ताजा अपडेट

वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री मर्माहत

वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री मर्माहत

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधनको खबर सुनेर मर्माहत भएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जालमा लेख्दै पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले पत्रकार रिसालसँग फागुण २१ भेट भएको स्मरण गर्दै त्यही भेट अन्तिम हुन पुगेको बताएका छन् । दिवङ्गत रिसालको ९६ औँ जन्मदिनको अवसरमा भएको भेटघाटको तस्बिर सहितसहित पोस्ट गरिएको स्टाटस्मा प्रधानमन्त्री ओलीले भनेका छन्– ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो । उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु। वरिष्ठ पत्रकार दिवङ्गत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, चैत काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुनको मूल्य घट्यो, आज कतिमा हुदँछ ?

सुनको मूल्य घट्यो, आज कतिमा हुदँछ ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२५, चैन काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। प्रतितोला ७ सय रुपैयाँले घटेर आज एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार भने तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो । आज चाँदी तोलामा भने ३० रुपैयाँ बढेको छ। हिजो १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।...
नेकपा एसद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह

नेकपा एसद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, चैत काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशीघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । सो पार्टीले शिक्षकको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रका जायज माग पुरा गरी सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेको हो । “यस आन्दोलनबाट शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ, पठनपाठन बन्द भएको अवस्था छ र एसइईको उत्तर पुस्तिका परीक्षण प्रभावित बन्न पुगेको छ, यो राज्यको निम्ति एकदमै गम्भीर विषय हो, शिक्षकको यस आन्दोलनप्रति हाम्रो पार्टी एक्यबद्धता जनाउन चाहन्छ”, पार्टीका उपमहासचिव रामकुमार भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।...
स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा

स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा

ताजा अपडेट, राजनीति, समाचार
२५, चैत काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क पुगेका छन् । मन्त्री पौडेललाई संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरे । मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए । मन्त्री पौडेलले सोमबार र मंगलबार हुने उच्चस्तरीय बैठकमा भाग लिनुहुने संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगले जनाएको छ ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२५, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७६ रुपैयाँ २० पैसा, स्वीस फ्रयांक एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ १० पैसा र बिक्रीदर १०१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ ...
वरिष्ठ पत्रकार भैरव रिसालको निधन

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२५, चैत काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षको उमेरमा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनले अन्तिम सास लिएका हुन् । मुटु र फोक्सोसम्बन्धी समस्याका कारण केही समयदेखि अस्पतालमा उपचाररत रहेकामा स्वास्थ्य निरन्तर कमजोर बन्दै गएपछि उनको निधन भएको हो। रिसालका भाइ पुरु रिसालका अनुसार पछिल्ला दिनमा उनको अवस्था जटिल बन्दै गइरहेको थियो । वि.सं १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा जन्मिएका रिसाल नेपाली पत्रकारिता र समाजसेवामा समर्पित नाम हो। पत्रकारिता, साहित्य, मानवअधिकार र वातावरण संरक्षणका क्षेत्रमा उनले पुर्‍याएको योगदान उल्लेखनीय छ। रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताका रूपमा कार्य गरेका थिए। पत्रकारिता सुरु गर्नु अघिसम्म उनले तथ्याङ्क विभागमा सेवा गरेका थिए। रेडियो सगरमाथामा लामो समयसम्म प्रसारण भएको लोकप्रिय शृङ्ख...
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२५, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तर देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना कम रहेको कारण सुख्खापन, आगलागी तथा बायु प्रदूषण बढ्दै जाने सम्भावना रहेको छ । यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महा...
प्रधानमन्त्रीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि माग

प्रधानमन्त्रीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न मागपत्र बुझाइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीसहित जिल्लाका बौद्धिक समुदायका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले क्याम्पसका आवश्यक भौतिक पूर्वाधार निर्माणका साथै अध्ययन अध्यापनका लागि ध्यान दिन र विकासमा पछाडि परेको डोटीलाई बजेट विनियोजनमा प्राथमिकता दिन आग्रह गरेको हो । प्रधानमन्त्रीसमक्ष मागपत्र प्रस्तुत गर्न पूर्वमन्त्री वीरबहादुर बलायर, संविधानसभा सदस्यहरू गौरी वली र भरतबहादुर खड्का, सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका बाजीसिंह खड्का, केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही, नेपाली काँग्रेसका जिल्ला सभापति नरेन्द...
श्रम शोषणविरुद्ध सडकमा उत्रिए डाक्टरहरू

श्रम शोषणविरुद्ध सडकमा उत्रिए डाक्टरहरू

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, चैत काठमाडौं । श्रम शोषण भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् । सरकारले मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा नपाएको भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् । सरकारले पारित गरेको न्यूनतम तलब दिनुको साटो आफूहरूलाई कलेजले १९ हजार ५०० मात्र दिएर श्रम शोषण गरिरहेको उनीहरूको आरोप छ ।...