छानबिन बनाउने समिति टुंगोमा नपुग्दा प्रतिनिधिसभा र राष्ट्रियसभा प्रभावित
काठमाडौँ । सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिनामा संसदीय छानबिन समिति बनाउने सहमतिमा पुगेका दलहरू यसको क्षेत्राधिकारलाई लिएर निष्कर्षमा पुग्न नसक्दा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक प्रभावित बनेको छ।
संसदीय समितिको क्षेत्राधिकार टुंगो लगाउने जिम्मा पाएको कार्यदल बैठक आइतबार बिहानदेखि दिउँसो २ बजेसम्म सिंहदरबारमा बसेको थियो।
कार्यदलका संयोजक कानुन मन्त्री पदम गिरीले छानबिन समितिको क्षेत्राधिकारमै दलहरूबीच कुरा मिल्न बाँकी रहेको बताए।...








