राजनीति

पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउने कुरामा पहल गर्छु : मन्त्री गिरी

पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउने कुरामा पहल गर्छु : मन्त्री गिरी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । कानुन,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउने कुरामा आफुले पहलकदमी लिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गिरीले मिडिया काउन्सिलल गायतका मिडियासँग सम्बन्धित मिडियामैत्री कानुनहरू निर्माणमा सहयोग गर्ने आश्वासन दिए ।उनले श्रमजीवी पत्रकार ऐन २०५१ लाई पुुर्ण रुपमा कार्यान्वयनमा ल्याउन सक्दो पहल गर्ने बताएका छन् । मन्त्री गिरीले भने, ‘श्रमजीवी पत्रकार ऐन बन्यो ।कार्यान्वयन भएको छैन । सही हो । यसमा के कमी छन्, यसलाई कार्यान्वयन गर्नका लागि के गर्नुपर्ने हो,यस विषयमा पनि मैले आफ्नो ठाउँबाट पहलकदमी लिनेछु ।’  ‘अब मिडिया काउन्सिल विधेयकको कुरा छन्।यसको अलावा मिडियासँग सम्बन्धित ५÷६ वटा विधेयकहरू छन्।ती विधेयकहरूको अवस्था हेरेर त्यसलाई छिटो समितिहरूमा लैजाने,समितिहरूबाट छिटो टुङ्ग्याउने,अगाडि बढाउने कुराको सन्दर्भम...
संघीय संसदको तेस्रो अधिवेशन आजदेखि शुरु हुँदै

संघीय संसदको तेस्रो अधिवेशन आजदेखि शुरु हुँदै

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको तेस्रो अधिवेशन आज शनिबारदेखि शुरु हुँदैछ।बैठक अपरान्ह् चार बजेका लागि बोलाइएको छ। सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारेको पत्र र राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने,बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची भएको जनाइएको छ। त्यस्तै विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक टेबल गर्ने तथा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्ने,बाधा अड्काउ फुकाऊ आदेश पेस,कानुन निर्माण लगायतका विषयलाई प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर बनाएर जाने भनिएको छ। विधेयक अधिवेशनका रुपमा रहने हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन्।अध्यादेशलाई सदनले स्वीकृत गरेपछि प्री बजेटसम्बन्धी विषयलाई सदनमा अघ...
बागमतीमा समिति सभापति चयन गरिदै,४ जेठमा निर्वाचन हुने

बागमतीमा समिति सभापति चयन गरिदै,४ जेठमा निर्वाचन हुने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेश सभाका पाँच वटा विषयगत संसदीय समिति सभापति चयन तयारी थालिएको छ ।यसका लागि आगामी जेठ ४ गते निर्वाचन गर्ने दलहरूबीच सहमति भएको छ। प्रदेश सभाका सभामुखद्धारा प्रस्तावित प्रस्ताव उपर छलफल गरेर उक्त सर्वदलीय बैठकमा सभापति चयनका लागि निर्वाचन गर्ने सहमति जुटेको हो ।प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति संलग्न छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार सर्वसम्मत रूपमा सभापतिको टुंगो लगाउने प्रयास गरिने र यसका लागि प्रदेश सभाका पाँच ठूला दललाई एक–एक वटा समिति सभापति बनाइने छ। जसअनुसार नेपाली कांग्रेस, नेकपा एमाले,माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राप्रपाले सभापति पाउने छन्।१८ पुस २०७९ मा प्रदेश सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि १२ असार २०८० मा आएर...
प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको अंकुस लगाउन वा नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री

प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको अंकुस लगाउन वा नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमबाट अंकुस लगाउन र नियन्त्रण हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा अंकुश हुन दिइने छैन।’साथै उहाँले मिडिया सम्बन्धी विधेयकमा पत्रकारहरुले असन्तुष्टिका साथ प्रश्न उठाएपछि आफूँले ति विधेयकहरुलाई रोकेको र पत्रकारहरुले उठाएका मुद्धालाई सम्बोधन गरेर मात्रै संसोधनसहितको नयाँ विधेयक ल्याउनु पर्छ भन्ने कुरामा स्पष्ट रहेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पत्रकारितालाई अंकुश लगाउने खालका त्यस्ता विवादित मिडिया विधेयकलाई रोकेर सहमति र समझदारीबाट मात्रै कार्यान्वयनमा लैजानु पर्ने आवश्यक्ता औंल्याउनुभयो ।य...
पहुँचको भरमा माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

