ताजा अपडेट

यस्तो छ आजको  विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२२, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको...
काठमाठौं महानगरले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन

काठमाठौं महानगरले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन

ताजा अपडेट, वातावरण, समाचार
२२, चैत काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ । कामपाको उपप्रमुख एवम् अनुगमन संयोजक सुनिता डङ्गोलले थापाथलीस्थित प्रसुतिगृह र नर्भिक अस्पतालका क्यान्टिनका खाद्य वस्तुका नमूना सङ्कलन तथा परीक्षण कार्यको शुभारम्भ गरेकी हुन् । त्यस क्रममा संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाहरूको स्थलगत परीक्षण विश्लेषण गरेको थियो । घुम्ती प्रयोगशालाबाट हुने कामका विषयमा जानकारी लिँदै उपप्रमुख डङ्गोलले, खाद्य स्वच्छताबाट उपभोक्ता अधिकार सुरक्षित गराउन घुम्ती प्रयोगशालाबाट तथ्यमा आधारित विवरण प्राप्त हुने बनले बताईन् । यसबाट प्राप्त हुने नतिजाका विषयमा कुरा गर्दै उनले भने, स्वच्छ खाद्य व्यवसायका लागि वैज्ञा...
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, चैत काठमाडौं । सङ्घीय संसद्अ न्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा काठमाडौँको तीनकुनेमा यही चैत १५ गतेको घटनाका सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने कार्यसूची रहेको छ । अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दै छ । दिउँसो १ बजे सुरु हुने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।...
किन बढ्दै छ काठमाडौँमा वायु प्रदूषण ?

किन बढ्दै छ काठमाडौँमा वायु प्रदूषण ?

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौँ । वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्यांक हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरण विज्ञ तथा चिकित्सकले विशेष चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन्। प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषण कसरी रोक्ने र असर कम गर्ने भन्ने विषयमा छलफल गरेका थिए । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०-५० हुँदा राम्रो, ५१–१...
प्रधानमन्त्री ओली र श्रीलंकाका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र श्रीलंकाका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१, चैत काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री डा.हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरू सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त भएका हुन्। भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो । भेटमा परराष्ट्र मन्त्री डा।आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।...
गृहमन्त्रीको राजीनामा माग्दै राप्रपाले गरायो तीनकुने घटनाबारे छानबिन आयोग गठन गर्न सरकारको ध्यानाकर्षण

गृहमन्त्रीको राजीनामा माग्दै राप्रपाले गरायो तीनकुने घटनाबारे छानबिन आयोग गठन गर्न सरकारको ध्यानाकर्षण

ताजा अपडेट, राजनीति, समाचार
२१, चैत काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनाको सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाएको हो। यस्तै, राप्रपाले छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चेत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्न, मृतकहरूलाई शहीद घोषणा गरिनुपर्ने पनि माग गरेका छन्। राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवल शमशेर राणा लगायत अन्य बन्दीहरूको रिहाइ, घाइतेहरूको निस्शुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने पनि राप्रपाको माग छ।  ...
प्रशासकीय अधिकृतको कार्यकक्षको ताला फुटाउने प्रयास, ढोकाको सिसा फुट्यो

प्रशासकीय अधिकृतको कार्यकक्षको ताला फुटाउने प्रयास, ढोकाको सिसा फुट्यो

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१, चैत काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्ष प्रवेश गराउने क्रममा तनाव सिर्जना भएको छ । कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गर्दा नगर प्रहरीले हस्तक्षेप गरेका छन् । ताला फुटाउने काम भइराख्दा नगर प्रहरी प्रमुख राजु पाण्डेसहितले हस्तक्षेप गरेको हो । उनीहरूले कर्मचारीलाई निस्किन चेतावनी दिएका छन् । ताला फुटाउने क्रममा कार्यकक्षको ढोकाको सिसा फुटेको छ ।...
त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

ताजा अपडेट, राजनीति, समाचार
२१, चैत काठमाडौं। त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार उनी एक हजार २१५ मत ल्याएर विजयी भएका हुन् । कोइरालाका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत प्राप्त गरे ।अनेरास्ववियुसहित सात संगठनको गठबन्धनका उम्मेदवार प्रमित विष्टले ४३१ मत पाए । दुई हजार ६७१ विद्यार्थी मतदाताले मतदान गरेका थिए ।...
वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२१, चैत काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो । एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, एक सय एक देखि एक सय ५० सम्म ‘सम्भावित जोखिम’, एक सय ५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ । हाल काठमाडौँमा वायु प्रदूषणकोस्तर तीन सय ४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँख...
आज ६ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज ६ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१, चैत काठमाडौं । आज (बिहिवार) ६ संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्य रहेको छ । त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे नै बोलाइएको छ । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव संकलन तथा छलफल हुनेछ । त्यस्तै, बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्नेछ । बैठकमा सामाजिक परिचालिएकाहरूको व्यवस्थापन सम्बन्धको छलफल रहेको छ । त्यसै गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका विषयमा गै...