राजनीति

पूर्वराजा आज काठमाडौँ फर्किँदै, सुरक्षा व्यवस्था कडा

पूर्वराजा आज काठमाडौँ फर्किँदै, सुरक्षा व्यवस्था कडा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, फागुन काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किने भएका छन् । उनको भव्य स्वागत गर्ने भन्दै समर्थकहरूले तयारी गरेपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।...
कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको अनुरोध

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको अनुरोध

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, फागुन काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष र डीन कार्यालयमा तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल सरकार र गृह मन्त्रालयलाई अनुरोध गरेको हो । शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल सरकार र गृह मन्त्रालयलाई अनुरोध गरेका हुन् । यही फागुन २३ गते त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसी र अध्ययन संस्थानको डिन कार्यालयको कार्यकक्षमा विद्यार्थी समूहले तोडफोड गरेको थियो । देश-विदेशमा छुट्टै पहिचान कायम गर्न सफल त्रिवि आफ्नो उद्देश्यअनुसार काम गर्दा कुनै कमीकमजोरी देखिए वा कुनै समस्या देखिए वार्ता र संवादद्वारा समस्या समाधान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। सार...
प्रेस चौतारीको उपत्यका प्रदेश अध्यक्षमा सीता पौडेल(अर्चना)

प्रेस चौतारीको उपत्यका प्रदेश अध्यक्षमा सीता पौडेल(अर्चना)

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२४, फागुन काठमाडौं । प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीता पौडेल (अर्चना) निर्वाचित भएकी छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनले दुई उपाध्यक्षमा राजकुमार सिलवाल र संगीता अधिकारी निर्वाचित भएका छन् । प्रदेश महासचिवमा सौगात मिश्र, सचिवमा सन्तोष लुइँटेल, सुशील पुरी, श्रीराम तिवारी, रामचन्द्र बस्नेत, लीजा क्षेत्री र सन्तोष तामाङ निर्वाचित भएको संगठनका उपत्यका इन्चार्ज हेमराज सिलवालले बताए ।यस्तै कोषाध्यक्षमा भुपाल गौतम निर्वाचित भएका छन् । सदस्यहरु मेघनाथ पहाडी ज्योति जीसी, रोशनराज अर्याल र जीबी लामा छन् ।...
‘महिलाहरू एकताबद्ध भए मात्रै समाज परिवर्तन हुन्छ’

‘महिलाहरू एकताबद्ध भए मात्रै समाज परिवर्तन हुन्छ’

ताजा अपडेट, राजनीति, समाचार
२४, फागुन काठमाडौं । उपसभामुख इन्दिरा रानाले महिलाहरू एकताबद्ध भए मात्रै समाज परिवर्तन हुनसक्ने बताएकी छन् । शनिबार काठमाडौँमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै राणाले ठुला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गर्नुभयो । उपसभामुख रानाले पुरुष र नारी दुवै मिले मात्रै परिवर्तन सम्भव रहेको जिकिर गरिन् । उपसभामुख रानाले भनिन्, ‘हामीले ठुलो ठुलो कुरा गर्ने भन्दा पनि हामी अनुशासित हुनुपर्छ । टाइमलाई हामीले समात्न सकेनौँ भने हामी कहिले पनि कतै पुग्न सकिँदैन । महिलाहरू एकताबद्ध हुनुपर्छ र मात्रै समाज परिवर्तन हुन्छ । सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको कुरा गर्दछौँ तर हामी खेल खेल्छौँ । कहिले पनि परिवर्तन हुँदैन ।’यसै गरी, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरू अक्षरशः पालना भए मात्रै सबैको हक र अधिकार सुनिश्चित हुने...
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : गृहमन्त्री लेखक

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : गृहमन्त्री लेखक

ताजा अपडेट, राजनीति, समाचार
२४, फागुन डोटी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले आज (शनिवार) आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । उनले भने, “गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन सक्दैन ।” लोकतन्त्र जस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने गृहमन्त्री लेखकले बताए। उनले थपे, “आन्दोलनबाट क्रान्तिबाट राजा फालिसकेपछि त्यसै देशमा राजा बसेको उदाहरण संसारमा कमै छन् । नागरिकका सबै अधिकार उपभोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रका सबै अधिकार उपभोग गरेर बस्ने उदाहरण कम देखिन्छन् तर हाम्रो लोकतन्त्र यति सुन्दर, यति उन्नत, यति संयमित र आदर्श लोकतन्त्र हामी कहाँ छ ।”लोकत...
सामाजिक सद्‌भावमा आगो लगाउने तत्त्वदेखि सजग हुनुपर्छ : पोखरेल

