राजनीति

दासढुंगा घटनाको गम्भीर छानवीन हुनुपर्छः माधव नेपाल

दासढुंगा घटनाको गम्भीर छानवीन हुनुपर्छः माधव नेपाल

राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाको गम्भीर खोजी हुनुपर्ने बताएका छन् । मदन–आश्रितको ३१औं स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा उनले सत्यतथ्य अझै बाहिर आउन नसकेको बताए । “सत्यतथ्य के हो अझै छानबिन गर्न बाँकी छ । पार्टीले तुरुन्त पहलकदमी लियो । पद्म रत्न तुलाधरको नेतृत्वमा छानबिन कमिटी पनि बन्यो,” उनले भने, “त्यो छानबिन कमिटीको मात्रै रिर्पोट ल्याएर पुगेन भनेर पार्टीले स्वयं केपी ओलीको नेतृत्वमा छानबिन कमिटी बनायो । त्यो छानबिन कमिटीबाट कुनै खास कुराहरू आउन सकेन । त्यो दुर्घटनाका सन्दर्भमा गम्भीर हामीले खोजी गर्न आवश्यक छ ।” अध्यक्ष नेपालले दुर्घटनाको साक्षी अमर लामाको हत्या पनि रहस्यमय रहेको बताए । “दुर्घटनाको अन्तिम साक्षी अमरलालाई यो बीचमा मारियो । कीर्तिपुरमा गइरहेको बेला गोली हानेर मारियो । यो पनि रहस्...
प्रतिनिधिसभाको बैठक चार बजेदेखि

प्रतिनिधिसभाको बैठक चार बजेदेखि

ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज चार बजेलाई सरेको छ । बिहान ११ बजेका लागि भनिएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँङ्ग्रेसको सहमतिबिना नचल्ने भएपछि केही समयका लागि सारिएको हो । सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सभामुख र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन संवाद भएको थियो । सो संवादमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक पर सार्न आग्रह गरेका थिए । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने बताउँदै आएको छ ।...
आज मदन–आश्रित दिवस

आज मदन–आश्रित दिवस

राजनीति, समाचार
काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी मदन–आश्रित दिवस मनाइँदैछ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औं स्मृति दिवस जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको स्मरण गर्दै दिवस मनाइँदैछ । यस अवसरमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी )ले विभिन्न् कार्यक्रम आयोजना गर्दैछन् । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उनीहरुको निधन भएको थियो । भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले हालसम्म पनि पालना गर्दै आएको छ।...
एमाले रुपन्देहीले सार्यो अधिवेशन

एमाले रुपन्देहीले सार्यो अधिवेशन

राजनीति, समाचार
रुपन्देही । नेकपा एमाले रुपन्देहीले यही जेठ १६ र १७ गते हुने भनिएको अधिवेशन सारेको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनका लागि नभ्याउने भएपछि जेठ २३ र २४ गतेका लागि अधिवेशन सारेको हो । जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले अधिवेशनको मिति सरेकाले प्रतिनिधि छनोटको समय पनि सर्ने बताए । एमाले रुपन्देहीको नेतृत्वका लागि अहिलेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिवद्वय चित्रबहादुर कार्की र हितराज पन्थीले दाबेदारी पेश गरेका छन् । सचिवमा बाबुराम पन्थी र युवराज घिमिरेले तयारी गरेका छन् भने उपसचिवका लागि धेरै जनाले आकांक्षा राखेका छन् । रुपन्देही एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा,पुर्व मुख्यमन्त्री लिला गिरीसहितका शीर्ष नेताहरुको गृहजिल्ला पनि हो । जसका कारण रुपन्देहीको जिल्ला अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।...

यस्ता छन् सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरु

अर्थतन्त्र, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । सरकारले मंगलबार आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । जेठ १५ बजेट प्रस्तुत गर्नुअघि संघीय संसदको दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने चलन रहँदै आएको छ। यस्ता छन् सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरुः १. सहकारी व्यवस्थापनका लागि चार वटा संस्था स्थापना गरिने सहकारी संस्थाहरूमा देखिएको समस्या समाधानका लागि सरकारले विभिन्न संस्था स्थापना गर्ने भएको छ। सहकारी संस्थाको सघन नियमन र सुपरिवेक्षणका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने, सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र, सहकारी कर्जा असुली न्यायाधीकरण स्थापनामार्फत् बचत तथा लगानीको सुरक्षा गरिने भएको हो। त्यस्तै, अब स...
जापानका मेयर बुढानीलकण्ठमा,दुई नगरपालिकाका कार्ययोजना र अनुभव आदानप्रदान

जापानका मेयर बुढानीलकण्ठमा,दुई नगरपालिकाका कार्ययोजना र अनुभव आदानप्रदान

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, राजनीति, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।जापानको ओईजुमी नगरपालिकाका नगर प्रमुख मुरायामा र बूढानीलकण्ठ नगरपालिका(बूनपा)का प्रमुख मिठाराम अधिकारीबीच भेटवार्ता भएको छ । जेठ १ गते (हिजो) मंगलबार जपानका नगर प्रमुख (मेयर) तोसिआकीसहित उनका स्वकिय सचिव ताकोई सिहायुकी,त्यहाँको बहुसाँस्कृतिक विभागका प्रबन्धक फुकुदा मासामी सान र सोही विभागका सान खुनिको हासेगावा,नेपाल साझा समाजका अध्यक्ष वुद्धि सेरचन,सल्लाहकार रन्जय अमात्य,महासचिव निरज गुरुङ र पूर्व महासचिव गोपाल पोखरेल गरि थप ४ जना इन्टरप्रेनर सहितको टोलीलाई स्वागत गरिएको हो। सो टोलीलाईलाई बुढानीलकण्ठ नगरका नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामासहित मेयरका स्वकीय सचिव रविन्द्र अधिकारी,प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याललगायतले स्वागत गरेका थिए ।स्वागतपश्चात नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि दुई नगरपालिकाबीचका कार्य...
व्यासमा स्थानीय तह निर्वाचनको पुनः मतगणना गराउन अदालतको आदेश

व्यासमा स्थानीय तह निर्वाचनको पुनः मतगणना गराउन अदालतको आदेश

ताजा अपडेट, राजनीति
पोखरा । तनहुँको व्यास नगरपालिकामा स्थानीय तह निर्वाचनको पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । निर्वाचन सकिएको दुई वर्षपछि पुनः मतगणना गराउन अदालतले आदेश दिएको हो । मंगलबार निर्वाचनमा पराजित भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको पक्षमा अदालतले आदेश दिएको थियो । नेकपा एमालेको समर्थनमा उम्मेदवार भएका जोशी २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए । उनी कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुुन् । उनलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए । निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्दा हालेका थिए ।...
‘१० महिनामा ६० प्रतिशत बजेट खर्च’

‘१० महिनामा ६० प्रतिशत बजेट खर्च’

अर्थतन्त्र, राजनीति
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत मात्र देखिएको छ । वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म सात खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख रुपैयाँ बराबर खर्च भएको छ ।...
सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम पारित

सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम पारित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ । बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले बताइन् । राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजनाको मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।...

नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै

अर्थतन्त्र, राजनीति, समाचार
काठमाडौँ । आज सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीइ संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुुहुनेछ । वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारले अभ्यास गर्दै आएको छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न आह्वान गरिएको छ।...