राजनीति

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दै

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
मकवानपुर ।बागमती प्रदेशसभाको बैठक आज बस्दै छ ।बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेका छन्। प्रदेशसभाको आजको बैठकमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन,२०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको बताइएको छ । प्रदेशसभाको बैठक अघि बसेको प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गरेको थियो ।यही प्रदेशसभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति, कार्यक्रम तथा बजेट पारित गर्न तायरी छ ।...
संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाइने छ : प्रधानमन्त्री प्रचण्ड

संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाइने छ : प्रधानमन्त्री प्रचण्ड

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोही व्यक्तिलाई नतोकि समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाउन कांग्रेससंग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गरेका छन्। आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले मंगलबारसम्म संसदको गतिरोध हटाउने विषयमा सहमति हुने दाबी गर्दै जीबी राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरा कुतर्क रहेको टिप्पणी गरे। कानूनी जटिलता हटाएर राईलाई स्वदेश ल्याउन सरकारले पहल गरिरहेको भन्दै समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताए । उनले यसअघि कांग्रेसलाई राष्ट्रपति दिएर अन्य प्रमुख पद सबै दलहरुलाई दिन खोज्दा कुरा बिग्रिएको भन्दै कांग्रेसले आफुलाई र आफुले कांग्रेसलाई नकारात्मक रुपमा लिनुपर्ने कुनै कारण नभएको जिकिर गरे।...
जसपा नेपाल सरकारबाट बाहिरिने

जसपा नेपाल सरकारबाट बाहिरिने

ताजा अपडेट, राजनीति, समाचार
 काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) नेपालले आजै सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने तयारी गरेको छ । जसपा नेपालको केन्द्रीय समितिको बैठक आज ललितपुरको ज्यापु प्रज्ञा भवन च्यासलमा बिहान ११ बजे बस्ने र सरकारबाट बाहिरिने तथा समर्थन पनि फिर्ता लिने निर्णय गर्ने अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिएका छन्। जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको आइतबार बसेको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको थियो।आज बस्ने केन्द्रीय समिति बैठकले औपचारिकरुपमा सार्वजनिक गरिने निर्णय लिने स्वकीय सचिव चौरसियाले जानकारी दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन निर्देशन दिएका थिए।सो निर्देशनपछि मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटक...
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति तथा संसदीय दलको बैठक बस्दै छ। प्रमुख सचेतक रमेश लेखकका अनुसार आज सोमबार दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्दै छ ।यसैगरि आजै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने उनले बताएका छन्। बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने प्रमुख सचेतक लेखकले जानकारी दिएका छन् ।...
राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा

राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् । नेपालले दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो । डा.नेपालले सञ्चार माध्यममा प्रतिक्रिया दिँदै भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको अभिव्यक्ति दिएका थिए । एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि डा. चिरञ्जीवी नेपालको अभिव्यक्तिको विरोध जनाउँदै यो विषयलाई गम्भीर रुपमा संसदमा उठाउ पार्टी निकटका सांसदहरुलाई निर्देशन समेत द...
कांग्रेसलाई ओलीको प्रश्न : आफ्नो पछि लागेर प्रधानमन्त्री हुन्न भन्नासाथ भ्रष्टाचारी हुन्छ ?

कांग्रेसलाई ओलीको प्रश्न : आफ्नो पछि लागेर प्रधानमन्त्री हुन्न भन्नासाथ भ्रष्टाचारी हुन्छ ?

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको प्रधानमन्त्री अफर अस्वीकार गरेपछि उपप्रधान तथा गृहमन्त्रीविरुद्ध कांग्रेसहरु खनिएको आरोप लगाएका छन् । काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले विभिन्न शक्तिहरु मिलेर समीकरण भत्काउने प्रपञ्च रचिरहेको बताए। उनले भने, ‘हामीले सत्ता समीकरणमा रुचि राखेका थिएनौं,पहिला पनि भनेको थिएँ,तर गठबन्धन चार वर्ष चल्न दिएको भए देश बर्बादीमा जाने भयो ।गठबन्धनले अनेक प्रकारका देशलाई घात गर्दै आयो।देश अप्ठेरोमा जाने भएपछि समीकरण फेरिएको छ । यो समीकरण बन्न नदिन र बन्ने बित्तिकैदेखि हटाउन अनेक प्रकारका कोसिस भए ।अच्चमको कुरा नेपाली कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बन्दिनुस् भन्न जान्छ, डेढ वर्षको लागि कागज लिएर सम्झौता गरौं भन्न जान्छ ।कांग्रेसको पछि लागेको भए त्यो मान्छे प्रधानमन्त्री बन्न ...
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक पुनः बस्दै

