जङ्गल छाड्न मानेनन् विदेशी पर्यटक, खाली हात फर्के प्रहरी
११, चैत कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा गैरकानुनी तरिकाले बसिरहेका विदेशी नागरिकले प्रशासनको निर्देशन अटेर गरेका छन् । उनीहरू बस्दै आएका जङ्गल तत्काल नछाड्ने अडान लिएपछि प्रहरी खाली हात फर्केका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार २४ घण्टाभित्रै जङ्गल छाड्न निर्देशन दिएको थियो । निर्देशनपछि १३५ जनामध्ये ४५ जनाले जङ्गल छाडेर गइसकेका छन् भने अझै ९० जना विदेशी पर्यटक त्यहीँ बसिरहेका छन् । निर्देशनको अटेरी गरेपछि प्रहरीको एक टोली उनीहरू बसेको ठाउँमा गएको थियो तर जति आग्रह गरे पनि उनीहरूले ठाउँ नछाडेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घ साउदले बताए ।
उनले भने, “विदेशी भएका कारण हामीले बल प्रयोग गरेनौँ, केही दिनमै आफैँ हामीहरू गइहाल्छौँ भनेका छन् फेरि उनीहरूबाट समुदाय वा अरू कुराको त्यस्तो क्षति पनि नदेखिएका कारण हामी उनीहरूलाई...









