ताजा अपडेट

आज ६ वटा समितिको बैठक बस्दै

आज ६ वटा समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५, चैत काठमाडौं । मंगलबार छ संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ ।यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची छ । त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बोलाएको छ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य सर्त रहेको ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरिनेछ । त्यसपछि विधायन व्यवस्थापन समितिको बैठक साढे ११ बजे नै बस्ने भएको छ । बैठकमा उत्तर विधायीकी परीक्षण सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।...
प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
५, चतै काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलबार दुई खेल हुँदै छन् । आज बागमती प्रदेश र गण्डकी प्रदेशबीच सिद्धार्थनगर रंगशालामा खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । प्रतियोगितामा बागमतीले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने गण्डकी प्रदेशले पनि एक जित र ३ हार बेहोरेको छ । त्यस्तै, आज अर्को खेल कर्णाली प्रदेश र कोशी प्रदेश भिड्दै छन् । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ ।...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
५, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५६ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०० पैसा र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआ...
आरआर क्याम्पसमा मध्यराती अनेरास्ववियुको तालाबन्दी

आरआर क्याम्पसमा मध्यराती अनेरास्ववियुको तालाबन्दी

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
५, चैत काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम तयारी भइरहेका बेला रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेको छ । त्रिविका क्याम्पसमा आज स्ववियु नेतृत्व चयनका लागि मतदान हुँदैछ । आरआरमा भने सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेका बेला अनेरास्ववियुले सोमबार मध्यराति ताला लगाएको हो । क्याम्पस प्रशासनले फर्जी कार्ड नक्कली परिचयपत्र जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको दाबी गरेको छ । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग छ । यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिएका छन् ।सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्...
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
५, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त प्रणालीको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत चल्ने सम्भावना रहेको छ । आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।...
त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
५, चैत काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै संघ संगठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ । सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इ...
पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

ताजा अपडेट, राजनीति, समाचार
४, चैत काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर सेवा सुविधा दिइने वा नदिइने भन्ने स्पष्ट पारिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले पूर्व विशिष्टलाई सेवासुविधा दिनका लागि अहिले कुनै कानुनी व्यवस्था नरहेको, अदालत, महालेखापरीक्षकको कार्यालय र संसदीय समितिहरुलेसमेत कानुन बनाएर सेवासुविधा उपलब्ध गराउन सुझाव दिएका कारण यो कानुन बनाउन लागिएको बताए । यस्तो सेवासुविधा उपलब्ध गराउँदा राज्यकोषमा अतिरिक्त भार नपर्ने उनले स्पष्ट पारे । गृहमन्त्री लेखकले विधेयकको मस्यौदा पेस गर्दा राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस्, सार्वजनिक पदहरुको गरिमा र मर्यादा अभिवृद्धि होस् तथा नागरिक स्वीकार्यता राज्यको सक्षमताबीचमा सन्तुलन होस् भन्ने कुरामा सरकार सजग र सचेत रहेको बताए । जनताले तिरेको कर जनताका प्रतिनिधिले तयार ...
महानगरपालिका र गुणस्तर विभागबीच सहमति पत्रमा हस्ताक्षर

महानगरपालिका र गुणस्तर विभागबीच सहमति पत्रमा हस्ताक्षर

ताजा अपडेट, राजनीति, वातावरण, समाचार
४, चैत काठमाडौं । खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकाबीच आज सहमति पत्रमा हस्ताक्षर भएको छ । महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विभागको सभा कक्षमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन् । खाद्य व्यवसाय अनुगमन तथा खाद्य नमूना परीक्षणको माध्यमबाट खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सहकार्य थालिएको हो । संयुक्त अनुगमन तथा निरीक्षणका लागि घुम्ती खाद्य प्रयोगशालाको सञ्चालनका लागि आवश्यक साधन स्रोतको व्यवस्था महानगरपालिकाले गर्नेछ । अन्य व्यवस्थापन संयुक्त रूपमा हुनेछ । अनुगमन निरीक्षणमा घुम्ती खाद्य प्रयोगशाला, खाद्य प्राविधिक, माइक्रोबायोलोजिष्ट तथा विज्ञसहितको टोलीले संयुक्त टोली हुनेछ । अनुगमन निरीक्षण सम्बन्धी कार्य...
सरकार परिवर्तनको कुनै सम्भावना छैन : एमाले प्रमुख सचेतक

सरकार परिवर्तनको कुनै सम्भावना छैन : एमाले प्रमुख सचेतक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
४, चैत काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले ठूला दुई दलका साथै अन्य केही दल मिलेर बनेको वर्तमान सरकार नै राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको दावी गरे । उनले सरकार परिवर्तन तथा कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने भन्ने बिषयमा समेत कुनै बैठक नभएको स्पष्ट पारे । सरकारमा आउन रुची भएका दलहरुले मात्रै सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ ।...
प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
४, चैत काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११ औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायत विषय समेटिएको घोषणापत्र बुुझाएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुुभकामना दिएका छन् । महासङ्घको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनबाट भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो ।...