राजनीति

शपथलगत्तै इलाम विकासको कार्य योजना लिएर अर्थमन्त्री भेट्न पुगे सुहाङ

शपथलगत्तै इलाम विकासको कार्य योजना लिएर अर्थमन्त्री भेट्न पुगे सुहाङ

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं ।इलाम–२ का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन् । प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै उनी इलाम विकासको कार्य योजनाको सूचि लिएर अर्थमन्त्री भेट्न अर्थमन्त्रालय पुगेका हुन्। उनले विभिन्न मन्त्रालयमा मन्त्री,सचिवलाई भेटेर आफ्ना क्षेत्रका समस्याबारे जानकारी गराउँदै सहयोगका लागि आवश्यक बजेट पहल गरिदिन आग्रहसमेत गरेका छ।पूर्वाधार,कृषि,खानेपानी,पर्यटन,सामाजिक विकासलाई प्राथमिकता राखेका उनले अर्थमन्त्रीसमक्ष विभिन्न योजना पेश गरेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अर्थमन्त्री पुनले सांसद नेम्वाङका माग सम्बोधनका लागि आफू सकारात्मक रहेको बताएका छन्। इलामको विकासका लागि नवनिर्वाचित सांसद सुहाङले अल्पकालीन र दीर्घकालीन रणनीतिका साथ अघि बढ्ने योजना बनाएका छन्।  ...
पार्टी विभाजनले जसपामा हल्लीखल्ली,पत्रकार सम्मेलन गर्दै

पार्टी विभाजनले जसपामा हल्लीखल्ली,पत्रकार सम्मेलन गर्दै

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । पार्टी विभाजनका कारण जसपाभित्र हल्लीखल्ली मच्चिएको छ ।अशोक राईसहित सात जना सांसद अलग भई  नयाँ दल–जनता समाजवादी पार्टी (जसपा) गठन गरेपछि जसपा भित्र हल्लीखल्ली मच्चिएको हो । राईको नेतृत्वमा सोमबार निर्वाचन आयोगमा सो दल दर्ता भएको छ।यता संस्थापन पक्ष यसकोविरुद्ध अदालत जाने तयारीमा रहेको  प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।उनका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बैठकलगत्तै पत्रकार सम्मेलन गर्ने तयारी छ । प्रवक्ता सुमनका अनुसार पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णयबारे जानकारी गराउन र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न अहिले बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलनको आयोजना गरेको हो। संसदको बर्खे अधिवेशन आह्वान भइसकेको,दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत ...
नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

ताजा अपडेट, राजनीति, समाचार
पोखरा ।गण्डकी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमालेबाट मन्त्री नियुक्त भएका सीता सुन्दास र वेदबहादुर गुरुङले सोमबार दिउँसो प्रमुख डिल्लीराज भट्टबाट सो शपथ लिएका हुन् । सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र गुरुङले ऊर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  ...
रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक मंगलबार बस्दै छ। बैठक पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बस्ने कार्यतालिका छ । यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा बैठक केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका आगामी रणनीति लगायतका अन्य थुप्रै विषयमा छलफल हुने उनको भनाई छ । बैठकले पार्टी सभापति रवि लामिछाने सहकारी अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै कांग्रेसले छानबिन गर्न संसदीय समितिको माग राखेर अघिल्लो अधिवेशनमा सदनमा अवरोध गर्दै आएको र समिति नबने बजेट यो अधिवेशन पनि चल्न नदिने बताएको  विषयमा पनि छलफल हुने सहमहामन्त्री बुर्लाकोटीले बताएका छन् ।  ...
बागमती प्रदेशमा आजदेखि नेपाल भाषा र तामाङ भाषा पनि सरकारी कामकाजको भाषा हुने

बागमती प्रदेशमा आजदेखि नेपाल भाषा र तामाङ भाषा पनि सरकारी कामकाजको भाषा हुने

ताजा अपडेट, पर्यटन, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशमा आज सोमबारदेखि नेपाल (नेवारी) र तामाङ भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गरिएको छ।बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० लागू भएको हो। गत बुधबार (२०८१ वैशाख १२ गते) बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा,तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो।२०८० कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको १८० दिनपछि सोमबार भाषा दिवस घोषणा गर्दै बागमती प्रदेश सरकारले कार्यान्वयनको औपचारिक आरम्भ गरेको हो । आज बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्नुभएको छ ।  कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो  असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग...
डढेलो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन्

डढेलो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन्

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौंं। उप–प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आइतबार भएको ‘डढेलो र आगलागी सम्बन्धी आपत्कालीन बैठक’ मा गृहमन्त्री लामिछानेले आगलागीका ९० प्रतिशत घटना मानवीय लापरवाहीका कारणले हुने उल्लेख गर्दै आगो लगाउनेलाई कानुन अनुसार कारबाही गर्न निर्देशन दिएका हुन्। उनले गृह मातहतका निकाय र सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भने,‘केही मान्छेका कारण आगलागीले वन र बस्ती सखाप भइरहेको छ।आगलागीले विपद्कै रुप लिइसक्यो तर आगो लगाउनेको अक्सर पहिचान हुँदैन।पहिचान भएका पनि कानुन मातहत आएका छैनन् होला।वनमा आगो लगाउनु अपराध हो।अपराध गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्छ।त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नूहोला।’ आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने गृहमन्त्रीको भनाई छ।उनले आगो लगाउने...
दुई वर्षमा दुईपटक फुट्यो जसपा,पार्टी फुटाउने अवस्था किन आयो ?प्रभावशाली नेता कता बढी !