पहुँचको भरमा माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
रुपन्देही ।उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने बताएका छन् । बिहीबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा गृहमन्त्री लामिछाने दलका नेतालाई भनेर,प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना नदेख्न सुझाए।तर राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने उनको भनाई छ। ९ बिगाहा क्षेत्रफलमा निर्मित यस कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदिबन्दी रहन सक्ने गरी ४ वटा ब्लकमा निर्माण गरिएको छ।...
भाजपाको जारी लोकसभा निर्वाचन अवलोकन गर्न नेपालको पाँच दललाई निम्तो

भाजपाको जारी लोकसभा निर्वाचन अवलोकन गर्न नेपालको पाँच दललाई निम्तो

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।भारतीय जनता पार्टी (भाजपा)ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालका पाँच राजनीतिक दललाई निम्तो दिएको छ।भाजपाले नेपालसहितका विभिन्न १० देशका अन्य १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई पनि निम्तो पठाएको छ। भाजपाका विदेश विभाग इन्चार्ज डा.विजय चौथाइवाद्धारा बुधबार जारी विज्ञप्तिमा नेपालका प्रमुख दल नेपाली काँग्रेस,सत्तारुढ दल नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई आमन्त्रण गरेको पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ। भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात् भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरूलाई दिल्लीमा स्वागत बोलाइएको हो।त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग नेपालसहित विभिन्न देशका प्रतिनिधिहरूले भेटवार्ता गर्ने विज्ञप्तीमा उल्लेख छ। साथै, भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी वैष्णवसँग ...
रोजगारीका लागि साना व्यवसायमा जोड दिनुपर्छ : श्रम मन्त्री अर्याल

रोजगारीका लागि साना व्यवसायमा जोड दिनुपर्छ : श्रम मन्त्री अर्याल

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोजगारीका लागि साना व्यवसायमा जोड दिनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले आन्तरिक रोजगारी सिर्जना गर्न र दिगो विकासका लागि साना व्यवसायमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । ‘आन्तरिक रोजगारी सिर्जना गर्न र दिगो विकासका लागि साना व्यवसायमा जोड दिन आवश्यक छ,’ उनले भने, ‘यसले आत्मनिर्भर र उद्यमशील नेपाली बनाउन ठूलो सहयोग गर्छ ।’ सरकार सीपमूलक व्यवसाय र तालिमको प्रबन्ध गर्न लागेको भन्दै मन्त्री अर्यालले सुरक्षित वैदेशिक रोजगारीका लागि पनि काम गरिरहेको समेत जानकारी दिए ।...
काठमाडौंमा श्रमिकहरूको र्‍याली

काठमाडौंमा श्रमिकहरूको र्‍याली

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं।१३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राजधानीमा आज विभिन्न ट्रेड युनियन महासंघले र्‍याली निकालेका छन्। मजदुर तथा श्रमिक वर्गको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्‍याली निकालेका हुन्।र्‍यालीमा उनीहरूले मजदुर एकता जिन्दावाद्,१३५औँ मई दिवस सफल पारौँ जस्ता नारा लगाएका छन्। आठ घण्टा काम,‘आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सन् १८८६ मा अमेरिकाको सिकागोमा शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो। नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस (मे दिवस) मनाउन थालिएको हो।...
एमालेको विजय सभाबाट फर्केको जीप दुर्घटना,१९ जना घाइते

एमालेको विजय सभाबाट फर्केको जीप दुर्घटना,१९ जना घाइते

ताजा अपडेट, राजनीति, समाचार
इलाम।इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप भ्यान दुर्घटनामा परेको छ। को २ च ४४७ नम्बरको उक्त पिकअप गाडी इलाम नगरपालिका ५,बिब्ल्याँँटे बजार नजिक दुर्घटनामा परेको हो।दुर्घटनामा परी १९ जना घाइते भएका छन्।जसमध्ये तीन जनालाई उपचारको लागि झापा अस्पताल पठाइएको बताइएको छ। अन्य घाइतेहरुको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।    ...

विप्लवको पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। पार्टीको पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्दै महासचिव चन्दले विश्व शान्तिका लागि समाजवाद भन्ने नाराका साथ र्‍याली निकाल्न लागिएको बताएका छन्।