ताजा अपडेट

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१२, चैत काठमाडौं । आज तीन संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ । अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । यसैगरी सार्वजनिक लेखा समितिको बैठक पनि दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा हुलाकी, बिपी र अरनिको राजमार्गलगायत राष्ट्रिय राजमार्गहरूको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।...
आज चैत्रकृष्ण एकादशी, पापमोचनी एकादशी व्रत गरिँदै

आज चैत्रकृष्ण एकादशी, पापमोचनी एकादशी व्रत गरिँदै

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१२, चैत काठमाडौ । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो । यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताएका थिए । पहिला वसन्त ऋतुका बेलामा अप्सराहरूले विहार गर्ने चैत्ररथ नाम गरेको वन थियो । त्यो वनमा च्यवन ऋषिको आश्रममा मेधावी नाम गरेका ऋषि तपस्या गरेर बसेका थिए । मञ्जुघोषा नामकी अप्सराले ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाइन् । ऋषिको तपस्या समाप्त पार्दै आचार–विचार, तपस्या, नियम–आचरण सबै लोप बनाइन् । स्वर्ग जान मेधावी ऋषिलाई बिन्ति गर्न लागिन् र ऋषि मोहमा पर्दै तिमी आजै आएकी हौँ । अहिले मसँग बस र भोलि बिहान उज्यालो भएपछि जाउली’ भन्न थाले । ती दुवैको ५५ वर्ष, नौ महिना, त...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१२, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आज घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ २८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५५ रुपैयाँ १८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ११ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४९, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ २७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी ये...
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
१२, चैत काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् । विराटनगर जारी १० औँ महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए, तर नेतृत्वले निर्वाचन हुन दिएनन्, दाबी छाड्नुअघि उनले भावुक सम्बोधन गरेका थिए । केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए,महासचिव हिरामान लामा नै दोहोरिएका छन् । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।...
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१२, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।...
नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले

नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, चैत काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी र सरकार वर्तमान नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ । कुनै विषय भए कूटनीतिक माध्यमबाट समाधान गरिने र बलियो विकास साझेदारी अगाडि बढाइने एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।आज एक विज्ञप्ति जारी गर्दै उनले परराष्ट्र नीति र बाह्य सम्बन्ध जस्ता विषयमा कुनै समाचार वा टिप्पणी प्रस्तुत गर्नु पूर्व पार्टीको आधिकारिक धारणा बुझ्न सञ्चारमाध्यमहरूलाई अनुरोध पनि गरेका छन् । केही स्वदेशी र विदेशी मिडियाहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडिको जनप्रदर्शनको विषयलाई लिएर बोलेको भनिएका कुराहरू सत्य नभएको पोखरेलको भनाइ छ । उनले भनेका छन्, ‘यी समाचारले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारतबीचको युगौँ पुरानो सम्बन्धमा आशंका बढाउने दुराशय बोकेका छन् ।’नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्र नेप...
विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
११, चैत काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उप्रेतीलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । गत मंसिर १२ गतेको सर्वोच्चको फैसलाले उनलाई दुई करोड ५५ लाख १६ हजार ४ सय ८३ रुपैयाँ जरिवाना र ६ महिना कैद ठहर गरेको थियो । त्यसयता फरार रहेका उनलाई हिजो (आइतबार) काठमाडौँ महानगरपालिका-१६ स्थित वनस्थलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ गरेको सिआईबी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुधीर राज शाहीले बताए । उप्रेतीलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो । उनलाई आजै डिल्लीबजार कारागार चलान गरिएको एसपी शाहीले बताएका छन् ।...
विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दैछ : मन्त्री भट्टराई

विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दैछ : मन्त्री भट्टराई

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, चैत काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रूपमा स्थापित गर्ने गरी कानुन बनाउन सुझाव दिएकी छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा सहभागी भएकी मन्त्री भट्टराईले विधेयकलाई विश्वविद्यालयहरूमा देखिएको क्यालेन्डर, जनशक्ति व्यवस्थापन र विश्वविद्यालयको जिम्मेवारीका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन् । उनले पछिल्लो समय विश्वविद्यालयमा हुने झैझगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गएको समेत बताइन् । उनले भनिन्, ‘हामीले यो विश्वविद्यालयलाई अहिलेसम्मका विश्वविद्यालय र अब बन्ने विश्वविद्यालयमा समेत एउटा मानक स्थापित गर्नसकौँ । अहिले विश्वविद्यालयभित्र तीनवटा समस्याहरू रहेका छन् । एउटा क्यालेन्डरको कुरा, अर्को त्यह...
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस

स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, चैत काठमाडौं । पद्मकन्या क्याम्पस बागबजारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा प्यानलै जितेका नेविसंघका बागीले विजय जुलुस निकालेका छन् । चैत ७ गते भएको स्ववियु चुनावमा पद्मकन्यामा नेपाल विद्यार्थी संघ (नेविसंघ) को बागी उम्मेदवारको प्यानलै विजयी भएको थियो । जितको खुसीमा उनीहरूले सोमबार विजय जुलुस निकालेका हुन् । विजय जुलुस क्याम्पस परिसरबाट सुरु भइ रत्नपार्क, त्रिचन्द्र कलेज, कमलादी, पुतलीसडक हुँदै पुनः पद्मकन्यामा पुगेको थियो ।...
क्षयरोग न्यूनीकरण गर्न प्राथमिकता बदल्नुपर्ने जरुरी देखियो : स्वास्थ्यमन्त्री पौडेल

क्षयरोग न्यूनीकरण गर्न प्राथमिकता बदल्नुपर्ने जरुरी देखियो : स्वास्थ्यमन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, चैत काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकता बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरू बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताए  । उनले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताए । खर्च गर्ने तर शतप्रतिशत उपलब्धि हासिल नभइरहेको अवस्था रहेको भन्दै उनले शतप्रतिशत उपलब्धि हासिल गर्नेगरी नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरू उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाए ।...