दुई वर्षमा दुईपटक फुट्यो जसपा,पार्टी फुटाउने अवस्था किन आयो ?प्रभावशाली नेता कता बढी !

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।२०७९ असार ३१ मा डा. बाबुराम भट्टराईले महीन्द्र राय यादव,रमेश यादव लगायत केही नेताकोा साथ लिएर जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन गरे।त्यसको दुई वर्ष नपुग्दै जसपा फेरि विभाजित भएको छ। संघीय परिषद् अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी गठन गर्दै निर्वाचन आयोगमा आइतबार दल दर्ताको निवेदन दिएका छन्।दुवैपटक जसपा विभाजनको नेतृत्व संघीय परिषद् अध्यक्षले गरेका छन् ।भट्टराई पनि उबेला संघीय परिषद् अध्यक्ष थिए। अहिले राइले प्रतिनिधि सभाका ७ सांसद र केन्द्रीय समितिका ३० नेताको साथ लिएर नयाँ दल खोलेका छन्। आइतबार राईलाई अध्यक्ष बनाउँदै निर्वाचन आयोगमा निवेदन पेस गरिसकेका छन् ।भने नयाँ पदाधिकारी पनि चयन गरेका छन्।जसमा रेणुकुमारी यादव,नवलकिशोर साह,रणध्वज लिम्बु,परशुराम रम्तेल र सुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष छन्। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ।सांसद ...
समाजमा आशा जगाउन सबै राजनीतिक दल एक हुनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

समाजमा आशा जगाउन सबै राजनीतिक दल एक हुनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल कहिल्यै पराधीन नभए पनि सुगौली सन्धिपछि धेरै भूभाग गुमाउनु परेको बताए ।गुमेका ती भूभागलाई फिर्ता ल्याउने गरी काम गर्न नेपालका राजनीतिक दलहरू सबै मिल्नुपर्ने उनको भनाई छ। जनतामा निराशा पैदा भएको भन्दै उनले आशा जगाउनका लागि एकजुटको मनस्थिति बनाएर जनतालाई खासगरि युवाहरुरलाई नयाँ सपनाको खोजी तर्फ उन्मुख गराउनु पर्ने बताए ।...
पाठेघरको र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराइएको छ : प्रधानमन्त्री

पाठेघरको र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराइएको छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलामा हुने पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको स्मरण गराउनुभएको छ । आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको तथा नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको जिकिर गरे। प्रधानमन्त्री प्रचण्डले गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० श्यया निःशुल्क उपलब्ध गराइएको र  पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए। “सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,” प्रधानमन्त्री प्रचण्डले...
बालबालिकालाई न्याय दिन छुट्टै बाल अदालत आवश्यक छ : मन्त्री चौधरी

बालबालिकालाई न्याय दिन छुट्टै बाल अदालत आवश्यक छ : मन्त्री चौधरी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं।महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबालिकाको न्यायको लागि छुट्टै बाल अदालत आवश्यक्ता रहेको बताएकी छिन्। शनिबार केन्द्रीय बाल न्याय समितिले आयोजना गरेको बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा मन्त्री चौधरीले बालबालिकाहरुको न्याय निरूपण गर्नका निम्ति पनि छुट्टै बाल अदालत आवश्यक भएको बताएकी हुन्। मन्त्री चौधरीलेले बालबालिका सम्बन्धी थुप्रै ऐन, कानूनहरूको व्यवस्था भए पनि पुर्ण कार्यान्वयन हुन नसकेको बताइन्।उनलेबालबालिकासम्बन्धी भएका अन्तर्राष्ट्रिय सन्धि, सम्झौताहरू पालना गराउन सरकार प्रतिबद्ध रहेको जिकिर गरिन्। प्रत्येक जिल्लामा बाल न्यायिक समिति भएपनि त्यसको प्रभावकारिताको अनुगमन तथा मुल्यांकन हुन नसकेको स्वीकारगर्दै उनले न्यायिक समितिको प्रभावकारीता जाँच गरिनु पर्ने आवश्यक्ता औंल्याइन। हाल बालबालिका सम्बन्धी १३ वटा कानूनहरू छन्। तर ती ऐन,कानुनहरु ...