राजनीति

फेरि सुरु भयो प्रतिनिधिसभाको बैठकः प्रधानमन्त्रीले विश्वासको मत लिँदै

फेरि सुरु भयो प्रतिनिधिसभाको बैठकः प्रधानमन्त्रीले विश्वासको मत लिँदै

राजनीति, समाचार
काठमाडौँ । नेपाली काँग्रेसको नाराबाजीपछि केही समयका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि सुरु भएको छ । बैठक सुरु भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन सुरु गरेका छन् । कांग्रेस सांसदहरूको अवरोधबीच प्रचण्ड रोष्ट्रममा निस्किएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा प्रधानमन्त्री मर्यादापालकको कडा सुरक्षाबीच रोष्ट्रम पुगेका थिए । प्रचण्डले अहिले विश्वासको मतसम्बन्धी प्रस्तावसँगै सम्बोधन गरिरहेका छन् ।...
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै गरेको नाराबाजीपछि स्थगित भएको हो । सभामुख देवराज घिमिरे कार्यसूचीमा प्रवेश गर्न लागेपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए। बैठक सुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अबरोध गरेका थिए।उनीहरूले सहकारी ठगलाई कारवाही गर, सहकारी पीडितलाई न्याय दे, संसदीय छानविन समिति गठन गरजस्ता नारा लगाएका थिए। अबरोधकै बीचमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिन चाहेकाले त्यसको वातावरण बनाउन प्रतिपक्षी सांसदहरूलाई आग्रह गरेका थिए।कांग्रेसका सांसदहरूले नाराबाजी रोकेका थिएनन। प्रतिनिधि सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ।...
हेलिकप्टर दुर्घटनाः इरानका राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु भएको पुष्टि

हेलिकप्टर दुर्घटनाः इरानका राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु भएको पुष्टि

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
एजेन्सी । हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सले इरानी उच्च अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको पुष्टि गरेको हो । समाचार संस्था एशोशियटेड प्रेसले पनि राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियान मृत भेटिएको उल्लेख गरेको छ। राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। हेलिकप्टर हार्ड ल्याण्डिङ गरेको भनिएको ठाउँबाट करिब २ किलोमिटर टाढा अजरबैजानसँग सीमा जोडिएको जोल्फा नजिकै पूर्ण जलेको अवस्थामा भेटिएको थियो।...
कांग्रेस संसदीय दलको बैठकपछि संसदीय समितिको बैठक बस्ने

कांग्रेस संसदीय दलको बैठकपछि संसदीय समितिको बैठक बस्ने

राजनीति, समाचार
काठमाडौँ । कांग्रेस संसदीय दलको बैठकले संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ । सोमबार बिहान साढे १० बजेका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक कांग्रेसको बैठक बसिरहेकाले सुरू हुन सकेको छैन । स्रोतका अनुसार कांग्रेसबाट प्रतिनिधित्व गर्न सांसदहरू आएपछि परामर्श समितिको बैठक बस्नेछ । कांग्रेस संसदीय दलको बैठक चलिरहेको छ ।...
एमाले बाँकेको अध्यक्षमा गुरुङ निर्वाचित

एमाले बाँकेको अध्यक्षमा गुरुङ निर्वाचित

राजनीति, समाचार
बाँके । नेकपा (एमाले) बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मत गणनाअनुसार उनी नवौं जिल्ला अधिवेशनबाट डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । गुरुङले २९१ मत प्राप्त गरेर विजयी हुँदा बिसीले १५४ मत पाएका थिए । पूर्वपत्रकार समेत रहेका बिसीलाई एमाले महासचिव शंकर पोखरेलको साथ थियो । निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री समेत रहेका खत्रीले ३१३ मत पाएका छन् । उनका प्रतिस्पर्धी रवीन्द्र लम्सालले १३८ मत पाए ।...
भारतीय लोकसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान हुँदै

