ताजा अपडेट

ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्व : राष्ट्रपति

ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्व : राष्ट्रपति

ताजा अपडेट, राजनीति, समाचार
२४, चैत काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । “पाटन दरबार क्षेत्रमा पुनःनिर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन तथा शिलापत्र अनावरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताए । “भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पुर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्णस्थलको संरक्षण र संवर्धन गरी पुर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो”, राष्ट्रपति पौडेलले भने । उनले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको ब...
शिक्षकका जायज माग सम्बोधन गर्न सरकारलाई कोइरालाको सुझाव

शिक्षकका जायज माग सम्बोधन गर्न सरकारलाई कोइरालाको सुझाव

ताजा अपडेट, राजनीति, समाचार
२४, चैत काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्ने मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू अहिले सडक आन्दोलनमा छन् । आन्दोलन चर्किँदै जाँदा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र शिक्षकबीच भएको सहमति तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् । कोइरालाले एक सार्वजनिक अपिल जारी गर्दै शिक्षकको समस्या समाधान गर्दै नियमित पठनपाठनको वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन्। “सरकार र महासंघबीच भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्नुपर्ने आवश्यकता छ,” उनले उल्लेख गरेका छन् ।...
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुसमा शिक्षकहरू

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुसमा शिक्षकहरू

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२४, चैत काठमाडौं । विगत केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माइतीघरमा सिटी जुलुस निकालेका छन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।...
प्रदूषित हावाबाट जोगिन चिकित्सकको सुझाव

प्रदूषित हावाबाट जोगिन चिकित्सकको सुझाव

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२४, चैत काडमाडौं  । विगत केही दिनयता देशैभरको वायु प्रदूषित हुँदा आम नागरिकको दैनिकी असहज बन्दै गएको छ । वनमा लागेको डढेलो, कृषकहरूले खेतबारीमा संकलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको छ । विशेष गरी श्वासप्रश्वास र आँखामा समस्या देखिन थालेको छ । वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा. डा शीतल अधिकारी श्वासप्रश्वासका बिरामीका लागि अहिलेको अवस्था अत्यन्तै नराम्रो भएको बताउँछन् । अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने तथा रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उनको भनाइ छ । उनको भनाइमा कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई यो प्रदूषणले सामान्य अवस्थाभन्दा बढी जोखिममा हुने गर्छ । चितवन मेडिकल कलेजमा कार्यरत अधिकारी भन्छन्, “अस्प...
चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा भक्तजनको भीड

चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा भक्तजनको भीड

ताजा अपडेट, वातावरण, समाचार
२४, चैत काठमाडौं । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर बिहान ४ः०० बजेदेखि नै भक्तजनका लागि खुला गरिएको मन्दिर व्यवस्थापन समितिका कार्यालय सचिव वसन्त खड्काले राससलाई जानकारी दिए । श्रीरामचन्द्र मन्दिर बत्तीसपुतलीमा आज नेपालका चर्चित कलाकारबाट भक्तिसङ्गीत कार्यक्रमको आयोजना पनि गरिएको उनले सुनाए । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्...
राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, चैत काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् । चैत्र शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले गए राति असन पुगेर सेतो मच्छेन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका हुन् । शनिबारदेखि सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीन धारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइएको थियो ।...
भोलिदेखि शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

भोलिदेखि शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, चैत काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि निरन्तर आन्दोलनमा छन् ।यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् । नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको विज्ञप्तिमा लेखिएको छ, ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गत...
सुनको मूल्य  १९०० रुपैयाँले घट्यो , आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य १९०० रुपैयाँले घट्यो , आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२४, चैत काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो । जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँ कायम थियो ।...
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री

थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२४, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्य वृद्धिका सम्भावनाका ढोकाहरू खुलेको बताएका छन् । बाह्रखरी अनलाइनले हिजो गोकर्णमा आयोजना गरेको ‘एनसेल-बाह्रखरी गल्फ तथा आर्थिक संगोष्ठी’ मा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यावसायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताएका हुन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किए लगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४० प्रतिशतको हाराहारीमा युवा जनसङ्ख्या रहेको स्थितिमा भएका स्रोत साधनको प्रयोग गरे दक्ष जनशक्ति तयार गर्दै विकासको गति तीव्र बनाउनुपर्ने बताए । “देशमा ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२४, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १६० रुपैयाँ २४ पैसा र बिक्रीदर १६० रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआ...