ताजा अपडेट

सुनको मूल्य २७ सयले बढ्यो , आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य २७ सयले बढ्यो , आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३०, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ७ सय रुपैयाँले बढेर एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर १ हजार ९३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । ...
एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन

एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३०, माघ काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन भएको छ । काठमाडौंको शालीनदी र हनुमानघाटस्थित त्रिवेणीधाममा आज व्रतालुहरुले स्नान एवम् पूजा गरी विधिपूर्वक व्रत समापन गरेका छन् । पुुस शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म स्वस्थानी र माधवनारायण व्रत हुने गर्दछ । आज अन्तिम दिन व्रत समाप्त गर्नेहरुको शाली नदी, गौरीघाट, हनुमानघाटमा घुइँचो छ । नदी, तलाउ आदि क्षेत्रमा जान नसक्नेहरुले घरमै पूजापाठ गरी व्रत समाप्त गरेका छन् । पुुस शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म स्वस्थानी र माधवनारायण व्रत हुने गर्दछ । आज अन्तिम दिन व्रत समाप्त गर्नेहरुको शाली नदी, गौरीघाट, हनुमानघाटमा घुइँचो छ । नदी, तलाउ आदि क्षेत्रमा जान नसक्नेहरुले घरमै पूजापाठ गरी व्रत समाप्त गरेका छन् । आजदेखि स्वस्थानी कथा सुन्ने र सुनाउने काम पनि सकिएको छ । स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्...
संसद् विधिको थलो हो, जिद्दीको होइन : सांसद रिजाल

संसद् विधिको थलो हो, जिद्दीको होइन : सांसद रिजाल

ताजा अपडेट, राजनीति, समाचार
२९, माघ काठमाडौं । नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले संसद् टकरावको थलो नभएको बताउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताए हो । उनले संसद् संवादको थलो भएकाले टकराव निम्त्याउन नहुने बताए। सांसद रिजालले संसद् विधिको थलो भएकाले भन्दै जिद्दीको थलो नभएको बताए । उनले संसद् अराजकको नभइ सज्जनको थलो भएको जानकारी दिए । जनताको जनप्रतिनिधिले जवाफदेही, जिम्मेवार बनाएर भएर काम गर्नुपर्ने उनको भनाइ छ । संसद् भनेको एउटा नियमनको थलो भएकाले तथानामको थलो नबनाउन प्रतिपक्ष दलहरूलाई उनले आग्रह गरे ।...
गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग गरिन् सम्बन्धविच्छेद

गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग गरिन् सम्बन्धविच्छेद

कानुन, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२९, माघ काठमाडौँ । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौँले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । एलिनाले आज सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सम्बन्धविच्छेद भएको पुष्टि गरेकी छन् । उनले लेखेकी छन्, ‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी वि...
कांग्रेससँग प्रतिस्पर्धा र सहकार्य गर्दै अघि बढ्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

कांग्रेससँग प्रतिस्पर्धा र सहकार्य गर्दै अघि बढ्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, माघ सर्लाही । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको आवश्यकताका कारण प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेससँग मिल्नुपरेको प्रस्टीकरण दिएका छन् । नेकपा एमाले सर्लाही जिल्ला कमिटीले सोमबार आयोजना गरेको वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले विगतमा पनि आवश्यकताअनुसार ठूला पार्टीहरु मिल्ने र प्रतिस्पर्धा गर्ने गरेको उदाहरण दिए । हामीलाई कांग्रेससँग प्रतिस्पर्धा गर्ने पो हो किन मिलेको भनेर प्रश्न गर्नेहरु छन्, उनले भने, ठूला पार्टीहरु खास अवस्थामा मिलेका पनि छन् र स्वस्थ प्रतिस्पर्धा पनि गरेका छन् । मुलुकमा समस्या आउँछ मिल्छन्, जुन विगतदेखि नै हुँदै आएको छ । प्रतिस्पर्धा र सहकार्य गर्दै अघि बढ्नुपर्छ । वि.सं २००७ सालमा पनि पार्टीहरु मिलेको उनले बताए । त्यस्तै, २०१७ सालमा, २०४६ सालमा, २०६२ सालमा र संविधान जारी गर्दा पनि पार्टीहरु मिलेको प...
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ

जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, माघ काठमाडौं । नेपाली कांग्रेसकी सांसद अञ्जनी श्रेष्ठले जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भएको भन्दै समाधान गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै श्रेष्ठले जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा चितवनको निकुञ्ज वरपरका नागरिकको जिउज्यान जोखिममा रहेको बताएकी हुन् । उनले भनिन्, ‘चितवन जिल्लाको निकुञ्ज वरपरका नागरिकको जिउज्यनको जोखिम बढ्दै गइरहेको छ । बाघ, गैँडा र शात्तिजस्ता जनावरहरू सधैँजसो गाउँबस्तीमा हिँड्दा गाउँका मान्छेहरू असुरक्षित महसुस गरिरहेका छन् ।...
सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबिच सवाल-जवाफ

सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबिच सवाल-जवाफ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, माघ काठमाडौं । सिमेन्टलगायत निर्माण सामग्री एवम् खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीबिच सवाल–जवाफ भएको छ । बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उद्योगमन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धि हुनुमा उद्योगमा भएको ‘लोडसेडिङ’को पनि भूमिका रहेको बताएपछि माओवादी सांसद अछामीले बिचैमा प्रतिवाद गर्दै सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग बहस गर्न आग्रह गरे। सांसद अछामीले भने “माननीयमन्त्रीज्यू, यो बहस यहाँ गर्ने होइन, त्यो बहस ऊर्जा मन्त्रालयमा गर्ने हो, हामीसँग यहाँ गर्नुपर्ने नै होइन ।” मन्त्री भण्डारीले उद्योगमा लोडसेडिङ छ, छैन भन्ने कुराको पनि तथ्यमा ...
फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?

फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२९, माघ काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबारको तुलनामा रु ६ सयले बढेर एक लाख ७० हजार २ सय कायम भएको छ । सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो ।...
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, माघ काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल हुँदै छ । त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ ।...
संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा अभियन्ता सुनार पक्राउ

संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा अभियन्ता सुनार पक्राउ

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२८, माघ काठमाडौं । संघीय संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले दलित अभियन्ता खगेन्द्र सुनारलाई नियन्त्रणमा लिएको छ । अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहाको न्याय माग्दै सोमबार दिउँसो संसद भवन प्रवेश गर्न खोज्दा उनी पक्राउ परेका हुन् । उनी घाँटीमा नेल लगाएर संसद भवन प्रवेश गर्न खोझ्दा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार अनुसार खगेन्द्रलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजिएकाले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...