भारतीय लोकसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान हुँदै

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौँ । भारतीय लोकसभा चुनावअन्तर्गत आज बिहान ७ बजेदेखि ६ राज्य तथा २ केन्द्रशासित प्रदेशका ४९ सिटमा मतदान सुरु भएको छ । पाँचौँ चरणअन्तर्गत बिहार, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू–कश्मीर र लद्दाखमा मतदान चलिरको छ । आजको मतदानमा कांग्रेस नेता राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, जम्मू–कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाहलगायत ६९५ उम्मेदवार चुनावी मैदानमा छन् । राहुल गान्धीको उम्मेदवार बनेको उत्तर प्रदेशको रायबरेली क्षेत्रमा समेत मतदान भइरहेको छ । त्यस्तै केन्द्रीय मन्त्री इरानीको क्षेत्र अमेठीमा पनि आजै चुनाव भइरहेको छ । भारतमा छैटौँ चरणको मतदान २५ मेमा र १ जुनमा सातौँ चरणको मतदान हुनेछ । चुनावको परिणाम भने ४ जुनमा आउनेछ ।...
उपेन्द्र यादवले सर्वोच्च अदालतमा दिएको रिट उपर आज सुनुवाइ हुँदै

उपेन्द्र यादवले सर्वोच्च अदालतमा दिएको रिट उपर आज सुनुवाइ हुँदै

ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएको रिट माथि आज सर्वाेच्च अदालतमा सुनुुवाई हुने भएको छ । यादवले आइतबार अशोक राई नेतृत्वमा गठित जनता समाजवादी पार्टीका ७ जना सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै दायर गरेको रिट दायर गरेका थिए । सो रिट उपर सुनुवाइ गर्न सोमबारका लागि पेशी तोकिएको थियो। आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ। जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सर्वोच्चमा रिट दिएका हुन्। यादव नेतृत्वको जसपा नेपाल गत वैशाख ३१ गते संघीय सरकारबाट हटेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।...
निष्कर्षविहीन बन्यो कार्यदल बैठक

निष्कर्षविहीन बन्यो कार्यदल बैठक

राजनीति, समाचार
काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । सिंहदरबारमा आइतबार दिनभर बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछानेको विषय कसरी समेट्ने भन्नेबारे सहमति जुट्न नसकेपछि निष्कर्षविहीन बनेको हो । नेताहरुले आइतबार साँझ फेरि बैठक बसेर सहमतिका लागि प्रयास हुने बताएका छन् । गृहमन्त्री रवि लामिछानेमाथि राज्यको निकायले छानबिन गर्न सक्दैन भनेर नै आफूहरुले संसदीय छानबिन समितिको माग गरेको एक नेताले बताए । त्यही कुरामा सहमति नभएको उनको भनाइ बताए । यद्यपि विश्वासको वातावरण बनिरहेकाले साँझ बस्ने बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे । यस्तै रास्वपाका नेताा समेत रहेका कार्यदलका अर्का सदस्य शिशिर खनालले समग्र सहकारीको विषय भन्दा पनि कांग्रेसले गृहमन्त्रीलाई फोकस गरिरहेको बताए । गृहमन्त्री अहिले नै दोषी छ भन्ने भाषाको ड्राफ्...
जसपा अध्यक्ष यादवद्वारा सर्वाेच्चमा रिट

जसपा अध्यक्ष यादवद्वारा सर्वाेच्चमा रिट

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका छन्। अध्यक्ष यादवले जसपाबाट विभाजित भई अशोक राई नेतृत्वमा गठित जनता समाजवादीका ७ जना प्रतिनिधि सभा सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै रिट दिएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबारको प्रतिनिधिसभामा विश्वास मतको प्रस्ताव राख्ने तयारी गरेसँगै यादव सर्वाेच्च पुगेका हुन् । यादव नेतृत्वको जसपा नेपाल गत वैशाख ३१ गते संघीय सरकारबाट हटेर विश्वास मतसमेत फिर्ता लिएको थियो। जसपा नेपालले विश्वास मत फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वास मत लिन लागेका हुन्।...
राष्ट्रियसभाको बैठक सोमबारका लागि स्थगित

राष्ट्रियसभाको बैठक सोमबारका लागि स्थगित

ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । विशेष कारण देखाउँदै आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तोकिएको बैठक आजै ३ बजेर १५ मिनेटको लागि निर्धारण गरिएको थियो । तर बैठक भने बस्न सकेन । अध्यक्ष नारायण दाहालले फेरि सोमबार दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरेका छन् । सत्ता पक्ष र प्रतिपक्षबिच सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने सहमति भएपनि टीओआरमा नबनिसकेकाले नभएकाले बैठक स्थगित गरिएको बताइएको छ । टीओआरबारे दलहरू निरन्तर छलफलमा छन् ।...