबाजी

ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
काठमाडौं ।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा धनुषा अदालत आसपासमा नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन ‘नेविसंघ’ले प्रदर्शन सुरू गरेको छ। नेविसंघका कार्यकर्ताहरू प्रदर्शन गर्दै धनुषा जिल्ला अदालत पुग्न खोज्दा प्रहरीले रोकेको बताइएको छ।उनीहरु सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। प्रदर्शनकारीले प्रेस स्वतन्त्रता कायम गर,सहकारी ठग सरकार मुर्दावाद, प्रतिशोधले कलम झुकाउन पाइँदैन जस्ता नाराअंकित प्लेकार्डसमेत बोकेर नारा लगाइरहेका छन्।...
सिरोहिया पक्राउ गर्ने गठबन्धन सरकारको अलोकतान्त्रिक कदम खेदजनक छ : देउवा

सिरोहिया पक्राउ गर्ने गठबन्धन सरकारको अलोकतान्त्रिक कदम खेदजनक छ : देउवा

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति खेद व्यक्त गरेका छन्। उनले आफ्ना सामाजिक सञ्जालमा सिरोहिया पक्राउ पर्नुलाई सरकारको अलोकतान्त्रिक कदम भएको उल्लेख गरेका छन्। ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो।मिडियालाई तर्साउने उदेश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ’,देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। सिरोहियालाई प्रहरीले नागरिकता किर्तेको प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरेको छ।...
कोशी र गण्डकी प्रदेश सरकारबारे निर्णय गर्दै सर्वाेच्च अदालत

कोशी र गण्डकी प्रदेश सरकारबारे निर्णय गर्दै सर्वाेच्च अदालत

कानुन, राजनीति, समाचार
काठमाडौं । सर्वाेच्च अदालतमा आज कोशी र गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिट माथि सुुनुवाई हुँदैछ । हाल दुवै प्रदेशमा संयोगले नेकपा एमालेका मुख्यमन्त्री रहेका छन् । कोशी प्रदेशमा हिक्मतबहादुर कार्की मुख्यमन्त्री छन् भने गण्डकीमा खगराज अधिकारी रहेका छन् । उनीहरु दुवै विरुद्ध नेपाली कांग्रेसले मुद्दा दायर गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्ध केदार कार्कीले रिट दायर गरेका हुन् भने गण्डकी प्रदेशका अधिकारी विरुद्ध सुरेन्द्र पाण्डेले रिट दायर गरेका हुन् । गण्डकी प्रदेशको रिटमा मंगलवारदेखि नै सुनुवाइ सुरु भएको थियो । यस्तै, कोशीको भने आजदेखि सुनुवाइ हुँदै छ । गण्डकीको रिट न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ भने कोशीमा तोकिन बाँकी नै छ।...
बागमतीको नीति तथा कार्यक्रम तत्काल हुने, कहिले ?

बागमतीको नीति तथा कार्यक्रम तत्काल हुने, कहिले ?

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
मकवानपुर।बागमती प्रदेश सरकारले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। यहि जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरु बीचमा सहमति भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन्। उनका अनुसार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्ने कार्यसूची रहेको छ।  ...
यस्तो छ सञ्चारमन्त्री शर्माको सम्पत्ति विवरण

यस्तो छ सञ्चारमन्त्री शर्माको सम्पत्ति विवरण

राजनीति, समाचार
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो सम्पत्ति विवरण उल्लेख गरेकी छन् । उनले आफ्ना श्रीमान् कृष्णध्वज खड्काको नाममा काठमाडौँको कीर्तिपुरमा ६ आना १ पैसा दुई दाम क्षेत्रफलमा घर रहेको उल्लेख गरेकी छन् । उक्त जग्गामा साढे २ तलाको घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्युठानमा जग्गा, चल सम्पत्तिमा ६ तोला सुन, २ तोला चाँदी, विभिन्न बैंकमा नगद मौज्दान रहेको उल्लेख गरेकी छन् । यस्तै एउटा होण्डाइ कार रहेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ।...
परराष्ट्रमन्त्री श्रेष्ठसँगै ३८ रोपनी पैतृक सम्पत्ति

परराष्ट्रमन्त्री श्रेष्ठसँगै ३८ रोपनी पैतृक सम्पत्ति

राजनीति, समाचार
काठमाडौँ । उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गोरखामा आफ्नो नाममा ३८ रोपनी जग्गा पैतृक सम्पत्ति आफ्नो नाममा रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्यालयमा बुझाएको विवरणअनुसार उनको नाममा राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखिएको छ । यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यसको मूल्य आफूलाई थाहा नभएको मन्त्री श्रेष्ठले बताएका छन् ।...
शिक्षामन्त्रीको कुल सम्पत्ति डेढ करोडभन्दा बढी

शिक्षामन्त्रीको कुल सम्पत्ति डेढ करोडभन्दा बढी

राजनीति, शिक्षा, समाचार
काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनको नाममा काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा हजारमा खरिद गरेको उल्लेख गरेकी छन् । परिश्रमिकबाट खरिद गरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । उनको व्यक्तिगत नाममा कुनै घर भने छैन । आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जनाएकी छन् । दुवै स्रोत उनले पारिश्रमिक रहेको जिकिर गरेकी छन् । यता उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गरेकी छन् । उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको पनि खुलाएकी छन् । सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको...