राजनीति

अध्यादेश प्रतिस्थापन विधेयक ल्याउन सरकारको स्वीकृति

अध्यादेश प्रतिस्थापन विधेयक ल्याउन सरकारको स्वीकृति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, फागुन काठमाडौं । सरकारले संघीय संसद्का दुवै सदनबाट स्वीकृत भएका अध्यादेशलाई प्रतिस्थापन विधेयक संसदमा पेश गर्नका लागि स्वीकृति दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई प्रतिस्थापन विधेयकका रूपमा संसदमा पेश गर्नका लागि स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश, २०८१, निजीकरणसम्बन्धी अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ संघीय संसद्का दुवै सदनबाट स्वीकृत भइसकेका छन् ।...
विद्यार्थीद्वारा त्रिवि रेक्टर कार्यालयमा तोडफोड

विद्यार्थीद्वारा त्रिवि रेक्टर कार्यालयमा तोडफोड

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२३, फागुन काठमाडौं । त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा तोडफोड गरिएको छ । त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले तोडफोड गरेका हुन् । केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड गरेका हुन् । त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै तालाबन्दी गरिएको थियो । तर, रेक्टरले समन्वय नै नगरी ताला तोड्न लगाएपछि तोडफोड गरिएको विद्यार्थीहरूले जनाएका छन् । त्रिविले विभिन्न ४ वटा विभागहरूलाई केन्द्रीय विभाग बनाएको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति र विकास, लैङ्गिक अध्ययन र सामाजिक कार्य विभागलाई केन्द्रीय विभाग बनाएको थियो । सेल्फ सस्टेन्ट कार्यक्रमहरूलाई केन्द्रीय विभाग बनाएपछि शुल्क घटाउनुपर्ने, स्ववियु मतदानको अधिकार प्रदान गर्नुपर्ने लगायतका माग राखेर त्रिवि सङ्घर्ष समितिको नामबाट तालाबन्दी गरि...
फागुन २७ गते प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्ने

फागुन २७ गते प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्ने

ताजा अपडेट, राजनीति, समाचार
२३, फागुन विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेश सरकारको‌ आज बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २७ गते प्रधानमन्त्री ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागिका प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको हो। कडा रोग लागेका बिरामीहरूका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ । ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने भन्दै तरिकाबाट सहयोग गर्ने नीति लिइने छ ।...
‘वास्तविक कृषकलाई अनुदान’

‘वास्तविक कृषकलाई अनुदान’

कृषि, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, फागुन काठमाडों । कृषिमन्त्री रामनाथ अधिकारीले वास्तविक कृषकलाई अनुदान दिने कुरामा अहिलेको सरकार प्रतिबद्ध रहेको बताएका छन् । मध्यविन्दु कृषि प्रविधि तथा रैथाने खाना महोत्सवको बिहीबार उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अधिकारीले सो कुरा बताउनुभएको हो । मन्त्री अधिकारीले भन्नुभयो, “अनुदानबारे विभिन्न टीकाटिप्पणी हुने गरेको छ । त्यसैले अहिले अनुदानको काम रोकेका छौँ । कृषि मन्त्रालयबाट अब किसानको हितमा वास्तविक किसानले पाउने गरेर मात्रै अनुदानको कामलाई अगाडि बढाउने छौँ ।” मन्त्री अधिकारीले नेपालमा अझै पनि ६० प्रतिशत जमिनमा सिँचाइ नभएको भन्दै ती जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषि क्षेत्रबाट नै देशमा समृद्धि ल्याउने र गरिबी घटाउने काममा सरकार लागेको बताउएको छ । संविधानमा नै कृषि क्षेत्रको समग्र विकासको जिम्मा स्थानीय सरकारलाई दिने कुरा उल्लेख रहेको भन्दै मन्त्री अधिकारीले म...
प्रधानमन्त्री ओली आज सुर्खेत जाँदै