सामाजिक सद्‌भावमा आगो लगाउने तत्त्वदेखि सजग हुनुपर्छ : पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२४, फागुन काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भावमा आगो लगाउने तत्त्वदेखि सजग हुनुपर्ने बताएका छन् । एमाले मधेस प्रदेश सम्पर्क कमिटीले शनिवार एमाले मुख्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रमका बोल्दै पोखरेलले अहिले पनि मुलुकमा मिलेर बसेको समाज र सामाजिक सद्भावमा आगो लगाउने तत्त्व रहेको भन्दै सज हुनुपर्ने बताएका हुन् । एउटा जाती, धर्मको विरुद्ध अर्को जाती, धर्मलाई उक्साउने अपराधपूर्ण साजिसबिरुद्ध एकताबद्ध भएर खबरदारी गर्नुपर्ने उनको भनाइ छ । उनले मुलुकको सामाजिक सद्भाव खलबलिए देश नै नरहने खतरा रहेको धारणा राखे ।  ...
सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्न जरुरी छ : सभामुख घिमिरे

सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्न जरुरी छ : सभामुख घिमिरे

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, फागुन काठमाडौं । सभामुख देवराज घिमिरेले महिलाले राजनीतिक अधिकार प्राप्त गरे तापनि उनीहरूमाथि हुने सामाजिक र सांस्कृतिक विभेद कायमै रहेको बताएका छन् । महिलामाथि सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ९८ मार्च० को अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले पितृसत्तात्मक सोच, लैंगिक भेदभाव, महिला हिंसा, सम्पत्तिमा समान पहुँचको अभावजस्ता समस्या विद्यमान रहेको उल्लेख गरे । सन्देशमा उनले भनेका छन्, “अधिकार कानुनमा मात्र सीमित नहोस्, व्यवहारमा पनि समान अवसरको प्रत्याभूति होस् भन्ने हाम्रो साझा लक्ष्य हुनुपर्छ ।” उनले महिला आन्दोलनको ऐतिहासिक योगदानलाई सम्मान गर्दै समतामूलक समाज निर्माणका लागि आह्वान गरेका छन्। महिला दिवस हरेक वर्ष मार्च ८ मा लैङ्गिक समानता, महिला अधिकार र उनीहरूको उपलब्धिहरूको सम्मानका लागि मनाइन्छ । य...
जनतालाई केन्द्रमा राखेर स्थानीय तहले काम गर्नुपर्छ : सभापति देउवा

जनतालाई केन्द्रमा राखेर स्थानीय तहले काम गर्नुपर्छ : सभापति देउवा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, फागुन बर्दिबास । महोत्तरीको सीमावर्ती नगरपालिका मनरा सिसवाको नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार र मनरा सिसवा नगरपालिकाको करिव ७ करोड बढीको लागतमा निर्माण सम्पन्न प्रशासनिक भवनको नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले शुक्रवार एक समारोहबिच उद्घाटन गरेको हो । नगरपालिका प्रशासनिक भवनको उदघाटन गर्दै देउावाले नया भवनबाट जनताले पाउने सेवा सुविधाहरु थप प्रविधि मैत्री, चुस्त दुरुस्त र सहज हुने विश्वास व्यक्त गरे । उनले स्थानीय सरकार भनेको जनताको हरेक समस्यामा साथ दिने सरकार भएकोले जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्ने आवश्यकता औँल्याए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि स्थानीय सरकारको कामकारबाहीबाट समग्र सरकारको मूल्यांकन हुनेहुदा विकास निर्माण र जन्ताको कामलाई सर्वोपरि मानेर दायित्व निर्वाह गर्नु पार्ने धारणा राखे । “संघीय सरकारको सफलताको पछाडि स्था...
शिक्षालाई प्रविधिसँग जोडिनुपर्छ : प्रधानमन्त्री ओली

शिक्षालाई प्रविधिसँग जोडिनुपर्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२३, सुर्खेत फागुन । प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्। शुक्रबार सुर्खेतमा आयोजित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘‘जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन, आजको भूमण्डलीकरणको युगमा युग अनुकूलको नागरिक निर्माण गर्न सक्दैन, त्यो मुलुक विकासको दौडमा पछाडि पर्ने निश्चित हुन्छ ।,’’ उनले भने । डिजिटल शिक्षा आजको आवश्यकता भएको समेत उनले बताए ।...
प्रधानमन्त्री ओली सुर्खेतमा, सडक खाली गराइयो

प्रधानमन्त्री ओली सुर्खेतमा, सडक खाली गराइयो

ताजा अपडेट, राजनीति, समाचार
२३, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर उनी शुक्रबार सुर्खेत पुगेका हुन् । प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । केहीबेर सवारी आवागमनसमेत अवरुद्ध भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।...