राजनीति

विद्यालय कर्मचारी परिषद्आकस्मिक छलफलमा जुट्यो

विद्यालय कर्मचारी परिषद्आकस्मिक छलफलमा जुट्यो

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१८, वैशाख काठमाडौं । सरकारसँग शिक्षक महासंघले गरेको सहमतिपछि विद्यालय शिक्षक कर्मचारीहरू असन्तुष्ट बनेका छन् । बिहीबार सरकारसँग भएको सहमतिबारे सार्वजनिक गर्न रत्नराज्य माध्यमिक विद्यालयमा भएको कार्यक्रममा उनीहरूले विरोध जनाएका छन् । लगत्तै अहिले विद्यालय कर्मचारी परिषद्का सदस्यहरू छलफलमा जुटेका छन् । उनीहरूको अहिले रत्नराज्य माध्यमिक विद्यालयमा छलफल जारी छ । केहीबेर अघि उनीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै विरोध जनाएका थिए । आकस्मिक छलफलमा जुट्यो विद्यालय कर्मचारी परिषद्आफूहरूको आन्दोलन जारी रहेको विद्यालय कर्मचारी परिषद्का पदाधिकारीहरूले बताएका छन् ।  ...
सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने

सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, वैशाख काठमाडौं । शुक्रबार सार्वजनिक हुने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतको तुलनामा छोटो हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । मन्त्रिपरिषद‍्बाट पारित कार्यक्रम विगतको तुलनामा आधा छोटो रहेको एक मन्त्रीले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा वाचन गरेर सार्वजनिक गर्दैछन् । ‘विगतमा संसदमा राष्ट्रपतिले डेढ घण्टा वाचन गर्ने गरिएको थियो तर यस पटकको नीति तथा कार्यक्रम विगतको तुलनामा करिब आधा छोटो हुनेछ’, ती मन्त्रीले रातोपाटीसँग भने, ‘लम्बेतान नीति तथा कार्यक्रम भन्दा सर्वसाधारणले बुझ्ने र सरकारले पूरा गर्नसक्ने विषयलाई मात्र कार्यक्रममा समेटिएको छ ।’...
श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन् । एक सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित शुभकामना तथा ‘श्रम संसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा देखा परेका चुनौती नियन्त्रण गर्नुपर्ने बताए । “श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता विकास वा सहुलियतपूर्ण कर्जा, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगारीका सेवालाई जनताका घरदैलोमा पुर्‍याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पार्न श्रम संसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्य...
शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्ले जनायो असहमति

शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्ले जनायो असहमति

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, वैशाख काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाएको छ । परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले गरेको सम्झौतामा असहमति जनाएको हो । महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औँ दिनपछि हिजो (बुधबार) सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिपछि आन्दोलन फिर्ता लिने निर्णय गरेको थियो । फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको भर्सना गरेको छ ।...
श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने

श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८, वैशाख काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्त्वपूर्ण रहेको बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइप्रति शुभकामना व्यक्त गर्दै उनले एक्समा अधिकांश नेपाली श्रमिक अनौपचारिक क्षेत्रमा रहेका, उनीहरूको न्यूनतम तलब, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थललगायत अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन् । “विदेशमा कार्यरत श्रमिकहरूको योगदान अर्थतन्त्रको मेरुदण्ड भए पनि उहाँहरू शोषण र जोखिममा हुनुहुन्छ । बेरोजगारी र युवा शक्ति विदेश पलायन चिन्ताको विषय बनेको छ भने महिला र घरेलु श्रमिकहरू अझै पनि उपेक्षित छन्”, उनले लेखेकी छन् । श्रमिक अधिकारको संरक्षण, श्रम कानुनको कार्यान्वयनका साथै मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनि...
गणतन्त्र आउनुमा श्रमिकको योगदान छ : प्रचण्ड

गणतन्त्र आउनुमा श्रमिकको योगदान छ : प्रचण्ड

ताजा अपडेट, राजनीति, समाचार
१८, वैशाख काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिकहरूको योगदानले आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीहरूलाई शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गमा ऐक्यबद्धता पनि प्रकट गरेका छन् । ‘सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको कार्यभार हो । आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो’, उनले सन्देशमा भनेका छन् ।...
ट्रेड युनियन अधिकारमा काँग्रेसको भूमिका महत्त्वपूर्ण छ : सभापति देउवा

ट्रेड युनियन अधिकारमा काँग्रेसको भूमिका महत्त्वपूर्ण छ : सभापति देउवा

ताजा अपडेट, राजनीति, समाचार
१८, वैशाख काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले हाल पनि नेपालका श्रमजीवीले अनेक समस्या बेहोरिरहनु परेकाले त्यसलाई समाधान गरिनुपर्नेमा जोड दिएका छन् । “श्रमजीवी वर्गको समस्यालाई समाधान गरेर हकहितको संरक्षण र संवर्द्धन गर्न तथा कार्य वातावरण, सामाजिक सुरक्षा, उचित ज्याला एवं पारिश्रमिक तथा पेसागत मर्यादा र सम्मानका लागि काँग्रेस क्रियाशील छ । यी समस्या समाधानमा सबै लाग्नुपर्छ”, सन्देशमा उल्लेख गरिएको छ । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजद...
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री

श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१८, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताए । श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यङ्ग्य सहनुपरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएका सामाजिक सञ्जालमा उल्लेख गरे । श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन सफल हुने बताए ।...
उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८, वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन् । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । साथै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् । श्रमिक दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन् । नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई...
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, वैशाख काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् । सुशासनको कुरा गर्ने सरकारले १० महिनासम्म पनि सम्पत्ति विवरण किन सार्वजनिक नगरेको रु भनेर उनले प्रश्न गरे । सांसद झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गरेको आरोप समेत लगाए । चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि मिश्र प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले हतकडी लगाएको फोटो सार्वजनिक भएपछि त्यसको औचित्वबारे कतिपयले प्रश्न उठाइरहेका छन् । यसैसन्दर्भमा रास्वपा सांसद झाले पनि मिश्रमाथि राज्यबाट दुर्व्यहार भएको आरोप लगाएका हुन् । ‘मिश्रको राजनीतिक विचारप्रति मेरो सहमति छैन तर उहाँमाथि ...