ताजा अपडेट

प्रधानमन्त्री ओली लुम्बिनीमा

प्रधानमन्त्री ओली लुम्बिनीमा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, वैशाख काठमाडों । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिभल लुम्बिनीमा आयोजना गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गरेका छन् । फेस्टिभल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिवलको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ । नेपाल र चीनबिचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित फेस्टिभल हुन लागेको हो । चीनको वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।...
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल

नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल

ताजा अपडेट, राजनीति, समाचार
१३, वैशाख काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई आत्मसात् गरी वार्ताबाटै शिक्षकहरुको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले उक्त कुरा बताएका हुन् । साथै उनले नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुने समेत बताए । उनले लेखेका छन्,‘महासङ्घ वार्तामा वस्ने नै भए पछि पारदर्शी ढङ्गले नै वार्ताको टेवलमा जानु राम्रो हुन्छ । आफ्नो तर्फको वार्ता टोलीको नाम सार्वजनिक गरेर नै वार्तामा वस्नु राम्रो हो । समस्याको समाधान खोज्ने हो भने वार्ता टोली भिमकाय बनाउनु भन्दा चुस्त दुरुस्त बनाउनु राम्रो हो ।’ उनले शिक्षक महासंघकै सम्पर्क शुत्रले वार्तामा आउने शिक्षकको नाम शिक्षा मन्त्रालयलाई उपलब्ध गराएको भएपनि मन्त्रालयले नै वार्ता टोलिको नाम तय गर्‍यो भन्नु उचित नभएक...
चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्यांकन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक

चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्यांकन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१३, वैशाख काठमाडौं । चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजानिक गरिएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘चन्द्रागिरि नगरपालिकाको’ दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन’लाई संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरिसकेका छन् । नगरपालिकाले स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रक्रियामा दिगो विकास लक्ष्य मध्ये राम्रो स्वास्थ्य र समृद्धि, समावेशी तथा समानता मूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता, लैङ्गिक समानता, स्वच्छ खानेपानी, सरसफाइ र दिगो शहर र समुदायजस्ता पाँचवटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । यी प्राथमिकता प्राप्त लक्ष्य प्राप्तिका लागि नगरपालिकाको कार्यक्रमले सही बाटोमा हिँडाएको छ । नगरपालिकाले दिगो विकास लक्ष्यसँग तालमेला मिलाइएको बजेट साङ्केतिकरणको अभ्यास थालिन...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१३, वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४० पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०४ रुपैयाँ २६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १०...
आजको मौसम : यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१३, वैशाख काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ । साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ । राति पनि यही सिलसिलाले निरन्तरता पाउने पूर्वानुमान छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा त...
‘बलियो शक्ति भएकै कारण एमालेमाथि चौतर्फी प्रहार’: शंकर पोखरेल

‘बलियो शक्ति भएकै कारण एमालेमाथि चौतर्फी प्रहार’: शंकर पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१२, वैशाख काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको सबैभन्दा बलियो राजनीतिक शक्ति अहिले एमाले भएकाले चौतर्फी प्रहार भइरहेको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपालको दोस्रो पूर्ण बैठक तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छ, बलियो शक्तिलाई कमजोर बनाउन राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले घेराबन्दी गरेको साँचो हो, तर मुलुकको हितमा एमाले समर्पित छ, डगमगाउँदैन’ उनले भने । विचार निर्माताहरू नै अहिले बाहिरको शक्तिबाट परिचालित रहेको चर्चा गर्दै महासचिव पोखरेलले भने, “स्वतन्त्र विचार राख्ने र देश र जनताको पक्षमा विचार निर्माण गर्नेहरूको उपस्थिति कमजोर देखिएको छ, विदेशी सहयोगमा धेरै अनुसन्धानको काम हुने गर्छ, हामीले चाहेजस्तो वैचारिक बहस हुन सकेको छैन ।” राष्ट्रियता, विकास समृद्धि र सामाजिक न्यायको मुद्दामा ए...
आन्दोलनरत शिक्षकलाई वार्तामा आउन नवनियुक्त शिक्षामन्त्रीको अनुरोध

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन नवनियुक्त शिक्षामन्त्रीको अनुरोध

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, वैशाख काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आग्रह गरेका छन् । बिहीबार शपथग्रहण गरेसँगै मन्त्री पन्तले शुक्रबार विज्ञप्तिमार्फत आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेका हुन् । “शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई मन्त्रालयको तर्फबाट यथाशीघ्र वार्ता र संवादका लागि अनुरोध गर्दछु,” जारी विज्ञप्तिमा भनिएको छ ।...
‘लोकतन्त्रमा रचनात्मक आलोचना होस्, समाजलाई भाँड्ने खालको होइन’ : प्रधानमन्त्री

‘लोकतन्त्रमा रचनात्मक आलोचना होस्, समाजलाई भाँड्ने खालको होइन’ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१२, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा हुनु स्वभाविक भएको बताएका छन्। भूकम्प स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुपर्ने बताएका छन् । उनले भने, ‘आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ । तर आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निम्त्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन । राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् । यस कुरामा हामीले ध्यान दिनुपर्दछ ।’ उनले ०७२  को भूकम्प जाँदाको परिस्थिति संविधान निर्माणको कामको अन्तिमतिर भएको स्मरण गरेका छन्। उनले भने, ‘हामीसँग अत्यन्तै तितो अनुभव थियो । एउटा संविधानसभा चार वर्षको कार्यकाल पूरा गरेर संविधान दिन असफल भएर टुंगिएको थियो । धेरै मेह...
सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रविन्दु भएर भूकम्प

ताजा अपडेट, वातावरण, समाचार
१२, वैशाख काठमाडों । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो । यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रविन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको थियो ।...
प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गैरआवासीय नेपाली संघ ९एनआरएनए० अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले भेटघाट गरेका छन् । गए राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा नेपालमा गैरआवासीय नेपालीहरू नेपालमा लगानी बढाउन चाहेको र त्यसका लागि लगानीमैत्री वातावरण बनाउने विषयमा छलफल भएको अध्यक्ष पोख्रेलले जानकारी दिए । “प्रधानमन्त्रीसँग नेपाली समुदायले अष्ट्रेलियाको अर्थतन्त्रमा गरेको योगदानका साथै त्यहाँ रहेका नेपाली समुदायले नेपालको अर्थतन्त्रमा पारेको प्रभावका विषयमा चर्चा भयो”, अध्यक्ष पोख्रेलले भने । त्यसअवसरमा व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्कको सदुपयोग, दुई देशबीचको द्विपक्षीय सम्बन्ध विस्तार तथा उच्च तहको भ्रमणका विषयमा पनि छलफल भएको उनले बताए ।...