ताजा अपडेट

बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते

बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
६, जेठ काठमाडौं । यात्रुवाहक बस र टिप्पर आज बिहान तनहुँ बन्दिपुर-४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गमा ठोक्किएका छन् । रुकुम पश्चिमबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र-०१-००१ अ-यो ००२७ न.को टिप्पर एक आपसमा ठोक्किएका हुन् । सो दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेहरूको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । ४९ वर्षीय हरिसचन्द्र खत्रीको भने खुट्टा फ्याक्चर भएकोले थप उपचारको लागि भरतपुर अस्पताल रिफर गरिएको छ । दुर्घटनामा ३५ वर्षीय चन्द्र बराल, १७ वर्षीय बिन्दु वली, ५० वर्षीय भद्र बहादुर वली, ३५ वर्षीय शर्मिला पाण्डे, बस चालक ३० वर्षीय सन्जोग नेपाली र टिपर चालक ४४ वर्षीय शङ्कर अधिकारी घाइते भएका छन् ।...
सरकारी मिडियाले नेताको प्रचार नगर्नू, विकासको चर्चा गर्नू : सञ्चारमन्त्री गुरुङ

सरकारी मिडियाले नेताको प्रचार नगर्नू, विकासको चर्चा गर्नू : सञ्चारमन्त्री गुरुङ

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
५, वैशाख काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी मिडियाहरुले कुनै नेताहरुको प्रचार नगरी मुलुकमा भएका विकासको चर्चा गर्न आग्रह गरेका छन् । सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) संस्थाले सोमबार नेपाल टेलिभिजनमा आयोजना गरेको ‘सार्वजनिक सेवा प्रसारण नेपाल रुपान्तरण बहस विविधता, विशिष्टता, पहुँच, प्रभाव र प्रवर्धन’ विषयमा गरेको छलफल कार्यक्रममा सञ्चार मन्त्री गुरुङले यस्तो धारणा राखेका हुन् । मन्त्री गुरुङका अनुसार सार्वजनिक सेवा प्रसारण नेपाली जनताको आवाज र जनताको प्रतिनिधित्व गर्ने हुँदा यसले अबको कार्यदिशालाई समयसापेक्ष रुपान्तरण गर्न सुझाव दिएका छन् । पिएसबीले उठान गर्ने मुद्दाहरुमा राष्ट्रियता एकताको भाव जगाउने, जनताको दुःख मर्कालाई उजागर गर्ने, समृद्धि र सुशासनमा जोड पुर्याउने खालका विषय वस्तु हुनुपर्ने मन्त्री गुरुङको भनाइ छ । त्यस्तै उहाँले रेडियो ने...
कोशी प्रदेशका सांसद चढेको गाडी दुर्घटना

कोशी प्रदेशका सांसद चढेको गाडी दुर्घटना

ताजा अपडेट, वातावरण, समाचार
५, जेठ विराटनगर । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ । मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको हो । सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापातर्फ जाँदै गरेको बा५च ३५३० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो । बा ५ च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए । गाडी उनले चलाइरहेका थिए । अर्को सवारीमा कोशी प्रदेशका चार सांसद सवार थिए । अर्को गाडीको चालक भेशराज श्रेष्ठ हुन् । सो कारमा कोशी सांसद मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । दुईवटै गाडीमा सवारको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उ...
प्रतिनिधिसभा जलश्रोत विधेयक पारित

प्रतिनिधिसभा जलश्रोत विधेयक पारित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, जेठ काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘जलस्रोत विधेयक, २०८१’ पारित भएको छ । आज बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो । त्यसअघि बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक, २०८१ माथि छलफल भएको थियो । छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले जलको सदुपयोग र संरक्षण गर्नका लागि आवश्यक कानुन व्यवस्था तर्जुमा गर्न सरकारले विधेयक ल्याएको बताए ।...
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
५, जेठ काठमाडौं । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ । मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहने छन् । बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १...
जोखिमयुक्त बस्तीको पहिचान र सुरक्षित स्थानान्तरण आवश्यक छ : शङ्कर पोखरेल

जोखिमयुक्त बस्तीको पहिचान र सुरक्षित स्थानान्तरण आवश्यक छ : शङ्कर पोखरेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, जेठ काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीहरूको पहिचान गरेर सुरक्षित स्थानान्तरण गर्न आवश्यक रहेको बताएका छन् । महासचिव पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमा जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्न सक्ने असरबारे सगरमाथा संवाद चलिरहेका बेला हुम्लाको नाम्खावासी पहिरोको कारणले घरबार विहीन बन्न पुगेको भन्दै सुरक्षित स्थानान्तरण आवश्यक रहेको बताएका हुन् ।...
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको शिष्टाचार भेट

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
५, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैरआवासीय राजदूतहरूको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन् । भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो । प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराए...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
५, जेठ काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको हो । सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।...
‘प्रचण्ड’द्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

‘प्रचण्ड’द्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

ताजा अपडेट, राजनीति, समाचार
५, जेठ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको नाम्खा गाउँपालिका-६ को तिल गाउँमा लेदोसहितको पहिरोका जोखिममा रहेका बासिन्दाको उद्धार र सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, “तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशित गर्दछु ।” अध्यक्ष दाहालले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमासमेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।...
मोटरसाइकल दुर्घटना हुँदा इन्जिनियरको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा इन्जिनियरको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
५, जेठ काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका–५ सिमाघाट लप्सीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सेउघा–सिमाघाट–धुर्कोट सडकको सिमाघाटबाट तम्घास आउँदै गरेको लु ७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दाङका २७ वर्षीय निशान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर सारूले जानकारी दिए । गडवा गाउँपालिका–३ गोवडिया घर भएका चौधरीले आफै मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ । चौधरी इन्द्र एम.के जेभी निर्माण सेवाका इन्जिनियर रहेको प्रहरीले जनाएको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली घटना मुचुल्काको काम गरिरहेको प्रहरी नायव उपरीक्षक सारूले बताएका छन् ।...