ताजा अपडेट

पाँच दिनदेखि बेपत्ता युवा मृत फेला

पाँच दिनदेखि बेपत्ता युवा मृत फेला

ताजा अपडेट, वातावरण, समाचार
९, चैत तनहुँ । तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवा मृत फेला परेका छन् । ऑबुखैरेनी गाउँपालिका–२ एक्लेफॉटस्थित मर्स्याङ्दी नदीमा आज ती युवा मृत फेला परेका हुन । मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३० वर्षीय राहुल कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । एक्लेफॉटस्थित ऐना होटलमा काम गर्ने कुमाल यही चैत ५ गतेदेखि बेपत्ता थिए । सशस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।...
आज विश्व पानी दिवस मनाइँदै

आज विश्व पानी दिवस मनाइँदै

ताजा अपडेट, वातावरण, समाचार
९, चैत काठमाडौँ । हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ । पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ । सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ । संसारभर ...
दैनिक जीवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत पानीको महत्त्व छ : मन्त्री खड्का

दैनिक जीवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत पानीको महत्त्व छ : मन्त्री खड्का

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, चैत काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत भएको मुलुक मध्येको नेपाल पनि एक भएकाले पानीको संरक्षणमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन् । शनिबार प्रथम राष्ट्रिय पानी सम्मेलन’ मा बोल्दै मन्त्री खड्काले पानीको सही सदुपयोग र सही उपयोग गर्न सके दैनिक जीवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुर्‍याउने बताएका हुन् । उनले भने, ‘पानी बिना जीवन एकछिन कल्पना गर्न पनि हामीलाई गाहे छ । सबैभन्दा बढी पानी अर्थात् जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भनेर यसको उपयोग गर्दैगर्दा हामी महसुस गर्न सक्छौं । यसरी तुलनात्मक ढंगले यसलाई हेरेर यसको संरक्षणमा लाग्नु आजको आवश्यकता हो। यसलाई सही सदुपयोग र उपयोग गर्नु आजको आवश्यकता हो।...
दलितको घरमा डोजर लगाइएकोमा संसदीय छानबिन गर्न माग

दलितको घरमा डोजर लगाइएकोमा संसदीय छानबिन गर्न माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, चैत काठमाडौं । दलितको घरमा डोजर लगाइएको घटनाबारे संसदीय छानबिनको माग आएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले संसदीय छानबिन समिति गठनको माग गरेका हुन् । सांसद भुवनबहादुर सुनारले घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र आयोजक बजरंगी बाबा फरार रहेको भन्दै खोजी गर्न सरकारको ध्यानाकर्षण गरे । साथै यो घटनामा संसदीय छानबिन हुनुपर्ने बताए ।‘उच्च स्तरीय संसदीय छानबिन समिति गठन गर्न बेजोड माग गर्दछु,’ उनले भने । सांसद मदनकुमारी शाह गरिमाले जातीय छुवाछुतमुक्त मुलुक घोषणा भएको १८ वर्ष हुँदा समेत यस्ता घटना हुनु दुस्खद् रहेको बताए । यो घटनामा निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए । सांसदहरू गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, तुल प्रसाद विश्वकर्मा लगायतले पनि यो घटनामा सरकारको ध्यानाकर्षण गरेका थिए ।...
एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा

एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, चैत काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् । पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले शपथ लिएका थिए । महासचिव शंकर पोखरेललाई सम्बोधन गरेर उनले बुझाएको राजीनामा पत्रमा आफू प्रेस चौतारीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारी नलिने मनसाय नरहेको उल्लेख छ ।...
वसन्तपुर स्थित नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइयो

वसन्तपुर स्थित नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइयो

ताजा अपडेट, वातावरण, समाचार
८, चैत काठमाडौं । वसन्तपुर डबलीमा रहेको नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइएको छ । २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको सो भवन भत्काइएको हो । २०७९ फागुन ११ मा बसेको महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा समिति बनाएर सो जीर्ण भवन भत्काउन सिफारिस गरेको थियो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम सो भवन संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो ।...
बढुवा भएका दुई जना एसपीलाई दर्ज्यानी चिन्ह प्रदान

बढुवा भएका दुई जना एसपीलाई दर्ज्यानी चिन्ह प्रदान

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, चैत काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ डीएसपीबाट एसपीमा बढुवा भएका दुई जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । रविन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेतलाई आईजीपी दीपक थापाले शुक्रवार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उनीहरूलाई फागुन २८ मा बढुवा समितिले एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनीहरू यसअघिको बढुवामा छुटेका थिए ।...
उपत्यकाका १३ पानी पोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था

उपत्यकाका १३ पानी पोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, चैत काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ । मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए । सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ । यसैबीच, केयुकेएलले परीक्षणका रुपमा चःमती र अनामनगर क्षेत्रमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको जनाएको छ ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
८, चैत काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार भने १ लाख ७६ हजार रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार भने घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।...
लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिन्छ : पर्यटनमन्त्री पाण्डे

लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिन्छ : पर्यटनमन्त्री पाण्डे

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, चैत काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीहरुको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएका छन् । दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई शुक्रवार बिहान सम्बोधन गर्दै मन्त्री पाण्डेयले विश्वभरका शान्तिप्रियहरुको पनि पवित्र स्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको उल्लेख गरे । चिनिया दुताबाससँगहको सहकार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहित विभिन्न निकायहरूको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सवको शुक्रवार बिहान उद्घाटन समारोह गरिएको हो । मन्त्री पाण्डेयले लुम्बिनी बौद्ध धर्माम्बलम्बीहरुको आस्थाको केन्द्र मात्रै नभई विश्वव्यापी रूपमा लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिने बताउनुभयो । उहाँले विश्व सम्पदा सूचीमा रहेक...