ताजा अपडेट

कुलमानलाई हटाएको विरोधमा राष्ट्रिय सभा बैठक पनि अवरुद्ध

कुलमानलाई हटाएको विरोधमा राष्ट्रिय सभा बैठक पनि अवरुद्ध

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, चैत काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेका छन् । बैठक सुरु हुनासाथ सांसदहरु उठेका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिए । अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको भन्दै विरोध जनाए । यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे । यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका थिए ।...
संसद बैठक आधा घण्टाका लागि स्थगित

संसद बैठक आधा घण्टाका लागि स्थगित

ताजा अपडेट, राजनीति, समाचार
१३, चैत काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज संसद अवरोध गरेका हुन् ।
काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम

काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम

ताजा अपडेट, वातावरण, समाचार
१३, चैत काठमाडौं । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको समन्वयमा ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई तालिम दिइएको हो । बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा महाभारत र खानीखोला गाउँपालिका, मण्डदेउपुर नगरपालिका र कोशीपारिका भुम्लु र चौँरीदेउराली गाउँपालिका कफी उत्पादनका निम्ति सम्भावनायुक्त भएकाले स्थानीय तहसँगको साझेदारीमा ती क्षेत्रलाई कफी पकेट इलाकाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कृषिलाई उद्यमका रूपमा विकास गर्न सर्वप्रथम बाटो र बिजुलीलगायत पू...
श्रीलङ्काका लागि नेपालका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

श्रीलङ्काका लागि नेपालका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३, चैत काठमाडौं । श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको कोलोम्बोस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा राजदूत नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट श्रीलङ्काली राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका जनताको निरन्तर शान्ति एवं प्रगतिको कामना गरेका थिए । राजदूत नेपालीलाई स्वागत गर्दै राष्ट्रपति दिसानायकेले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको शान्ति एवं समृद्धिको कामना गरेका थिए। त्यस अवसरमा श्रीलङ्काका विदेशमन्त्री, राष्ट्रपति कार्यालयका सचिव, राजदूतकी धर्मपत्नी, राष्ट्...
कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने

कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, चैत काठमाडौं । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको हो । बैठकपछि रास्वपाका नेता सन्तोष परियारले सरकारले विधि प्रक्रिया मिचेर संख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै सदनमा सशक्त विरोध गर्ने बताए । सरकारले कुलमान घिसिङको कार्य सम्पादन राम्रो नभएको भन्दै पदबाट हटाउने निर्णय चैत ११ गतेको मन्त्रिपरिषद बैठकबाट गरेको थियो । कुलमानलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ । आज बसेको विपक्षी दलहरुको बैठकले कुलमानलाई हटाउने निर्णय गलत भएको ठहर गरेको छ ।...
दुर्गमको विद्यालयमा आवासीय सुविधा

दुर्गमको विद्यालयमा आवासीय सुविधा

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार
१३, चैत काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जीमा रहेको सामुदायिक विद्यालयमा आवासीय सुविधाको व्यवस्था गरिएको छ । चीनसंगको सिमाना रहेको दुरदराजका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालयमै बस्ने व्यवस्था गरिएको हो । लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवासीय सुविधा प्रदान गरिएको विद्यालयका शिक्षक विकल तामाङले बताएका छन् । यसअघि विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक मिलेर बिहान एक छाक खाना विद्यालयमै गर्ने व्यवस्था गरिँदै आएकोमा अब भने विद्यालयमै आवासीय सुविधा प्रदान गरिएको हो । उहाँले विद्यालयमा बालविकासदेखि कक्षा ७ सम्म २५ जना बालबालिका रहेको र ती विद्यार्थीमध्ये कक्षा १ देखि ७ सम्मका २० जना विद्यार्थीलाई विद्यार्थीलाई विद्यालयमै आवासीय सुविधा दिएर राख्ने कार्य भइरहेको बताए । यस वर्षबाट अभिभावकलाई...
आठ महिनामा ५६ अर्ब बराबरको खाने तेल निर्यात

आठ महिनामा ५६ अर्ब बराबरको खाने तेल निर्यात

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१३, चैत काठमाडौं । नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खाने तेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खाने तेल बेच्दा निर्यात उल्लेख्य रूपमा बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । अर्थात् गत वर्षको तुलनामा यस वर्ष नेपालको निर्यातमा खाने तेलको निकै ठूलो हिस्सा देखिएको छ । पछिल्लो आठ महिनामा रू. एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले रू। ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको भटमास ९सोयाबिन० तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, रू. सात अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल, रू. पाँच अर्ब ८३ करोड ७३ लाखको अलैँची, रू। चार अर्ब ३२ करोड ३९ लाखको कार...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१३, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहनेछ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ २७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ १२ पैसा र बिक्रीदर नौ र...

दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३, चैत काठमाडौं । आज संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा बैंकिंक कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी...
आजको मौसम : यी  प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१३, चैत काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । दिउसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।...