ताजा अपडेट

लेक लागेर मुस्ताङमा एक तिर्थयात्रुको मृत्यु

लेक लागेर मुस्ताङमा एक तिर्थयात्रुको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
१४, वैशाख काठमाडौं । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा गएका एक नेपाली तिर्थयात्रुको लेक लागेर मृत्यु भएको छ । स्याङ्जाको काली गण्डकी गाउँपालिका–२ का ७५ वर्षीय गोपीराम गाहाको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताएका छन् । सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक अधिकारीले दिएको जानकारी अनुसार घरपझोङ गाउँपालिका–२ मार्फामा टाउको दुख्ने, शरीरमा असहज महसुस भएपछि तत्कालै अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषित गरेका थिए । मृतक गाहा २३ जनाको टोलीका साथमा गाहा मुस्ताङ आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा अघिल्लो बर्ष बि।स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकन नागरिक रहेका छन् ।...
रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलगायतलाई म्याद थप गर्न अदालत लगिँदै

रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलगायतलाई म्याद थप गर्न अदालत लगिँदै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, वैशाख काठमाडौं । तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहितका व्यक्तिलाई म्याद थप गर्न अदालत लगिंदै छ । यसअघि पछिल्लो पटक १० वैशाखमा उनीहरुविरुद्ध तीन दिनको म्याद थप भएको थियो । उक्त म्याद सकिएकाले आज आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ । यसअघि भने अदालतले मिश्र र प्रसाईँको स्वास्थ्यको विषयमा संवेदनशील हुन आदेश दिएको थियो ।...
बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप प्रहरीले हान्यो पानीको फोहरा

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप प्रहरीले हान्यो पानीको फोहरा

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१४ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ । प्रहरीले शिक्षकहरुमाथि पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ । प्रत्यक्षदर्शी शिक्षक पूर्ण ब्लोनले प्रदर्शनमा घुसपैठ भएको दाबी गरे । ‘हामी आफ्नो माग राखेर आन्दोलन गरिरहेका थियौं । आन्दोलनमा घुसपैठ भएको हो । एउटा समूह घेरा तोड्न खोज्यो। त्यसपछि झडप भएको हो । पानीको फोहोरा प्रहार भयो ।’ उनले झडपमा केही शिक्षक घाइते पनि भएको बताए । शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुल...
संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत

संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, वैशाख काठमाडौं । संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव संसदीय समितिबाट अस्वीकृत भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले यस्तो प्रस्ताव अस्वीकृत गरिदिएको हो । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न विधेयक ल्याएको थियो । त्यसमा संशोधन हालेर सांसदहरूले संसद सेवामा पुगेका कर्मचारीले १५ वर्षमै पेन्सन पाउने व्यवस्था प्रस्ताव गरेका थिए । सरकारले संशोधन गर्ने गरी प्रस्ताव नै नगरेको ऐनमा संशोधन गर्ने भनेर सांसदहरूले संशोधन हालेका थिए । समितिका सभापति विमला सुवेदीका अनुसार त्यस्तो संशोधन स्वीकृत हुन नसकेको हो । ‘...
सुनको मूल्य बढयो,आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढयो,आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१४, वैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सय रुपैयाँले बढेर आज प्रतितोला प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने सुन प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । १० रुपैयाँले घटेर आज प्रतितोला एक हजार ९ सय ९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। गत शुक्रबार प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।...
राष्ट्रिय सभा बैठक बस्दै

राष्ट्रिय सभा बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१४, वैशाख काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवनमा बैठक बस्नेछ । राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूबारे जानकारी गराउने कार्यसूची छ । अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूचीमा रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश बैठकमा प्रस्तुत गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन विधेयक, २०८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख रहेको छ ।...
प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

ताजा अपडेट, राजनीति, समाचार
१४, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिए । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।...
आज आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थमा मेला

आज आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थमा मेला

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१४, वैशाख काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्ग...
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै देशभर तापक्रम बढ्दै

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै देशभर तापक्रम बढ्दै

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१४, वैशाख काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज मधेस प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावनाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।...
सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन

सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१३, वैशाख काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ । आज बिहान बसेको सिंहदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो । तर, आज निष्कर्षमा नपुगेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्को अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । उनले भने, ‘हामी औपचारिक छलफल र संवादमा छौँ । निष्कर्षमा पुगेका छैनौँ । हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेष्ट जानकारी गराएपछि मात्रै निकाश आउने छ ।’ उनले अहिले नै आन्दोलन स्थगित भइहाल्ने अवस्था नभएको बताए ।...