ग्यास व्यवसायीद्वारा आन्दोलन स्थगित
३०, माघ काठमाडौं । नेपाल ग्यास उद्योग संघले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । बुधबार ग्यास व्यवसायी र सरकारबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलपछि व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गरेका हुन् ।
संघले सरकारले माग पूरा नगरे ग्यास बिक्री वितरण रोक्ने चेतावनी दिएको थियो । आजको छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पूरा गर्ने सरकारले आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्याँस उद्योग संघका पदाधिकारीहरुबीच छलफल भएको थियो ।...








