ताजा अपडेट

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
६, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।...
प्रधानमन्त्रीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक

प्रधानमन्त्रीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५, चैत काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको भने गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरुमा ध्यान दिन जोड दिइएको छ । बैठकमा कुलपति ओलीले चिकित्सा शिक्षाका साथै पोखरा र त्यस क्षेत्रका बासीको स्वास्थ्य सेवालाई प्रभावकारी र सुशासनयुक्तरुपमा प्रदान गर्न निर्देशन दिएका छन् । उनले आर्थिक वर्ष लाग्नुपूर्व नै बजेट तथा कार्यक्रम पारित गराउन आग्रह गरे । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा। डुकबहादुर क्षेत्रीले प्रतिष्ठानबाट आफ्नो कार्यकालमा भएका प्रा...
काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा.वाग्लेले लिए शपथ

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा.वाग्लेले लिए शपथ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
५, चैत काठमाडों । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा। डा। अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिएका हुन् । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा। वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ ९४० बमोजिम सोमबार नियुक्त गरेका हुन् । शपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा। दीपक काफ्लेलगायत सहभागी थिए ।...
मतपत्रमा त्रुटि भएपछि पिएन क्याम्पस पोखरामा सुरु भएन मतदान

मतपत्रमा त्रुटि भएपछि पिएन क्याम्पस पोखरामा सुरु भएन मतदान

ताजा अपडेट, राजनीति, समाचार
५, चैत काठमाडौं । पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु निर्वाचनका लागि छापिएको मतपत्रमा त्रुटि भएको छ । अखिल छैटौँको चुनाव चिह्न विना मतपत्र छापिएपछि विवाद भएको छ । सोही विवादका कारण बिहान ८ बजेबाट हुने भनिएको मतदान अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।मतपत्रमा चुनाव चिह्न नै छुटेको पाइएपछि फेरि मतपत्र छाप्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । समानुपातिकतर्फको मतपत्रमा अखिल छैटौँको चुनाव चिह्न थिएन । मतपत्रमा चुनाव चिह्न छुटाएर निर्वाचन समितिले चुनाव प्रभावित पार्न खोजेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । अहिले पृथ्वीनारायण क्याम्पसबाहिर विभिन्न विद्यार्थी संगठनले कोण सभा गर्दै छिटो चुनाव गर्न दबाब दिइरहेका छन् । ९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत पृथ्वीनारायण क्याम्पसमा अहिलेसम्म नेकपा एमाले निकटको अनेरास्ववियुले चुनाव ज...
अछाम केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

अछाम केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

ताजा अपडेट, वातावरण, समाचार
५, चैत काठमाडों । अछाम जिल्लाको बटुलासेन आसपास केन्द्रबिन्दु भएर मङ्गलवार बिहान ६ः३३ बजे स्थानीय म्याग्निच्युड ४.३ को भूकम्प गएको छ। नेपाल भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प सुदूरपश्चिम क्षेत्रमै महसुस गरिएको थियो। हालसम्म कुनै ठुलो क्षति वा मानवीय हताहतको जानकारी आएको छैन । नेपाल भूकम्प प्रवृत्त क्षेत्रभित्र पर्ने भएकाले यहाँ साना परकम्पहरू जाने क्रम जारी रहन सक्ने विज्ञहरूले बताएका छन् । भूकम्पको थप विवरण सङ्कलन भइरहेको केन्द्रले जनाएको छ ।...
आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५, चैत काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो । थापा प्रहरीको ३१ औं आईजीपी बन्न सफल भएका छन् । यसअघि नेपाल प्रहरीको ३०औं आईजीपी वसन्त कुँवर थिए । उनी सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएसँगै थापा ३१ औं आईजीपी बनेका हुन्  । उनीसँगै आईजीपी हुने प्रतिस्पर्धामा सुदीप गिरी र टेकबहादुर तामाङ थिए।...
महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खस्यो, मतदान जारी

महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खस्यो, मतदान जारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, चैत काठमाडौं । महारजगञ्ज चिकित्सा क्याम्पसमा ४ सय मत खसेको छ । क्याम्पस प्रमुख डा. सुरेश उप्रेका अनुसार १०स्४५ सम्म ४ मत खसेको हो । ‘शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने । महारजगन्ज चिकित्सा क्याम्पसमा १६७१ मतदाता रहेका छन ।
शिक्षकहरूका लागि निवृत्तिभरण कोष वैशाखबाट लागू हुने

शिक्षकहरूका लागि निवृत्तिभरण कोष वैशाखबाट लागू हुने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
५, चैत काठमाडौं । शिक्षकहरूको लागि निवृत्तिभरण कोष २०८२ वैशाखबाट लागू हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक सूचनामार्फत जानकारी दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार प्रतिनिधि सभामा संशोधन स्वीकार गर्दै ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ मा आवश्यक व्यवस्था गर्न सहमति दिएका हुन् । विधेयक, २०८१ मा विधेयकको दफा १२ मा रहेको निवृत्तभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि देहायको (क) शिक्षक सेवा’ थप गर्न प्रस्ताव भएकोमा निवृत्तभरण कोष ऐन, २०७५ मिति २०७५र१२र४ बाट प्रारम्भ भएकोमा विधेयकमा प्रस्तावित व्यवस्थाको भूत प्रभावी असर नहुने सुनिश्चितताको लागि निम्न बमोजिम संशोधन स्वीकार गर्दछु ।’ भनिएको छ । अब निवृत्तिभरण कोष ऐन, २०...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
५, चैत काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।...
महेन्द्ररत्न क्याम्पस ताहाचलमा मतदान जारी

महेन्द्ररत्न क्याम्पस ताहाचलमा मतदान जारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, चैत काठमाडौं । महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्वतन्त्र विद्यार्थी युनिनय (स्ववियु) चुनावको मतदान भइरहेको छ । क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहालका अनुसार मतदान शान्तिपूर्ण वातवरणमा भइरहेको छ । १०: २५ सम्म २ सय मत खसेको छ । ‘धमाधम मतदान भइरहेको छ । कुल विद्यार्थ ३५ सय भएपनि १६ सय १५ जनाले भर्ना गरेर कार्ड लिएका छन् । भर्ना भएकाले मतदान गर्ने छन्,’ उनले भने ।...