ताजा अपडेट

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब हुने अनुमान

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब हुने अनुमान

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
६ फागुन, काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२—८३ को बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको छ । सोहीअनुसार  आज मंगलबार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको हो ।  अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट बनाइएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमानसमेत गरेको छ । आयोगले करिब १२ प्रतिशत वृद्धि हुने गरी योजना स्रोतको अनुमान गरिएको पनि जनाएको छ ।   ...
नेपाल फुल माली संघ राैतहटको अध्यक्षमा पुन: मोहन माली चयन

नेपाल फुल माली संघ राैतहटको अध्यक्षमा पुन: मोहन माली चयन

कृषि, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
६ फाल्गुन, राैतहट ।नेपाल फुल माली संघ राैतहटको शनिबार गरुडामा भएको जिल्ला सम्मेलनले पुन: मोहन मालीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । उक्त जिल्ला सम्मेलनबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको नवनिर्वाचित अध्यक्ष मोहन मालीले बताए । उपाध्यक्ष द्वयमा राम विश्वास माली र गुडि देवी,सचिवमा प्रदिप भगत माली,सहसचिवमा लालबाबु भगत माली र कोषाध्यक्षमा उमेश भगत माली चयन भएका छन ।  यस्तै समितिको जिल्ला सदस्यमा भरत माली,बाबु लाल भगत,हरिश्चन्द्र भगत,रामबाबु भगत,हरिनारायण भगत,र विश्वनाथ भगत रहेका छन।त्यसैगरी सल्लाहकारमा रबिन्द्र भगत माली,भरत भगत,शिवशंकर भगत माली,कामोद भगत,रामसागर भगत र रामसागर भगत चयन भएका छन। सम्मेलनको उदघाटन सत्रमा संघका केन्द्रीय अध्यक्ष बलिराम मालीले नेपाल सरकारले फुलबारीलाई माली जातिको पहिचानको रुपमा स्थापित गराउने प्रतिवद्वता जनाए ।ईलाका प्रहरी कार्यालय ग...
पानीजहाजसम्बन्धी विधेयक समितिमा पठाइयो

पानीजहाजसम्बन्धी विधेयक समितिमा पठाइयो

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, फागुन काठमाडौं । ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । मंगलबारको राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राखेको विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्दै समितिमा पठाइएको हो । बैठकमा सरकारको तर्फबाट मन्त्री दाहालले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०र८१ को ६५ औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गरे । राष्ट्रिय सभाको अर्को बैठक फागुन ११ गते आइतबार सवा १ बजे बस्ने गरी स्थगित भएको छ ।...
प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छ : महासचिव पोखरेल

प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छ : महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
६, फागुन दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा निर्माण सुरु गरिएको सभाहलको आज शिलान्यास गर्दै उनले प्राविधिक शिक्षालयमा लगानी वृद्धि गर्नुपर्ने बताए । उनले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । महासचिव पोखरेलले विकसित मुलुकहरूमा प्राविधिक शिक्षामा पहुँच र आकर्षण दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै नेपालमा पनि सोही अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले साधारण शिक्षाभन्दा प्राविधिक शिक्षाले सीप सहितको जनशक्ति उत्पादन हुने बताए । उनले प्राविधिक शिक्षामा विद्यार्थी सहभागिता २२ प्रतिशतसम्म पुर्‍याउन आवश्यक रहेको बताए । महासचिव पोखरेलले नेपाललाई आत्मनिर्भर बनाउन सीपमूलक तथा प्...
तारिखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा

तारिखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा

ताजा अपडेट, राजनीति, समाचार
६, फागुन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको पहिलो तारिखका लागि उनी मंगलबार अदालत उपस्थित भएका हुन् । सो प्रकरणका काठमाडौं जिल्ला अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गरेको थियो । सोही विचाराधीन मुद्दाको तारिखका लागि लामिछाने मंगलबार जिल्ला अदालत पुगेका हुन् ।...
प्रकृति लम्सालको न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन

प्रकृति लम्सालको न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
६, फागुन काठमाडों । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । मङ्गलबार नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन (नेविसङ्घ) पब्लिक युथ कलेजले लम्सालको न्यायका लागि विरोध प्रदर्शन गरेको हो । उनीहरूले नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, जस्टिस फर प्रकृति लम्साललगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी लम्सालको रहस्यमय निधन भएपछि सोमबारदेखि विश्वविद्यालय तनावग्रस्त छ । नेपाली विद्यार्थीहरूलाई छात्रावासबाट निकालेपछि अवस्था झनै तनावग्रस्त बनेको थियो । तर नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक पहल गरेर नेपाली विद्यार्थीलाई छात्रावासमै राखे...
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ

बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
६, फागुन काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीयलाई पक्राउ गरेको हो । उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो । छापा मारेर प्रहरीले २४ भारतीलाई पक्राउ गर्नुका साथै २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरिएको छ ।यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको छ ।...
राष्ट्रसेवक कर्मचारीमाथि बढ्दो दुर्व्यवहारप्रति सांसदहरूको आपत्ति

राष्ट्रसेवक कर्मचारीमाथि बढ्दो दुर्व्यवहारप्रति सांसदहरूको आपत्ति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, फागुन काठमाडौं । राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढ्दै गएकोमा राष्ट्रिय सभाका सांसदहरूले गम्भीर आपत्ति जनाएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले जनप्रतिनिधिबाटै कर्मचारी असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन् । सांसद पदमबहादुर परियारले तनहुँको बन्दीपुर गाउँपालिका–६ का जनप्रतिनिधिले कर्मचारीमाथि आक्रमण गरेको घटनाको विरोध गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। त्यसैगरी, सांसद मनरुपा शर्माले पनि सोही घटनाको निन्दा गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग गरिन् । सांसद रेणु चन्दले सबै प्रकारका विभेद अन्त्य गर्न तथा विभेद गर्नेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्। उता, सांसद विष्णुदेवी पुडासैनीले काठमाडौंमा ढल निकास, खानेपानी, विद्युत् लगायतका संरचना निर्माणमा अन्तरनिकाय समन्वयको आ...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
६, फागुन काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैबीच मंगलबार स्थिर छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम भएको छ ।...
एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल

एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल

ताजा अपडेट, राजनीति, समाचार
६, फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दाहाल निर्वाचित भएका छन् । फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दाहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा गंगालाल तुलाधरले जानकारी दिए । इन्चार्ज तुलाधरकाअनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानीराम चौलागाई, निरू खरेल, दीपक धनुके निर्वाचित भएका छन् । दाहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।...