ताजा अपडेट

प्रतिनिधि सभाको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, फागुन काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, ०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विद्युतीय व्यापार (इ कमर्श) विधेयक, ०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।...
आजको मौसम : यी पाँच प्रदेशमा हिमपातको सम्भावना

आजको मौसम : यी पाँच प्रदेशमा हिमपातको सम्भावना

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
६, फागुन काठमाडौं । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । तराईका भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रद...
गोरखामा पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान

गोरखामा पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
६, फागुन गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ । वाटर इनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको भीषण पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयोजनाको तर्फबाट पहिलो किस्ताको राहत रकम उपलब्ध गराइएको छ । धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारका अनुसार गाउँपालिकाको पहलमा कम्पनीसँग प्रतिमृतक रु तीन लाख र घाइतेलाई रु छ लाख दुई किस्ता गरेर उपलब्ध गराउने सहमति भएको थियो, सोही सहमति बमोजिम मृतकको परिवारलाई पहिलो किस्ताको राहत रकम प्रतिमृतक रु एक लाख ५० हजार र घाइतेलाई रु तीन लाख उपचार खर्च सोमबार उपलब्ध गराइएको हो ।...
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय

नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
६,फागुन भक्तपुर। भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा सोमबार सम्पन्न उपत्यका मेयर्स फोरमको ११औँ बैठकले आगामी वैशाख १ गतेदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको ‘नगरकोट भ्रमण वर्ष’ सफल पार्ने निर्णय गरेको छ । चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोटमा सम्पन्न उपत्यका मेयर्स फोरमको बैठकमा सहभागी बागमती प्रदेशका मुख्यमन्त्री, प्रदेश मन्त्रीहरू, नगर प्रमुखहरू, उपप्रमुखहरूलगायत जनप्रतिनिधिहरूको बैठकले तीनै तहका सरकारले भ्रमण वर्ष सफल पार्न सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नगरकोट भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उपत्यका मेयर्स फोरमसँग सहकार्य गर्दैै अगाडि बढ्न तयार रहेको भन्दै उनले त्यसका लागि नियमित छलफल आवश्यक रहेकामा जोड दिए । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
६, फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ तीन पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । स्विस फ्र्यांक एकको खरिददर एक सय ५३ रुपैयाँ ९९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ६६ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय तीन ...
प्रेस सेन्टरको बागमती प्रदेश अध्यक्षमा अधिकारी चयन

प्रेस सेन्टरको बागमती प्रदेश अध्यक्षमा अधिकारी चयन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६,फागुन सिन्धुपाल्चोक । प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्षमा ध्रुव अधिकारी चयन भएका छन् । सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोसी बीच रिसोर्टमा सम्पन्न प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौँ अधिवेशनबाट अध्यक्षमा मकवानपुरका अधिकारी चयन भएका हुन् । समितिको उपाध्यक्षमा धादिङका राजन अधिकारी, समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अञ्जलि तामाङ, महासचिवमा नवीन श्रेष्ठ, खुला सहसचिवमा सुमन गैरे, खुला सचिवमा मणिसुन्दर कोइराला, जनजाति सचिव रोजन तामाङ, महिला सचिवमा भावना रिजाल, दलित सचिवमा गम्भीर विक र कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् । अधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्नि सापकोटाले गरेका थिए ।...
बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृति मेला सम्पन्न

बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृति मेला सम्पन्न

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
५, फागुन काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ। यहि फागुन २ र ३ गते नगरपालिका परिसरमा भएको मेलामा सयौले रोजगार प्राप्त गर्नुका साथै धेरै विद्यार्थीहरुले इन्टर्नको सुविधा पनि प्राप्त गरेका छन। सो मेलाको उदघाटन शत्रको प्रमुख अतिथि शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री विद्या भट्टराई र समापन शत्रको प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदिप पौडेल रहेको सो मेलामा विभिन्न रोजगारदाता कम्पनि तथा संस्थाहरुले स्टल राखेर आवेदन लिएका थिए। त्यस्तै मेलाको अवसर पारेर बुढानिलकण्ठ नगरपालिकाले नियमित रुपमा संचालन हुने गरी वृति तथा रोजगार परामर्श केन्द्रको पनि शुभारम्भ गरेको छ भने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई परामर्श पनि प्रदान गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको समापन समरोहमा मेलालाई सहयोग गर्ने विभिन्न संघ संस्था...
भुसालको निर्देशनमा बनेको ‘बग्दै होला दरम खोला नि’ गीत सार्वजनिक

भुसालको निर्देशनमा बनेको ‘बग्दै होला दरम खोला नि’ गीत सार्वजनिक

कला, ताजा अपडेट, वातावरण, समाचार, साहित्य
५, फागुन काठमाडौ । बग्दै होला दरम खोला निु बोलको दोहोरी गीत बजारमा सार्वजनिक भएको छ । दुई प्रेमीको प्रेम र वियोगलाई प्रस्तुत गरेको उक्त गीतको निर्देशन र सम्पादनको काम गिरीप्रसाद भुसालले गरेका छन् । उनको कुशल निर्देशनले गीतलाई दृश्यात्मक रुपमा उत्कृष्ट बनाउने काम गरेको छ । भिडियोको छायांकन प्रदीप कँडेलले गरेका छन्। त्यस्तै श्रृङ्गारको काम श्रद्धा कँडेलले गरेकी छन्।गीतकार लक्ष्मण चापागाईंको रचनामा संकल्प सुवेदीले संगीत भरेका छन्। साथै उत्कृष्ट गायकगायिका लक्ष्मण चापागाई र सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजले गीतलाई अझै उत्कृष्ठ बनाएको छ। उक्त गीतको एरेञ्जर रमेश सेञ्चुरीको रहेको छ। त्यस्तै मालश्री रेकडिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो । आफूले प्रेमीबाट पाएको धोकालाई व्यक्त गरेको गीतको भिडियोलाई लक्ष्मण भुसाल, सुप्रिया हमाल तथा रहमान बस्नेतको उत्कृष्ट अभिनयले भावनात्मक रुपमा झनै सम...
देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छ : महासचिव पोखरेल

देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छ : महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
५, फागुन दाङ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका(११ मालेडाँडामा आज श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उनले श्रीमणि आचार्यले देश र जनताका लागि योगदान दिएको बताए । उनले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताए । भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन पोखरेलले आग्रह गरे । यस्ता काममा तीनवटै तहका सरकारको सहकार्य आवश्यक रहेको पनि उनले स्पष्ट पारे । विकासका हरेक काममा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने भएकाले बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलको भनाइ थियो ।...
गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज छ : शेरबहादुर देउवा

गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज छ : शेरबहादुर देउवा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, फागुन काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज रहेको बताएका छन् । मंगलबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘गैरसरकारी संस्थासम्बन्धी काँग्रेसको नीति’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यी संघसंस्थाहरूमा सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुद हुनुपर्छ भन्ने पनि आवाज छ,’ सभापति देउवाले भने । गैरसरकारी संस्थाले परियोजना छनोट गर्दा स्थानीयको चाहना र आवश्यकतालाई ख्याल गर्नुपर्ने उनले सुझाए । ‘हाम्रा हिमालहरू नांगिन थालेका छन् । गैरसरकारी संस्थाहरूले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि व्यक्तिगत पहल गर्न आवश्यक छ,’ सभापति देउवाले भने । एउटै कार्यक्रममा दोहोरो खर्च गर्ने प्रवृत्ति पनि अन्त्य गर्न आवश्यक रहेको उनले सुझाए । जलवायु परिवर्तनले धेरै असर पारेकाले यसमा सबैको...