ताजा अपडेट

सुनको मूल्य हाल सम्मकै उच्च, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य हाल सम्मकै उच्च, आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२१, चैत काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार २ सयले बढेर १ लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
परराष्ट्र मन्त्रीसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट

परराष्ट्र मन्त्रीसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१, चैत काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । छैठौँ बिमस्टेक समिटका लागि थाइल्याण्डको राजधानी बैंककमा रहेकी मन्त्री डा. राणा र महासचिव पाण्डेबीच आज भेटवार्ता भएको हो । सो भेटका क्रममा मन्त्री डा। राणाले क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिकालाई नेपालले स्वीकार गरेको र यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त तथा उद्देश्यप्रति नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन्। मन्त्री डा। राणाले आसन्न छैठौँ शिखर सम्मेलनले यस क्षेत्रका समस्याको दिगो समाधानका क्षेत्रमा सामूहिक प्रयासका प्रशस्त विकल्प प्रस्तुत गर्नेमा आफू आशावादी रहेको धारणा पनि सो भेटमा राखेकी थिइन् । सो भेटमा उनले बिमस्टेक क्षेत्रमा जलवायु पर...
काठमाडौँको वायु प्रदूषण कहिले हट्छ  ?

काठमाडौँको वायु प्रदूषण कहिले हट्छ ?

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२१, चैत काठमाडौँ । पछिल्लौ केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन् । हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन् । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन् ।...
तीनकुने घटनामा थप ७ जना पक्राउतीनकुने घटनामा थप ७ जना पक्राउ

तीनकुने घटनामा थप ७ जना पक्राउतीनकुने घटनामा थप ७ जना पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२१, चैत काठमाडौं । काठमाडौँको तीनकुनेमा गत शुक्रबार (चैत १५) भएको प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटका घटनामा थप ७ जना पक्राउ परेका छन्। राज्य विरुद्धको कसुर र संगठित अपराधसम्बन्धीको कसुरमा १ र उपद्रव कसुरमा ६ जना गरी ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार राज्य विरुद्धको कसूरमा रूपन्देशी देवदह नगरपालिका-९ घर भएका ४७ वर्षीय प्रेमथापा मगर पक्राउ परेका हुन् । अपराधिक उपद्रव कसूरमा झापा गौरादह नगरपालिका-१ घर भएका २१ वर्षीय समीर मगर, रामेछाप सुनापाति गाउँपालिका-१ का २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङ फुलुङ नगरपालिका-३ का २३ वर्षीय सुशील बराल पक्राउ परेका छन् । सोही कसूरमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका २७ वर्षीय रमेश राई, अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही र संखुसभा पाँचखपन नगरपालिका९२ घर भई हाल काठमाडौं कागेश...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२१, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५० पैसा र बिक्रीदर १३७ रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रुपैयाँ १० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७२ पैसा, सिंगापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ १५ पैसा र बिक्रीदर नौ रुपैयाँ १९ पैसा, चिनि...
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२१, चैत काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।...
राहत सामग्री बोकेर म्यानमार उड्यो नेपाली सेनाको जहाज

राहत सामग्री बोकेर म्यानमार उड्यो नेपाली सेनाको जहाज

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२०, चैत काठमाडौं । म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत सहित सेनाको टोली प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको हो । १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय सैनिक टोली आफ्नै जहाजमा म्यानमार गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विभिन्न प्रकृतिका आवश्यक औषधि एवं ईक्युप्मेन्टहरु सहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न रहेका छन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्ने सेनाले जनाएको छ ।...
स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छ : राष्ट्रपति पौडेल

स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२०, चैत काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्बाध स्वतन्त्रता प्रदान गरेपनि स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य निषेधित भएको बताएका छन् । सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने बताउँदै संविधानको व्यवस्था, मर्म र भावना कसैले भुल्न नहुने स्पष्ट पारे । राष्ट्रपति पौडेलले भने, “नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्बाध स्वतन्त्रता प्रदान गरेको छ । स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ । यस्ता प्रकृतिका घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।” राष्ट्रपति पौडेलले संविधान प्रदत्त अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्ष...
सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु

सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
२०, चैत सोलुखुम्बु । सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशंकर गाउँपालिका(९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका(४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए । यही चैत १७ गते साँझ ७:३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ । शवको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि अल्टिच्युट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो । शव परीक्षणपश्चात् चैत १९ गते मृतकको शव उनका भतिजा पेमाछिरी शेर्पाले बुझी लरेका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
रेडियो नेपाल आवाजविहीनको आवाज बन्नुपर्छ : राष्ट्रपति

रेडियो नेपाल आवाजविहीनको आवाज बन्नुपर्छ : राष्ट्रपति

ताजा अपडेट, राजनीति, समाचार
२०, चैत काठमाडों । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूको आवाज बन्न र मुलुकले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सक्रिय रहन आह्वान गरेका हुन् । मुुलुकको सबैभन्दा पुरानो प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिनुहुँदै उनले ‘आधुनिक नेपालको समावेशी आवाज’ मूल नारासहित ‘राष्ट्रिय रेडियो, राष्ट्रिय सञ्चार’को मर्मअनुरुप क्रियाशील रेडियो नेपाललाई नेपालको संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न तथा सार्वजनिक सेवा प्रसारणको मर्म, भावना र उद्देश्यअनुसार प्रभावकारी ढङ्गले काम गर्न सुझाएका छन् । सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्न अनुरो...