प्रधानमन्त्री ओली आज सुर्खेत जाँदै

ताजा अपडेट, राजनीति, समाचार
२३, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज सुर्खेत जान लागेका हुन् । प्रधानमन्त्री ओलीले आज बिहान ११:३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । यस्तै, दिउँसो २ बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने र साढे ३ बजे मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।...
डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, फागुन डेल्धुरा । गृहमन्त्री रमेश लेखकले डेढ वर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई बिहीबारबाट अनुदान रकम हस्तान्तरण थालनी गरेका छन् । गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बापतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरेका हुन् । अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरूको स्थायी अभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गरे । उनले डोटी भूकम्प गएको डेढ वर्षबितिसक्दा पनि पुनर्निर्माण र प्रबलीकरणमा ढिलाइ भएको बताउँदै आफूले बितेको सात महिनामा पुनर्निर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुनर्निर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिए ।...
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव

स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२३, फागुन बागलुङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थिर सरकार बने मात्रै राजनीतिक स्थायित्व हासिल गर्न सकिने बताएका छन्। अस्थिरताको दुश्चक्रबाट नेपाललाई बाहिर ल्याउन एमालेले सङ्कल्प गरेको उनले उल्लेख गरे । नेकपा (एमाले)ले अघि सारेको वडाकेन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत हिजो बागलुङ जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पटक पटक गठबन्धन र सरकार फेरिँदा देशमा अस्थिरता आएको बताए । अवसरवाद र सौदाबाजीका कारण देशमा सरकार टिक्न नसकेको उनको भनाइ थियो । महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) को दोष एमाले र कांग्रसले लिन नसक्ने बताए । अहिलेको गठबन्धनले स्वार्थका लागि सरकार चलाउने परिपाटीको अन्त्य गरेको उनको भनाइ थियो । राजनीतिक स्थिरताका लागि ठूला दल एक हुनुको विकल्प नभएको उनले बताए ।  ...
राष्ट्रिय सभाबाट पाँच वटा अध्यादेश स्वीकृत

राष्ट्रिय सभाबाट पाँच वटा अध्यादेश स्वीकृत

ताजा अपडेट, राजनीति, समाचार
२२, फागुन काठमाडौं । राष्ट्रिय सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । यसअघि बुधबार प्रतिनिधि सभाले पनि अध्यादेशहरू स्वीकृत गरिसकेको छ । अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । गत २ माघमा भूमिसम्बन्धी अध्यादेश जारी भएको थियो । २९ पुसमा सार्वजनिक सेवा र निजी क्षेत्रसँग सम्बन्धित चार वटा अध्यादेश जारी भएका थिए । १४ पुसमा सहकारीसम्बन्धी अध्यादेश ल्याएको थियो । १८ माघमा राष्ट्रपतिबाट सबै अध्यादेश जारी भएका थिए । हिउँदे अधिवेशन नभएको बेलामा जारी भएका ६ वटामध्ये पाँच अध्यादेश मात्रै संसद्बाट स्वीकृत भएको हो ।...
अब राजतन्त्र ब्युँतने सपना नदेखे  हुन्छः प्रधानमन्त्री

अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री

बिशेष, ब्यानर-१, राजनीति, समाचार
२२, फागुन महोत्तरी। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब राजतन्त्र फर्किन सम्भव नभएको बताएका छन् । मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै ओलीले सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै ओलीले भने, ‘अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।’ उनले औद्योगिक विकास र रोजगारी सृजनामा सरकारले प्राथमिकता दिने समेत बताए ।  ...
प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२२, फागुन काठमाडौं । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । संगठनका  अध्यक्ष गणेश बस्नेत र इन्चार्ज राजेन्द्र गौतमले एक कार्यक्रमविच लोगो आज सार्वजनिक गरेका हुन् । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन नेकपा (एमाले) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको गरिमामय प्रमुख आतिथ्यतामा (१०–११ चैत २०८१) कोशी प्रदेशको राजधानी विराटनगरमा हुनेछ ।...