ताजा अपडेट

आजको मौसम : हावाहुरी र  वर्षाको सम्भावना

आजको मौसम : हावाहुरी र  वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
४, चैत काठमाडो । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आइतबार साँझ सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र मधेस प...
वडाध्यक्षमाथि रड प्रहार

वडाध्यक्षमाथि रड प्रहार

ताजा अपडेट, राजनीति, समाचार
३, चैत काठमाडौं । पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दिपक सुवेदीमाथि एक पुरुषले रड प्रहार गरेका छन् । आइतबार सार्वजनिक जग्गामा बनाउँदै गरेको संरचना रोक्न गएका बेला आफूमाथि बाझिपोखरीका भूपेन्द्र गिरीले रड हानेको वडाध्यक्ष सुवेदीले बताए । आफूसँग गएका एक जनाले प्रतिरोध गरेकाले रडले चोट भने नलागेको उनले बताए । यता पोखराका मेयर धनराज आचार्यले यो घटनाको निन्दा गरेका छन् । घटनाले विकास र न्यायको मार्गमा ठूलो अवरोध सिर्जना गरेको भन्दै उनले संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरी उल्टै जनप्रतिनिधिलाई हातपात गर्नु गलत भएको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।...
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक स्वीकृत

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक स्वीकृत

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३, चैत काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो। विधेयकको सैद्धान्तिक छलफलमा सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक मुख्य रुपले बजेट कार्यान्वयनको प्रणालीलाई प्रभावकारी बनाउन र बजेट प्रणालीलाई अनुशासित बनाउने उद्देश्यले आएको बताए। “हामीले बजेट निर्माण गर्दा अब अनुशासनतर्फ फर्किन विलम्ब भइसकेको छ। बजेट निर्माणको अनुशासनको गाम्भीर्यतालाई ध्यान दिँदै यो संशोधन आएको हो”, उनले भने।राजस्वले साधारण खर्च धान्न धौधौ भइरहेको अवस्थालाई चित्रण गर्दै उपप्रधानमन्त...
बाल सुधार गृहलाई सुरक्षित बनाउन सांसदहरूको माग

बाल सुधार गृहलाई सुरक्षित बनाउन सांसदहरूको माग

ताजा अपडेट, राजनीति, समाचार
३, चैत काठमाडौं । सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बाल सुधारगृहमा साना-ठूला उमेर समूहकालाई एकै ठाउँ राखिएकाले पनि बेला बेला तनाव हुने गरेको भन्दै सांसदहरुले सुरक्षित र व्यवस्थित बनाउन माग गरेका छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद रोशन कार्कीले सरकारले बाल सुधार गृह बनाउन खोजेको हो कि ‘बाल बिगार केन्द्र’ रु भनेर प्रश्न गरिन् । महिला तथा सामाजिक मामिला समितिले महिला मन्त्रालय र सम्बन्धित पदाधिकारीलाई बोलाएर निर्देशन दिएको छ । तर सरकारले कुनै पनि प्रकारको ध्यान दिएको छैन । देशका विभिन्न ठाउँका बाल सुधार गृहको अवलोकन गर्दा त्यहाँ न्यूनतम मापदण्ड पालना नभएको, लागुपदार्थ सेवन हुने गरेको र खाना पनि राम्रो नहुने गरेको भन्दै उक्त समस्या समाधान हुनुपर्ने बताइन् । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जेलका कैद...
सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगायो : मन्त्री गुरुङ

सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगायो : मन्त्री गुरुङ

ताजा अपडेट, राजनीति, समाचार
३, चैत काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् । बिज्ञापन बोर्डले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले वर्तमान सरकार गठन भएपछि पहिलो काम मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका हुन् । उनले पुराना ऐन कानुनले सुशासन कायम हुन नसकेको, राजस्व संकलन हुन नसकेको, व्यवसाय प्रवर्ध्दनमा समस्या देखिएको महशुस भएकाले अध्यादेश ल्याउनुपरेको धारणा राखे । मुलुकमा परिवर्तन हुँदा पनि सुशासन कायम हुन नसक्दा जनतामा निराशा उत्पन्न भएकाले विद्यमान अस्पष्ट नीति नियमहरुलाई सुधार गर्न खोजिएको उनले बताए । उनले सरकारको रचनात्मक आलोचना भए सुध्रिने मौका पाउने समेत उल्लेख गरे ।...
समान सहभागिताबाट सकारात्मक परिवर्तन सम्भव : प्रधानमन्त्री

समान सहभागिताबाट सकारात्मक परिवर्तन सम्भव : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आज यहाँ आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रूपमा चित्रण गरेकाले महिलाको समान सहभागिता आवश्यक भएकामा जोड दिए । “रथको एउटा पाङ्ग्रो मात्रै चलेर रथ गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ । सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा हामीले महिलालाई स्थापित गरिसकेका छौँ । राजन...
स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३, चैत काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रम गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिवेदन सार्वजनिक गरेका हुन्। मन्त्री पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताएका छन्।स्वास्थ्य बीमा संघ मात्र नभएर स्थानीय सरकारको समेत भएको भन्दै मन्त्री पौडेलले तीनवटै सरकार मिल्ने हो भने यसले सार्थकता पाउने धारणा राखेका छन् । हाल यस्तो रकम ३० अर्ब हाराहारीमा भएको भन्दै पौडेलले जानकारी दिए । स्वास्थ्य बीमा कोष बलियो पार्न एकद्वार प्रणालीमार्फत यो रकम खर्च हुने हो भने अहिले देखिएको आर्थिक अभाव हट्ने उनको दाबी छ। हरेक वर्ष बजेटमा रहेको ३ अर्बले बीमाको खर्च धान्ने अवस्था नभएकाले आगामी बजेटमा यसलाई १० अर्ब पुर्‍याइने मन्त...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
३, चैत काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला चार सय रुपैयाँले घटेर आज तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, चैत काठमाडौं । आइतबार दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ । जसअन्तर्गत अर्थ समितिको बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भइरहेको छ । त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा बैंकिंग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यसूची रहेको छ ।...

चैत तेस्रो साता हिउँदे अधिवेशन अन्त्यको तयारी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३, चैत काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी गरेको छ । सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने भएकाले त्यसअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो । अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी अप्रिल ५ देखि ९ तारिखस (चैत २३ गतेदेखि २७ गतेसम्म) हुँदै छ । ‘त्यसैले सरकारले चैत २० गते अधिवेशन अन्त्यको तयारी गरेको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो । संसदको हिउँदे अधिवेशन गत माघ १८ गते सुरु भएको थियो ।सभामुख विदेश जानु अघि नै पाँच वटा प्रतिस्थापन विधेयक संघीय संसदका दुवै सदनबाट पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्ने तयारी छ । सम्भवतः चैत १८ गते राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने र अधिवेशन अन्त्य गरी सभामुख विदेश जाने तयारी रहेको स्रोतले बतायो । सरकारले हिउँदे अधिवेशन आह्वान हुनुभन्दा...