नारायणघाट- बुटवल सडकस् पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
८, चैत काठमाडौं । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ ।
नारायणघाट बुटवल सडक आयोजना पूर्वखण्ड कार्यालयका अनुसार हालसम्म यो बाटोमा ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । गैँडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ । यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन् ।
निर्माण पूरा भएका पुलमा लिङ्करोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने उक्त कार्यालयका सूचना अधिकारी शिव खनालले बताए । विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ ।
केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति भएपछि पथान्तरण गरेर सवारीसाधन सञ्चालन भएका छन् । सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पन...









