ताजा अपडेट

आज विश्व मौसम विज्ञान दिवस

आज विश्व मौसम विज्ञान दिवस

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१०, चैत काठमाडौं । आज विश्व मौसम विज्ञान दिवस हो । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकामा विगत केही दशकयता जलवायु परिवर्तन र त्यसले मानव सभ्यता र यो विश्वलाई नै प्रभाव पार्ने सङ्कटपूर्ण परिस्थिति उत्पन्न भएको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ ।...
मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमण गर्ने ११ पर्यटकको लेक लागेर मृत्यु

मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमण गर्ने ११ पर्यटकको लेक लागेर मृत्यु

ताजा अपडेट, पर्यटन, वातावरण, समाचार
१०, चैत मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो । सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङको भ्रमणका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ आउनेमध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ–४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको उनले बताए। लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार २०८१ वैशाखमा दुई, जेठमा एक, असोजमा दुई, कात्तिकमा पाँच र पुसमा एक पर्यटकको लेक लागेर मृत्यु भएको हो । लेक लागेर मृत्य...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१०, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ ८० पैसा र बिक्रीदर १४९ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४५ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७३ , क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९६ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा,...
एसइईमा मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

एसइईमा मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

ताजा अपडेट, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
१०, चैत पर्सा । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । प्रजिअ अर्यालले माइस्थान विद्यापिठ माध्यमिक विद्यालय वीरगन्जका केन्द्राध्यक्ष मुनिलाल कर्णले परीक्षाको मर्यादा र अनुशासन परिपालनामा पर्याप्त सावधानी तथा सतर्कता अपनाएको नदेखिएकाले निजलाई सचेत गराउने निर्णय गरिएको बताए। सोही केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविधि संकास्पद देखिएकाले निजलाई परीक्षा अवधिभर उक्त परीक्षा केन्द्रमा प्रवेश नगराउने निर्णय भएको उनले बताए । बैठकले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा परीक्ष...
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१०, चैत काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पह...
बागमती प्रदेश सरकारको २५ प्रतिशत मात्र बजेट खर्च

बागमती प्रदेश सरकारको २५ प्रतिशत मात्र बजेट खर्च

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
९, चैत बागमती । बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ। प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालका अनुसार चालु आव २०८१/८२ को आठ महिनाको अवधिमा कूल बजेटको २५ दशमलव ६२ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा आठ महिना सकिँदा रु १० अर्ब ५० करोड २९ लाख नौ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । सो अवधिमा चालुतर्फ ३५ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १९ दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४७ दशमलव ६९ प्रतिशत, प्रदेश सभा ...
पूर्वराजा शाहद्वारा गोरखनाथ मन्दिरमा पूजा अर्चना

पूर्वराजा शाहद्वारा गोरखनाथ मन्दिरमा पूजा अर्चना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
९, चैत काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजा गरेका छन् । शनिवार पूर्वराजा शाहले ती मन्दिरमा पूजा अर्चना गरेका हुन् । शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ । शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ । सो अवसरमा पूर्वराजा शाहलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए । पूर्वराजा शाहले मनकामना मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ...
पानीका स्रोतहरूको संरक्षण गर्न राष्ट्रपति पौडेलको आह्वान

पानीका स्रोतहरूको संरक्षण गर्न राष्ट्रपति पौडेलको आह्वान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, चैत काठमाडों । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व पानी दिवस २०२५  (२२ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै पानीका स्रोतहरूको संरक्षणमार्फत पर्यावरण सन्तुलन कायम राख्न सबैलाई प्रेरित गरेका छन् । राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष २२ मार्चलाई विश्व पानी दिवसका रूपमा मनाइँदै आएको उल्लेख छ। नेपालमा यस वर्ष ‘हिमनदी संरक्षण’ भन्ने नाराका साथ विविध जनचेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइँदैछ । राष्ट्रपतिले पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको उल्लेख गर्दै पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भएको र प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकसित भएको स्मरण गरेका हुन् । उनका अनुसार जीवनको अस्तित्व जोगाउ...
माओवादी केन्द्रको वैदेशिक रोजगार शाखा गठन

माओवादी केन्द्रको वैदेशिक रोजगार शाखा गठन

ताजा अपडेट, राजनीति, समाचार
९, चैत काठमाडौं । नेकपा माओवादी केन्द्र निकट उपत्यका विशेष प्रदेश उद्यमी महाशाखा वैदेशिक रोजगार शाखा गठन भएको छ । शुक्रबार सम्पन्न शाखाको दोस्रो भेलाले ईगल म्यानपावर कन्सल्ट्यानटका प्रालिका सञ्चालक कृष्ण ढकालको अध्यक्षतामा १३ सदस्यीय वैदेशिक रोजगार शाखा गठन गरेको हो । शाखाको उपाध्यक्षमा साउदी नेपाल रिक्रूटमेन्ट प्रालिका सञ्चालक सोम तामाङ, अल फलस ग्रूप ह्युमन रिसोर्स प्रालिका सञ्चालक राजु शर्मा र त्रिपाल स्टारका सरोज लामा रहेका छन् । सचिवमा याशिन ओभरसिजका इन्द्र मणि न्यौपाने, सहसचिवमा फरेभर ह्युमन रिसोर्स प्रालिका रवीन्द्र राई रहेका छन् भने कार्यसमिति सदस्यमा भैरव इन्टरनेशनल प्रालिकी सञ्चालिका सुमिना तामांङ, यभो सपोर्ट ह्युमन रिसोर्स प्रालिका सञ्चालक विमल बस्नेत, पर्सा ओभरसिज प्रालिका इन्द्र तामाङ, ईम्पावर ओभरसिज प्रालिका तारा मणि राई, कान्तिपुर ओभरसिज प्रालिका नवराज पाण्डे, अरेबियन सेन्...
चिया निर्यात ५० दशमलव प्रतिशतले बढ्यो

चिया निर्यात ५० दशमलव प्रतिशतले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
९, चैत झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको आठ महिनामा चिया निर्यात ५० दशमलव ४० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउनदेखि गत फागुनसम्ममा रु तीन अर्ब २० करोड दुई लाख ९१ हजार मूल्य बराबरको चिया निर्यात भएको हो । उक्त अवधिमा १२ हजार पाँच सय ७६ दशमलव ३५ मेट्रिकटन चिया निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत आवको सोही अवधिमा रु दुई अर्ब १२ करोड ७६ लाख ३७ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो । कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म अलैँचीको निर्यात १२ दशमलव आठ प्रतिशतले बढेको छ । हुमागाईंका अनुसार चालु आवको आठ महिनामा रु पाँच अर्ब ८३ करोड ७३ लाख ६८ हजार मूल्य बराबरको अलैँची निर्यात भएको छ । गत आवको सोही अवधिमा रु पाँच अर्ब १७ करोड २६ लाख ९७ हजार मूल्य बराबरको अलैँची निर्यात भएको थियो । भन्सार कार्यालयका अनुसा...