११ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठक यही जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच मंगलबार केही बेर बैठक सञ्चालन भएको थियो ।
प्रतिपक्षको विरोधबीच सभामुख देवराज घिमिरेले संसद्को काम–कारबाही अघि बढाएका थिए । आजका निम्ति तय सबै कार्यसूचीमा भने प्रवेश गरिएको थिएन् ।
सभामुख घिमिरेले जेठ ११ गतेको बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरिने कार्यसूची निर्धारण गरेका छन् ।...