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक पुनः बस्दै

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी आज आइतबार पनि बस्ने भएको छ। पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुने बैठकपश्चात आजै साँझ पोलिटब्यूरो बैठक समेत बस्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन्। शनिबार शुरु भएको बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आइतबार पनि स्थायी कमिटी बैठक बस्न लागेको उनको भनाई छ ।पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने कार्यसूची रहेको बताइएको छ । शुक्रबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विषयमा धारणा राखेका थिए।भने, महासचिव घनश्याम भुसालले महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए।  ...
ओलीको प्रश्न –राष्ट्रपति निवासमा कस्ता मान्छे गुँड लगाएर बसेका छन् ?

ओलीको प्रश्न –राष्ट्रपति निवासमा कस्ता मान्छे गुँड लगाएर बसेका छन् ?

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सय रुपैंयाँको नोटमा सरकारले नयाँ नक्शा राख्ने निर्णयका विरुद्धमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्। शुक्रबार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवी नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्शा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो ? भन्दै प्रति प्रश्न गरेका छन् । यस विषयमा राष्ट्रपति पोडेल स्वयं र प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग राख्दैउनले संसदको बैठकमा सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।नेपालले राष्ट्रिय हित विपरित बोलेको भन्दै उनले राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरित बोल्ने व्यक्तिहरु किन राखेको भन्दै प्र...
नेपाली कांग्रेसको अवरोधपश्चात प्रतिनिधि सभाको बैठक स्थगन

नेपाली कांग्रेसको अवरोधपश्चात प्रतिनिधि सभाको बैठक स्थगन

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसको अवरोध पश्चात प्रतिनिधि सभाको बैठक स्थगन भएको छ ।सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम सकिएको थियो । त्यसपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएका थिए । तत्पश्चात अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गरेका थिए।सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेपछि कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरे । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग गरेको छ। दोस्रो बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि अध्यक्ष दाहालले सो दलका सांसद कृष्णबहादुर रोकायलाई बोल्न समय दिए।सांसद रोकायले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्...
कांग्रेससँग एमालेको सत्ता सहकार्य हुन सक्दैन :उपाध्यक्ष पौडेल

कांग्रेससँग एमालेको सत्ता सहकार्य हुन सक्दैन :उपाध्यक्ष पौडेल

ताजा अपडेट, राजनीति, समाचार
रामेछाप।नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी एकल बहुमतसहित सरकार बनाउने स्थानमा पुगेमात्रै संविधानको रक्षा र यसले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने बताएका छन्। एमाले कमजोर भयो भने देश पनि कमजोर हुने जिकिर गर्दै उपाध्यक्ष पौडेलले भने,‘संविधानको रक्षा, कार्यान्वयन र समाजवादको बाटोमा अघि बढ्ने प्रश्न नेकपा एमालेसँग जोडिएको छ।नेकपा एमालेको भविष्य सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको छ’। नेकपा एमाले रामेछापको नवौं जिल्ला अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनलेदुनियाँका संविधानसँग नेपालको संविधान तुलना गर्दा उत्कृष्ट भएको र समाजलाई यसले निर्दिष्ट गरेको दिशातर्फ लैजानुपर्नेमा जोड दिए । उनले नेकपा एमालेलाई भित्तोमा पुर्‍याउने र माटोमा मिलाउने उद्घोषका साथ आक्रमण गरिएको भए पनि एमालेले त्यसलाई पराजित गरेर अगाडि बढिरहेको जिकिर गरे।‘अहिलेको सत्ता समीकरणको न्यूनतम साझा सह...