ताजा अपडेट

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा नियुक्त

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, चैत काठमाडौ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रालयमा नियुक्त भएका प्युठानका थापालाई पद तथा गोपनीयताको शपथ पनि गराएका छन् । थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने मन्त्री पौडेलको विश्वास छ ।...
महानगरले जफत गरेको सामान फिर्ताको माग गर्दै डिपोमा कवाड व्यवसायीले दिए धर्ना

महानगरले जफत गरेको सामान फिर्ताको माग गर्दै डिपोमा कवाड व्यवसायीले दिए धर्ना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१२, चैत काठमाडौं । कवाड व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाको टेकु डिपोमा धर्ना दिएका छन् । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरपालिकाले जफत गरेको साइकल र सामान फिर्ताको माग गर्दै टेकु डिपोमा धर्ना दिएका हुन् । उनीहरूले आज आफ्नो कमाइ खाने साधन खोसेर राखेको भन्दै आज महानगरको डिपोमै धर्ना दिएको संर्घष समितिले जनाएको छ । महानगरले आफूहरूमाथि ज्यादती गरिरहेको भन्दै कवाड व्यवसायीले विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आइरहेको छ । ...
समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली

समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१२, चैत काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारविरुद्ध लागि परेको बताएका छन् । आज ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने सङ्कल्पका साथ अघि बढिरहेको भएपनि विरोधीहरु सपना साकार पार्न नदिन लागि परेको उल्लेख गरेका हुन् । उनले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो नभइरहेको बताए । उनले प्रतिपक्षहरु कसरी आफू बच्ने र सरकार र अरुलाई बद्नाम गर्ने भन्नेमा लागेको बताए । देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा आफ्नो ध्यान रहने उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले भन्नुभयो, ूहामीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई ...
पूर्वप्रधानमन्त्री खनालद्वारा नेता कोइरालाको निधनप्रति दुस्ख व्यक्त

पूर्वप्रधानमन्त्री खनालद्वारा नेता कोइरालाको निधनप्रति दुस्ख व्यक्त

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, चैत काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह इञ्चार्ज अशोक कोइरालाको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । पूर्वप्रधानमन्त्री खनालले आज शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । मष्तिस्कघातका कारण ६३ वर्षीय कोइरालाको उपचारका क्रममा सोमबार शिक्षण अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आलोकनगरिस्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १: ०० बजेसम्म राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।...
त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु

त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१२, चैत काठमाडौं । कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०३-००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भइ भरतपुर महानगरपालिका-२९ स्थित चौध किलोमा त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सह चालक दुबै जना घाइते भएका थिए । घाइतेमध्ये चालक यादवको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८:३० बजे मृत्यु भएको उनले बताए । ट्रकका सहचालक रौतहटको गरुडा नगरपालिका-५ का १९ वर्षीय असुन्द्रकुमार यादव घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
सुनको मूल्य घट्यो,आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो,आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१२, चैत काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । दुई सय रुपैयाँले घटेर आज तोलामा एक लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल व्यवसायी महासंघले जनाएको छ । सोमवार एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।...
कामपाले गर्‍यो कारागारभित्र सञ्चालित विद्यालयहरूको आधारभूत तह परीक्षाको अनुगमन

कामपाले गर्‍यो कारागारभित्र सञ्चालित विद्यालयहरूको आधारभूत तह परीक्षाको अनुगमन

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, शिक्षा, समाचार
१२, चैत काठमाडौं । काठमाडौँ महानगरपालिकाले केन्द्रीय कारागारभित्रका विद्यालयहरूमा सञ्चालन गरिएको आधारभूत तह अन्तिम परीक्षाको अनुगमन गरेको छ । महानगरपालिकाको शिक्षा विभागका टोलीले आज मंगलबार ३ वाट विद्यालयको भौतिक अवस्था, विद्यालयमा उपलब्ध सुविधा, पठन प्रक्रियासँगै आधारभूत तह अन्तिम परीक्षाको अनुगमन गरेको हो । त्यहाँ ३ वटा विद्यालय छन् । जगन्नाथ माध्यमिक विद्यालय कक्षा १२ सम्म सञ्चालित छ । बन्दी विकास आधारभूत विद्यालय कक्षा ८ सम्म सञ्चालित छ । यस्तै श्री महिला बन्दी आधारभूत विद्यालय कक्षा ५ सम्म सञ्चालन भएको छ । यी विद्यालयमा बालिग परीक्षार्थी छन् । जगन्नाथ माध्यमिक विद्यालयबाट २० जना परीक्षार्थीले आवेदन दिएका थिए । उनीहरूमध्ये श्री महिला बन्दी आधारभूत विद्यालयका १० जना महिला विद्यार्थी छन् । विद्यालय कक्षा ५ सम्म मात्र भएकोले उनीहरूले जनन्नाथबाट परीक्षा आवेदन दिए । परीक्षा भने महिला ...
त्रिशूलीमा ट्रक खस्यो

त्रिशूलीमा ट्रक खस्यो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१२, चैत काठमाडौं । चितवनको भरतपुर–२९ स्थित चौध किलोमा आज एक ट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको छ । नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो । घटनालगत्तै प्रहरी चौकी जुगेडीबाट खटेको प्रहरी नायव निरीक्षक ठाकुर प्रसाद पनेरुको कमान्डको टोलीले चालक र सहचालकको उद्धार गरेको छ । यद्यपि चालक राम नारायण यादवको सरकारी अस्पताल भरतपुर बिहान ८ः २० बजे मृत्यु भएको बताइएको छ । सहचालक सुन्द्र कुमार यादवको भने उपचार जारी रहेको छ । सवारी साधनमा पूर्ण रूपमा क्षति भएको र ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको बताइएको छ ।...
आज दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

आज दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

ताजा अपडेट, वातावरण, समाचार
१२, चैत काठमाडौं । आज दासत्व र ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो । विशेषगरी अफ्रिकी मुलुकहरूबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिकालगायत विकसित राष्ट्रले मानिसलाई दासका रूपमा काममा लगाएकाले त्यसको उन्मूलनका निम्ति उक्त ऐन पारित भएको सम्झना तथा सधैँ काममा जोतिनुपरेका ती श्रमिकको सम्मान एवं सम्झनामा यो दिवस मनाउन थालिएको हो । उक्त ऐनले कुनै पनि व्यक्तिलाई दासका रूपमा बेच्न, स्थानान्तरण, प्रयोग वा दासका रूपमा व्यवहार गर्न, खरिद बिक्री र विनिमयलाई पूर्ण रूपमा निषेध गरेको छ । संसारभरिका श्रमिकलाई ससम्मान पारिश्रमिकसहित काममा लगाउनुपर्नेमा यो दिवसले जोड दिएको छ ।...
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१२, चैत काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरेको भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले जानकारी दिए । घिसिङ दोस्रो पटक २०७८ साउन २५ गते कार्यकारी निर्देशक नियुक्त भएको थियो । मन्त्री अधिकारीले मन्त्रीपरिषद् बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएपछि नयाँ कार्यकारी निर्देशकका रूपमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको जानकारी दिए । उनी लामो समयदेखि प्रसारण लाइनको गुरुयोजना, विद्युत् माग प्रक्षेपणका काममा सक्रिय थियो । गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गत...